Sunday, June 16
Shadow

भोलि उच्चस्तरीय समितिको बैठक:लकडाउन थप्नेबारे निर्णय गर्न


  • -इ
  • इ+

काठमाडौं । सरकारले अन्तिमपटक थपेको लकडाउनको समय जेठ ५ गतेदेखि सकिँदैछ ।
रस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आज बैठक नभएको प्रवक्ता नारायण विडारीले बताए । तर अनौपचारिक छलफल भने भइरहेको उनको भनाइ छ ।
राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधि अझै थप गर्ने बुझिएको छ भने जारी लकडाउनलाई पनि कडाइ गरिएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ ।
सरकारले हालै गरेको जनस्वास्थ्यविद्हरुको बैठकमा अधिकांशले लकडाउन र स्वास्थ्य परीक्षणको दायरा बढाउदै लैजान सरकारलाई सुझाव दिएका थिए ।

नेपालका हालसम्म २ सय ७६ जनामा कोरणा संक्रमण भएको छ भने ३६ जना उपचारपछि घर फर्किएका छन् ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्