Thursday, May 23
Shadow

थप २६ जनामा कोरोना संक्रमण पुष्टि , काठमाडौं र भक्तपुरमा तीनजना संक्रमित


  • -इ
  • इ+

काठमाडौं । काठमाडौं र भक्तपुरमा तीन जनासहित थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।

मंगलबार राति सवा १० बजे स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुर २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै काठमाडौंमा ३३ वर्षीया महिलाको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

यसैगरी पर्सामा १८ जनामा संक्रमण पुष्टि भएको छ । २२, २८, २८, ३२, ४५ र ६० वर्षीया महिला र १६, २२, २४, २५, २५, २८, २८, ३२, ५५, ५९, ६१ र ६१ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

यस्तै महोत्तरीमा १६ र ३५ वर्षीय पुरुष तथा धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्