Wednesday, April 24
Shadow

कृषि

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

पुडासैनी परिवारले संचालनमा ल्याए ५० लाख लागतकाे तरकारी बजार

कृषि, बागमती प्रदेश
फागुन २४, काठमाडौं । कागेश्वरी मनाेहरा नगरपालिका ८ चिप्ले गाैँडामा ५० लाख लागतमा रामचन्द्र पुडासैनीकाे परिवारले कागेश्वरी तरकारी तथा फलफुल बजार संचालनमा ल्याएका छन् । स्थानीय उत्पादनलाई आफ्नै गाउँघरमा खपत गर्ने र ताजा तरकारी घरघरमा पुर्याउने उद्देश्यका साथ एकीकृत तरकारी बजार संचालन ल्याएकाे उक्त बजारका संचालक रामचन्द्र पुडासैनीले शिक्षा संचारलाई जानकारी दिएका छन् । फागुन २४ गते बुधबार नारिदीवसकाे अवसर पारेर पुडासैनी परिवारले कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्ता थपा, पुर्व मेयर कृष्णहरी थापाकाे विशेष उपस्थितिमा उक्त तरकारी बजारकाे उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा कागेश्वरी मनाेहरा नगरपालिकाका उप मेयर शान्त थापाले “स्थानीय स्तरमा उत्पादन गरेकाे तरकारी र खाद्यान्नहरू स्थानीय स्तरमै विक्रि वितरण गर्ने उदेश्यले खाेकाे बजारलाई राम्रो बनाउन र निरन्तर रूपमा संचालन गर्नका लागि ...

कागेश्वरी-मनाेहरामा होलसेल तथा खुद्रा तरकारी-फलफुल बजार सञ्चालनमा

आर्थिक, कृषि, बजार, बागमती प्रदेश
काठमाडाैं । काठमाडाैंको कागेश्वरी मनाेहरामा उपत्यकाकै सस्ताे र सर्वसुलभमा खरीद गर्न पाइने ठूलो तरकारी तथा फलफुल बजार खुलेको छ । तरकारी बजार गत शनिवारदेखि खुल्ला गरिएकाे छ । बजारका सञ्चालक रामचन्द्र पुडासैनीले तरकार बजार यस क्षेत्रकाे आवश्यकतालाइ ध्यान दिएर सञ्चालनमा ल्याएकाे जनाए । तरकारी तथा फलफल बजारमा दुईवटा द्वारहरू छन् । २० वटा स्टलहरू र १० वटा सटरहरू भएकाे ठूलाे बजार सस्ताे भाडादरमा उपलब्ध गराइएकाे छ । स्थानीय तरकारी तथा फलफुल व्यवसायी र व्यापारीकाे संयुक्त पहलमा निम्न वर्गीयलाई प्राेत्साहन गर्न  पूर्णतया पारिवारिक लगानी र रेखदेखमा याे बजार स्थापना गरिएकाे सञ्चालक रामचन्द्र पुडासैनीले बताए । बजारले कागेश्वरी मनाेहराक्षेत्रका गाेठाटार, चिप्लेगाैडा, नयाँ बस्ति, काँडाघारीलगायतका वासिन्दालाई सहज र सस्ताे दरमा तरकारी खरिदका लागि सहयोग पुग्ने पुडासैनीको विश्वास छ । कागेश्वरी तरकारी त...
विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

आर्थिक, कृषि, बजार, रोजगार
६ पुस, काठमाडौंं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब रुपैयाँ) बराबरको आयोजना कार्यानवयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी आयोजना आएको विश्व बैंकले जनाएको छ ।  आयोजनाको नाम ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाको दिइएको छ । वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगानाले र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । विश्व बैंकका अनुसार आयोजनाले ग्रामिण उत्पादक समूह र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आय...
तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

तुषारोले फूल खाएपछि जुम्लामा स्याउ फलेन

आर्थिक, कर्णाली प्रदेश, कृषि, पत्र पत्रिका
यस वर्ष जुम्लामा स्याउका बोटमा दाना लागेनन् । जसले गर्दा यहाँका किसान चिन्तित छन् । स्याउका फूल तुषारोले खाएपछि स्याउमा फल नलागेर उत्पादनमा निकै कमी आउने भएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको किसानले बताएका छन् । चन्दननाथ नगरपालिका वडा नं ३ का किसान रामकृष्ण बुढ्थापाका अनुसार यो वर्ष स्याउका बोटमा खासै फल देखिँदैन । आफ्नो बगैँचा भएको रडिखेल्ला क्षेत्रका सबै बगैँचामा स्याउका फल छैनन् । उनले भने, स्याउ फूूल्ने बेलामा कालो तुषारो लागेपछि फल लाग्न पाएन । बर्सेनि ३ टनभन्दा बढी फल्ने गरेको बताउँदै उनले यो वर्ष निकै घाटा लाग्ने भनाइ राखे । सिञ्जा गाउँपालिका–४ निवासी किसान मुनबहादुर रावलको बगैँचा जिल्लाकै उत्कृष्ट बगैँचामध्ये एक मानिन्थ्यो । उनको बगैँचामा अहिले एक हजार दुई सय पचास स्याउ बिरुवा र अढाइ सय ओखर गरी एक हजार पाँच सय बिरुवा छन् । तर उनका बगैँचामा खासै स्याउ...
८२ प्रतिशत रोपाइँ सकियो प्रदेश १ मा

