Tuesday, March 5
Shadow

प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त,संसदले दिएन विश्वासको मत


  • -इ
  • इ+

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन असफल भएका छन् । सोमबार विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् ।

प्रधानमन्त्री पदमा कायम रहन ओलीले १३६ मत पाउनुपर्नेमा प्रस्तावको पक्षमा ९३ मत परेको छ । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद भए पनि एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित नै भएनन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् ।

जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका छन् ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्