Thursday, May 23
Shadow

माधव नेपाल र प्रचण्ड देउवाका पुच्छर हुन : महेश बस्नेत


  • -इ
  • इ+

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेर बहादुर देउवाको पुच्छर भएको बताएका छन् । मंगलबार राष्ट्रिय यूवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटी विस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सो कुरा उल्लेख गरेका हुन् ।

नेता बस्नेतले पुच्छरको काम झिंगा मार्ने भएको बताएका छन् । प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई हटाउन माधव कुमार नेपालहरु कांग्रेसको पुच्छर बन्नुभएको पनि बताउनुभयो । एमालेका केही नेता मन्त्री र फ्लाइट पाइने लोभमा कांग्रेसको पछि लागेको उनको आरोप रहेको छ ।

पार्टीभित्र गद्दारी गर्नेहरुले संविधान बनाउन देउवालाई मत दिएको बताउनु गलत भएको उहाँको भनाइ छ । सदनमा अहिले पनि एमालेको बहुमत भएको बताउँदै महेशले भन्नुभयो-‘राष्ट्रिय सभामा एमालेको स्पष्ट बहुमत छ, प्रतिनिधि सभामा एमाले विरुद्ध दुई तिहाइ पुर्याउन इन्द्रेको बाउ चन्द्रे आएपनि सक्दैन ।’

यस्तै नेता बस्नेतले वरिष्ठ नेतालाई एमाले बसेर वर्वाद गर्नु भन्दा पार्टी छोड्न आग्रह गरेका हुन् ।

 

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्