Sunday, June 16
Shadow

नरबहादुर कार्कीकाे रिहाईका लागि सर्वाेच्चमा रिट


  • -इ
  • इ+

२४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन आदेश

काठमाडौ । सामाजिक अभियान्ता एवं राष्ट्रिय जागरण मञ्चका सचिव नरबहादुर कार्कीकाे निशर्त रिहाईका लागि आइतवार सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर भएकाे छ ।

पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेकाे रिट उपर सर्वाेच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाकाे एकल इजलाशले २४ घण्टाभित्र बन्दीसहित उपस्थित हुन बिपक्षीका नाममा आदेश जारी गरेकाे छ ।

‘पक्राउ गर्नुकाे कारण स्पष्ट खुलाई २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ दिएर सर्वाेच्च अदालतमा उपस्थित हुन आदेश जारी गरिएकाे छ,’ उक्त आदेशमा भनिएकाे छ।

गत कात्तिक ६ गते  २१ राजनीतिक संगठनद्वारा आयोजना गरिएको शांन्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी जीवन रुपान्तरणका लागि अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहेका नरबहादुर कार्कीलाई गिरफ्तार गरेको थियाे ।
शान्तिपूर्ण रुपमा सम्पन्न भएको कार्यक्रममा गरिएको यो गिरफ्तारीको घोर भत्र्सना गर्दै उक्त कार्यक्रममा सहभागि नरबहादुर कार्कीलाई अविलम्ब रिहाई गर्न विभिन्न राजनीतिक दलहरु, नागरिक समाज, पत्रकार, बुद्धिजीवीहरुले सरकारसँग जोडदार माग गरेका छन् ।

साेही दिन २१ संगठनको कार्यगत एकताका तर्फबाट सी. पी गजुरेललगायतले बिज्ञप्ति जारी गर्दै रिहाईकाे माग गरेका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्