Thursday, May 23
Shadow

आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकार, कुटनीतिक नियोग र व्यवसायीलाई प्रवेशमा रोक


  • -इ
  • इ+

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्दैछ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरिनेछ।

शुक्रबार ४ बजे निर्धारित संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछिन्। यसका लागि संसद् सचिवालयका तर्फबाट सबै तयारी पूरा भएको बताइएको छ।

विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका सबै मापदण्ड पूरा गरी बस्ने व्यवस्था मिलाइएको संसद् सचिवालयले जनाएको छ। स्वास्थ्य टोलीको सुझावअनुसार दूरी कायम गरेर बसाइ व्यवस्थापन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए।

संसदको नियमित रिपोर्टिङ गर्ने सञ्चारकर्मीका लागि ल्होत्से हलमा बस्ने व्यवस्था मिलाइएको छ। तर सधैंजस्तो कुटनीतिक नियोग र व्यवासायीलाई भने यस वर्ष प्रवेशमा रोक लगाइएको छ।

असामान्य परिस्थिति भएकाले कुटनीतिक नियोगका अधिकारी र व्यवसायीलाई सहभागी गराउन नसकिएको प्रेस सल्लाहकारर न्यौपानेले जानकारी दिए।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्