Thursday, May 23
Shadow

यो हो संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर


  • -इ
  • इ+

एजेन्सी।  सबैभन्दा ठूलो सोलिड–स्टेट ड्राइभ अर्थात् मेमोरी ड्राइभ उत्पादन गर्ने कम्पनीको रुपमा विश्व किर्तिमान कायम गरेको निम्बुस डाटाले यसअघि केवल खरीद कर्ताका लागि मात्र मूल्यसूचि प्रदान गर्ने गरेकोमा अहिले उक्त ड्राइभको मूल्य आम रुपमा सार्वजनिक गरेको हो ।

सो मेमोरी स्टोरेज ड्राइभको नाम Nimbus Data ExaDrive DC100 SSD हो । त्यसमा एण्ड टू एण्ड डाटा प्रोटेक्सन प्रविधि समेत रहेको हुँदा संग्रहित डाटाहरु सुरक्षित रहने बताइएको छ ।

कम्पनीका अनुसार उक्त स्टोरेज ड्राइभ विशेष गरी औद्योगिक तथा सैन्य प्रयोजनका लागि डिजाइन गरिएको हो । यसले अधिकतम विश्वसनीयता, उच्च घनत्व तथा न्यूनतम उर्जा खपत गर्ने कम्पनीको दाबी छ । यस ड्राइभमा क्लाउड स्टोरेज, बिग डाटा, डिजिटल इमेजिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा टेक्निकल कम्प्युटिङ जस्ता एप्लिकेसनहरु रहेको बताइएको छ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्