पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ जना महिला छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पताल अन्तर्गत हेल्थ केयरमा १ सय २० बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा छ ।
नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउँदै आएका वीरगञ्जका २४ वर्षीय युवक, परवानीपुरकी ३५ वर्षीया महिला र ३ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–१६ नगवाकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टिन बस्दै आएका ३५ वर्षीय युवक, वीरगञ्ज–१५ लक्ष्मणवाका ६० वर्षीय पुरुष, वीरगञ्ज–१३ राधेमाईका ४२ वर्षीय पुरुष, वीरगञ्ज–२० हरपतगञ्जका ५३ वर्षीय ...