Thursday, May 23
Shadow

छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु


  • -इ
  • इ+

काठमाडौं । यहाँ छुट्टाछुट्टै दुर्घटनामा परेर दुईको मृत्यु भएको छ । तल्लो डोल्पाअन्तर्गत मुड्केचुला गाउँपालिका–४ इल गाउँबस्ने वर्ष ५७ का वीरबहादुर रोकायको सोही गाउँपालिकामा पर्ने झिमझिमेस्थित फेदी खोला जलविद्युत्को नहरकुलोबाट खसेर मृत्यु भएको प्रहरी चौकी इलले जनाएको छ ।

मृतक रोकाय बिहान खाना खाएर जगदुल्ला हाइड्रो पावरको काम गर्न निस्किएको र साँझ अबेरसम्म नआएपछि खोजी गर्दा मृत फेला परेको प्रहरीको भनाइ छ ।

त्यसैगरि तल्लो डोल्पामै पर्ने जगदुल्ला गाउँपालिकामा ट्रयाक्टरको ट्रलीले च्यापेर सहचालकको मृत्यु भएको छ । सोही गाउँपालिकामा पर्ने चौरीकोटबाट माझगाउँतर्फ खाद्यान्नलगायतर्फ सामान लैजाने क्रममा ट्रयाक्टरको ट्रली बिग्रिएर बेरिङ्ग फेर्ने क्रममा जग भाँचिन गई च्यापिएर सोही गाउँपालिका वडा नं ६ गैरीगाउँ बस्ने १९ वर्षीया केरसिंह विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । चालक फरार रहेकाले खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्