Thursday, May 23
Shadow

बार्सिलोनाको विजयीः मेस्सीको पेनाल्टी गोल


  • -इ
  • इ+

२५ फागुन, काठमाडौं । कप्तान लिओनल मेस्सीको एकमात्र गोलमा बार्सिलोनाले स्पानिस ला लिगामा रियल सोसिडाडलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडलाई १–० ले पराजित गरेको हो । बार्सिलोनाको लागि मेसीले ८१ औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।

जितपछि बार्सिलोना रियल मड्रिडलाई २ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ ।

बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ भने एक खेल कम खेलेको रियलको ५६ अंक छ ।

उता, एट्लेटिको मड्रिड र सेभियाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । २७ खेलबाट ४७ अंक जोडेको एट्लेटिको तेस्रो स्थानमा छ । समान खेलबाट ४५ अंक जोडेको सेभिया पाँचौं स्थानमा छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्