Thursday, May 23
Shadow

यो अध्यादेशले भोलि नेकपालाई पनि छोड्ने वाला छैन : उपेन्द्र यादव


  • -इ
  • इ+

काठमाडौं । समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारले ल्याएको अध्यादेशल संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने उद्देश्यले ल्याएको आरोप लगाएका छन् ।

राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशले कसैलाई फाइदा नगर्ने उनको भनाइ छ । ‘एकदलीय कम्युनिष्ट सर्वसत्तावाद लाद्नका लागि अध्यादेश ल्याएको देखिन्छ’ यादवले भने, ‘अहिले हामीलाई लक्षित गरेर ल्याइएको होला, तर भोलि यसबाट नेकपा पनि अछुतो रहने छैन ।’

कोरोना कहरबाट जनताको प्राण रक्षा गर्नुपर्ने बेलामा सरकारले घीनलाग्दो र फोहोरी काम गरेको यादवको भनाइ छ । उनी भन्छन्, ‘दुई-चारजना सांसद खरिद गर्ने उद्देश्यले ल्याइएको होला, तर यो अध्यादेशले विभाजन होइन, राजपासँगको एकता निश्चित गरेको छ ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्