नेता पुनसहित ६७ जना माओवादीमा ध्रुविकृत, माओवादी धारा एकीकृत हुन प्रचण्डकाे अपिल
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै धारा एकीकृत हुन आवश्यक रहेको बताएका छन् । बुधबार पेरिस डाँडास्थित पार्टी मुख्यालयमा आयोजित नेता अाेमप्रकाश पुनलगायतकाे टिमसहितकाे ध्रुवीकरण कार्यक्रममा अध्यक्ष प्रचण्डले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको बताए ।
‘क्रान्तिको खोजीमा, परिवर्तन र रुपान्तरणका निम्ति भन्दै उहाँहरु मुल नेतृत्वबाट अलग्गिनुभएको थियो । तीतामीठा अनुभवसहित फेरि एउटा नयाँ निष्कर्षसहित फर्किनुभयो,’ उनले विगतमा माओवादीबाट अलग्गिएका तर फेरि पार्टीमा फर्किएका नेताहरूप्रति लक्षित गर्दै भने ।
कार्यक्रममा बाेल्दै विप्लव नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज पुनले देशको राष्ट्रिय स्वाधिनताका लागि, जनयुद्ध र जनआन्दोलनको बलमा हासिल उपलब्धिको रक्षा गर्न र वैज्...