८२ प्रतिशत रोपाइँ सकियो प्रदेश १ मा

कृषि, प्रदेश नं. १
प्रदेश १ मा आइतबारसम्म ८२ दशमलव ५१ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यही अवधीमा ५६ दशमलव ७४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । प्रदेशस्थित कुल धान खेतीयोग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिनमध्ये २ लाख ८१ हजार २ सय २० दशमलव ७२ हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । तराईको २ लाख २५ हजार ८ सय हेक्टरमध्ये १ लाख ९३ हजार ५ सय ५५, पहाडको ९० हजार ९ सय १६ हेक्टरमध्ये ६८ हजार ४ सय र हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टरमध्ये १९ हजार १ सय ८७ हेक्टरमा रोपाइँ सम्पन्‍न भएको छ । सबभन्दा बढी झापा र सोलुखुम्बुमा ९० प्रतिशत र ओखलढुंगामा ५५ प्रतिशतमात्रै रोपाइँ भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । मोरङ र तेह्रथुममा ८५, भोजपुरमा ८४, सुनसरी र खोटाङमा ८०, पाँचथरमा ७८, तेह्रथुम र संखुवासभामा ७५, इलाममा ७२, उदयपुरमा ७१ र धनकुटामा ७० प्रतिशत रोपाइँ भएको...
ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

आर्थिक, कृषि, रोजगार, विशेष खबर, समाज
पर्साको ठोरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार चौथो गाउँसभामा उपाध्यक्ष शान्तिमाया थिङल बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सोमबार नै ल्याएको नीति तथा कार्यक्रममा कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ । वडा नम्बर ४ घ्याङडाँडास्थित गाउँपालिकाको कार्यालयमा भएको गाउँ सभामा अध्यक्ष पदमलाल श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा ८४ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई बार्षिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने, ३५ बर्ष नाघेका अविवाहित तथा श्रीमान नभएर एकल जीवन बिताउन बाध्य विपन्न महिलाहरूलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने पनि उल्लेख छ । प्रसुति सेवा सञ्चालनमा रहेको स्वास्थ्य चौकी...
नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिए

नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिए

कृषि, लुम्बिनी प्रदेश
बुटवल । सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । आज विहान भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका छन् । दाङको देउखुरीमा भारतबाट पसेको सलहको नयाँ झुण्ड देखिएको प्रदेश ५ कृषि  निर्देशानालयले जनाएको छ । आज दिउसो राप्ती गाउँपालिका र गढवा गाउँपालिका क्षेत्रमा किसान लगाएको मकैबालीमा नयाँ सलह किरा देखापरेको  अन्य विवरण संकलनको काम भईरहेको प्रदेशका कृषि निर्देशक यम नारायण देवकोटाले रातोपाटीलाई बताए । उनले भने ‘दाङमा आज सहल देखिएको छ, विवरण संकलन र अन्य काम भइरहेको छ । यसअघिको भन्दा ठूलो संख्यामा सलह किरा देखिएको स्थानीय किसानहरुले बताएका छन् ।’ किरा फैलिएर मकैबालीमा बसेको छन् । भने सलह धपाउन भाँडा ठटाउने, धुवाँ लगाउने काम गरिएको छ...
राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ लाग्यो, नेपाल जोखिममा

राजस्थानबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ लाग्यो, नेपाल जोखिममा

कृषि
 काठमाडौं । भारतको राजस्थान क्षेत्रबाट सलहको ठूलो झुण्ड उत्तरतर्फ अघि बढेको छ । यसबाट सलहको ठूलो झुण्ड नेपाल प्रवेश गर्ने जोखिम बढेको सलह सूचना केन्द्रले जनाएको छ । राजस्थानको सिकर आसपासको चार सय हेक्टर जमिनमा फैलिएको सलहको ५ वटा झुण्ड चुरु हुँदै पूर्व र उत्तर भएर अघि बढेको केन्द्रले बताएको छ । त्यसैले सीमावर्ती नेपाली क्षेत्रमा सतकर्ता अपनाउन आग्रह गरिएको छ । तराई तथा भित्री मधेशका भूभागहरुमा विशेष सतर्कता अपनाउन तथा आवश्यक पूर्वतयारी गर्न सबै सरोकारवालाहरुलाई केन्द्रले भनेको छ । भारतको सीतापुर तथा साहजाहाँपुर क्षेत्रतर्फ अघि बढ्ने अनुमान गरिएको सलहको उक्त झुण्ड हावाको वहावसंगै नेपाल प्रवेश गर्न सक्ने जोखिम रहेको प्लान्ट क्वरिन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र अन्र्तगत रहेको सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले बताए । सलह अध्ययन गर्ने प्लान्ट भिलेज तथा संयुक्त राष्ट्रसंघ...
तातोपानी, रसुवागढी नाका सहज गर्न चेम्बरको ध्यानाकर्षण

