Monday, March 4
Shadow

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा


  • -इ
  • इ+

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएको उल्लेख गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम दुवै सदनको बैठक वाचन गर्दै यस्तो उल्लेख गरेकी छन्। ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हुन्। त्यस भूमिलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘तदनुरुप छुटेको भूमि समेटेर नेपालको नक्सा जारी गरिनेछ।’

सरकारले आफ्नो कार्यकालमा नेपालको प्रतिष्ठा वृद्धि भएको उल्लेख गरेको छ। ‘छिमेकीहरुसँगको विश्वासमा अभिवृद्धि भइ सम्बन्ध नयाँ उचाईमा पुगेको छ’, नीति तथा कार्यक्रममा भनिएको छ, ‘चीन र भारतबाट भएका उच्चस्तरीय भ्रमणबाट सम्बन्ध झनै सुधार भएको छ।’

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्