Monday, July 22
Shadow

धनकुटादेखि क्यानाडासम्म टेकनाथको जीवन यात्रा

  • -इ
  • इ+

जन्मदेव जैसी 

एक सामाजिक योद्धा जोसँग मेरो भेट भयो दरबारमार्गको एक पाँचतारे होटेलमा । कामप्रतिको लगाव र सामाजिक भावनाले ओतप्रोत स्वभाव देखेर मलाई नजिकबाट सहकार्य गर्ने इच्छा जाग्यो उनीसँग । पेशाले सेफ उनी फुर्सदमा कविता पनि कोर्छन् । विश्व महामारीको रुपमा फैलिएको कोरोनाकालमा उनले धेरै असाध्य अनाधहरुलाई सेवा गरे । पशुपति छेउमा दिनहुँ ती अनाथ असायलाई खाना बोकेर लिन्थे उनी अर्थात् टेकनाथ नेपाल ।

धनकुटा जिल्ला पाख्रिबास नगरपालिका वडा नं. १ बस्ने टेकनाथ नेपालले फुर्सदमा कलम चलाउँदै अक्षरमा सुन्दर शब्दले रचेका कविता संगालो ‘धनकुटादेखि क्यानाडासम्मको जीवन यात्रा’ पुस्तक बजारमा ल्याउने भएका छन् ।
सानै उमेरदेखि सामाजिक क्षेत्र सक्रिय उनले थुप्रै गीत, कविता तथा गजल लेखिसकेका छन् । पेसाले सेफको रुपमा कार्यरत नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देश र जनताको लागि थुप्रै काम गरिसकेका छन् टेकनाथले ।

कोभिडको समयमा आफ्नो जीवनलाई जोखिममा राखेर घरवारविहीन व्यक्तिहरुलाई आफ्नै हातले खाना बनाएर खुवाए उनले । कोभिडको समयमा सामाजिक कार्यमा सक्रिय भएर लागेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर चर्चा कमाएका थिए टेकनाथले । घरवारविहीनहरुलाई आफैले खाना बनाएर खुवाएकाले उनी अन्तर्राष्ट्रिय नेपाली सेफद्वारा सम्मानित भएका थिए ।

टेकनाथ आफ्नो जीवन यात्रालाई समेटेर धनुकुटादेखि काठमाडौंसम्म दुःख सुख, नेपालको परिस्थिति, युवाहरु विदेशिनुको वाध्यता र पिडा, नेपालको वास्तविक कुरालाई समेटर ‘धनकुटादेखि क्यानाडाको जीवन यात्रा’ पुस्तक अन्तिम चरणमा रहेकोले क्यानाडा गएपछि त्यसलाई सम्पन्न गर्ने उनले बताएका छन् ।

शासक वर्गहरुले संचालन गरेको प्यारो देश नेपाललाई नजरअन्दाज गरि ‘उल्टोबाटो हिँडेका नेताहरु’ नामक पुस्तक लगभग लेखन कार्यमा अन्तिममा पुगेको र त्यसलाई पनि सम्पन्न गरि केही समयपिछ प्रकाशन गर्ने टेकनाथले बताएका छन् । नेपालले २५० वटाभन्दा बढी गीत, गजल, कविताहरु लखिसकेका टेकनाथ नेपाललाई श्रमजीवीपत्रकार संघ उनको उच्च मूल्याङ्कन गर्दै थप प्रगतिका लागि अग्रिम शुभकामना व्यक्त गर्दछ ।

टेकनाथ आफ्नो जीवन यात्रालाई समेटेर धनुकुटादेखि काठमाडौंसम्म दुःख सुख, नेपालको परिस्थिति, युवाहरु विदेशिनुको वाध्यता र पिडा, नेपालको वास्तविक कुरालाई समेटर ‘धनकुटादेखि क्यानाडाको जीवन यात्रा’ पुस्तक अन्तिम चरणमा रहेकोले क्यानाडा गएपछि त्यसलाई सम्पन्न गर्ने उनले बताएका छन् ।

सेफ् टेकनाथ नेपाल श्रमलाई उच्च मुल्याङ्क गर्ने, अतिमिलनसार, सकारात्मक सोच, इमान्दारीता, बुहुप्रतिभाशाली व्यक्ति हुन् । ‘धनकुटादेखि क्यानाडासम्मको जीवन यात्रा’, ‘उल्टोबाटो हिँडेका नेताहरु’ प्रकाशनमा ल्याउन लाग्नु भएको उनलाई हार्दिक बधाई तथा शुभकामना । उनले लेख्नुभएको पुस्तकका लागि हाम्रो श्रमजीवी पत्रकार संघले पनि हातेमालो गर्नेछ ।

"Abhiyan Post!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र तथ्य र पल पलकाे खबरकालागि : अभियान पाेष्ट डटकम’  [Email : [email protected]]

प्रतिक्रिया दिनुहोस्