Tuesday, March 5
Shadow

नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न : भट्टराई


  • -इ
  • इ+

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले कांग्रेस, कम्युनिष्ट र समाजवादी रूपान्तरण हुनुपर्ने बताएका छन्। उनले
राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याउदै पार्टीहरु रूपान्तरण हुनुपर्ने बताएका हुन् ।

आज ट्वीट गर्दै भट्टराईले समस्या एकातिर तर समाधान अर्कोतिर खोज्न नहुने उल्लेख गरेका छन् भने पार्टीहरूलाई नयाँ बनाउन आँट गर्नुपर्ने बताएका छन्।

‘भनिन्छ- ‘टाउकाको ओखती नाइटामा लगाएर हुन्न ! अहिले देशको चौतर्फी संकटको प्रमुख कारण राजनीतिरदलरनेतृत्वको स्खलन नै हो,’ भट्टराईले भनेका छन्, ‘कांग्रेस ‘कांग्रेस’ नरहनु, कम्युनिष्ट ‘कम्युनिष्ट’ नरहनु र समाजवादी ‘समाजवादी’ नरहनु !’

उनले पार्टीहरू रूपान्तरण हुनुपर्ने बताए। ‘कि यिनलाई आमूल रूपान्तरण गर्ने वा नयाँ बनाउने आँट गरौं, नत्र समयले कसैलाई पर्खन्न है,’ उनले भनेका छन्।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्