Monday, February 26
Shadow

बाँदरे जुलुसबाट एमालेले कोरोना फैलायो : सांसद बिडारी


  • -इ
  • इ+

काठमाडौं । राष्ट्रियसभाका सांसद रामनारायण बिडारीले कोरोना फैलाउने काम एमालेले गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् ।

‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने ।

सरकारविरुद्ध केही दिनयता नेकपा एमालेको युवा संगठनले गरेको सडक प्रदर्शनलाई लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् । कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्म र्याली गर्या छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’

सांसद बिडारीले निवर्तमान सरकार पद, आश्वासन र पैसाले चलेको टिप्पणी गरे ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्