काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्न
काठमाडौं- नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले भ्रष्टाचारमुक्त देश निर्माणमा लाेकतान्त्रिक मूल्य मान्यताकाे व्यवस्था जरूरी भएकाे बताउनुभएकाे छ । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेता श्रेष्ठले मुलुकलाई समृद्धितिर लैजान लाेकतान्त्रिक शक्तिहरू एकजुट हुनुकाे विकल्प नभएकाे बताउनुभयाे ।
शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्य क्रम आज सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ठ अतिथि तरूण दल केन्द्रीय सदस्य जगधिश चन्द्र खाँडको उपस्थिति रहेको थियो। काठमाडौं निर्वाचन क्षेत्र नं २ का कांग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको यस वडा सम्मेलनको सभापतित्व यसै वडाका ईकाइ सभापति श्रीजन श्रेष्ठले गर्नुभएकाे थियाे ।
यस सम्मेलनमा पार्टी संगठनलगायत नेपाली कांग्रेस पार्टीको इतिहास वर्तमान अवस्...