Thursday, May 23
Shadow

जसपाका नेताहरु उजुरी दिन प्रहरीमा


  • -इ
  • इ+

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध प्रहरीमा उजुरी दिन नेताहरु काठमाडौं प्रहरी परिसर पुगेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता डा बाबुराम भट्टराई, उपेन्द्रलगायत, उजुरी दिन आइतबार परिसर पुगेका हुन् ।
खनालसहित बस्नेत र श्रेष्ठमाथि तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको आरोप लागेको छ । अपहरणमा परेका भनिएका यादव पनि सँगै प्रहरी परिसर पुगेका छन् । यस्तै नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, हिसिला यमीलगायत पनि देखिएका छन् ।

गत बुधबार महोत्तरीस्थित घरमै रहेका यादवलाई उनीहरुले काठमाडौं ल्याएका थिए भने त्यसको भोलिपल्ट यादव होटल मेरियटबाट भागेर पार्टीको सम्पर्कमा पुगेका थिए ।यता पार्टी फुटका लागि सांसदनै अपहरणमा परेपछि बुधबार राति नै समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण गरेर जनता समाजवादी पार्टी, नेपाल गठन गरिएको थियो ।उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्दकसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्