कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो
काठमाडौं : पौष ६, चालु आर्थिक वर्षको पहिलो चार महिना कात्तिकसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ ।
राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।कोभिड–१९ को प्रभाव विश्वव्यापीरुपमा बढ्दै जाँदा पनि रेमिट्यान्स भने बढेको छ ।
आयातमा आएको संकुचनले वैदेशिक रोजगारीबाट फर्कनेलाई जिन्सी सामान तथा उपहार ल्याउन कडाइ भएकोलगायत कारणले रेमिट्यान्समा वृद्धि भएको सरोकारवाला निकायको बुझाइ छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिश...