Tuesday, March 5
Shadow

नेकपाका वरिष्ठ नेता सुदर्शनलाई साइलेन्ट हर्ट-अट्याक


  • -इ
  • इ+

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ लाई भर्ना गरिएको छ । नेता सुदर्शनलाई साइलेन्ट हर्ट-अट्याक भएपछि सहिद गंगालाल हृदय केन्द्र बासबारीकाे इमरजेन्सीमा उपचार भइरहेकाे छ । केही दिनदेखि सुदर्शनको स्वास्थ्यमा समस्या देखिएको थियो । मुटुमा समस्या बढ्दै गएपछि अस्पताल भर्ना गरिएको हाे ।

नक्खु कारागारमा रहेका ओलीलार्इ काटमाडौंको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको छ । अहिले सुदर्शनको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।
सरकारले नेकपासँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेका कारण सुदर्शनसहित दर्जनौं नेताहरु अझै जेल जीवन बिताइरहेका छन् ।

सुदर्शनलाई चैत १० गते काभ्रेमा गिरफ्तार गरिएको थियो । नख्खुस्थित एनसेल कार्यालयमा वि स्फोट गराएको अभियोगमा अदालतबाट सफाई पाइसकेका सुदर्शनलाई हात हतियार सम्बन्धी मुद्धामा अदालतले जेल पठाएको थियो ।
नेकपाका प्रवक्ता प्रकाण्ड र धर्मेन्द्र बास्तोलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सहमति कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका थिए ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्