तातोपानी, रसुवागढी नाका सहज गर्न चेम्बरको ध्यानाकर्षण

आर्थिक, कृषि, पर्यटन
काठमाडौ । चीन–नेपाल व्यापारको प्रमुख नाका तातोपानी र रसुवागढीबाट हुने आयात निर्यात सहजीकरण गर्न नेपाल चेम्बर अफ कमर्सले ध्यानाकर्षण गरेको छ । चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको भेटघाटका क्रममा अध्यक्ष चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठसहितको पदाधिकारीले निर्वाध रुपमा नाका संचालन गर्र्नुपर्नेमा जोड दिएका हुन् । अध्यक्ष श्री श्रेष्ठले चीनको बजारमा कृषि र पशुपंक्षीजन्य उपज निर्यातको ठूलो सम्भावना रहेकाले चिनिया बजारमा सहज प्रवेशका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजिकरण गर्न चेम्बर पदाधिकारीले माग गरेका छन् । चीनले ८ हजार बढी नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान छ । यो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घ...
आज राष्ट्रिय धान दिवस, खाद्य सुरक्षाको दृष्टिले धानको रणनीतिक महत्व रहेको प्रधानमन्त्रीको भनाई

आज राष्ट्रिय धान दिवस, खाद्य सुरक्षाको दृष्टिले धानको रणनीतिक महत्व रहेको प्रधानमन्त्रीको भनाई

कृषि
काठमाडौं । आज १७ औं राष्ट्रिय धान दिवस तथा रोपाईँ महोत्सव । आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिदै धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्नेछ विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्,‘आजको दिनलाई हामीले रोपाइँ महोत्सवका रूपमा पनि मनाउने गरेका छौंँ, किनभने धान हाम्रो मुख्य उत्पादन र मुख्य कृषि बाली हो । त्यसैकारण आज हामी ‘धान उत्पादनमा बृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने उद्घोषका...
रोपाइँ महोत्सवमा सहभागि हुन कृषिमन्त्री उदयपुरमा

रोपाइँ महोत्सवमा सहभागि हुन कृषिमन्त्री उदयपुरमा

कृषि
उदयपुर । राष्ट्रिय धान दिवसको अवसरमा हुने रोपाई महोत्सवमा सहभागि हुन कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुषाल उदयपुर पुगेका छन् । उदयपुरको त्रियुगा नगरपालिकामा हुने कार्यक्रममा मन्त्री भुषालले मेसिनले धान रोप्ने कार्यक्रम छ । कार्यक्रममा सहभागि हुन हिजो बेलुकी नै मन्त्री भुषाल उदयपुर सदरमुकाम गाईघाट पुगेका छन् । त्रियुगा नगरपालिकामा १ सय ६० विघामा सुरु गरिएको धानखेतमा हुने कार्यक्रममा मन्त्री भुषाल सहभागि हुनेछन् । यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव सञ्चालन गर्न सरकारले निश्चित मापदण्ड तयार गरेको छ । यसअघि आ–आफ्नै परम्पराअनुसार रोपाइँ महोत्सव भएपनि यसपटक विश्वमा फैलँदै गएको कोभिड–१९ का कारण रोपाइँ महोत्सव सञ्चालन गर्न मापदण्ड बनाईएको हो । मापदण्ड अनुसार खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन पाईने छैन । यद्यपि २५ भन्दा ...
सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

सलह नियन्त्रणको योजना बनाउन विज्ञ समूहको बैठक बस्दै

कृषि
काठमाडौं । शनिबारबाट नेपाल प्रवेश गरेको सलह किरा नियन्त्रणबारे योजना बनाउन आइतबार विज्ञहरुको बैठक बस्दैछ । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको हो । बैठक साढे ९ बजेबाट बस्ने भनिएकाे छ । भारत हुँदै बारा र सर्लाहीबाट नेपाल प्रवेश गरेको सलह किराको झुण्ड छरिएर मुलुकका विभिन्न स्थानमा पुगिसकेको अनुमान गरिएको छ । आइतबार बिहानसम्ममा पाल्पा, मकवानपुर, सिन्धुली लगायतका पहाडी जिल्लामा पनि सलह किरा देखिएको छ । यसअघि कृषि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले तत्कालका लागि नेपालमा सलहको जोखिम टरेको निष्कर्ष निकालेको विवरण २३ जेठमा सार्वजनिक भएको थियो । पाकिस्तान हुँदै भारत प्रवेश गरेको सलहको ठूलो झुण्ड राजस्थानमा पुगेपछि तितरवितर भएको रिपोर्टमा भनिएको थियो । बथान छुटेको र नेपालमा मनसुनका कारण हावाको बेगमा आएको परिवर्तनले नेपालमा सलहको जोखिम अत्...
नेपालमा छिर्‍यो सलह कीरा, वैज्ञानिकहरुले थप अनुसन्धान गर्दै

नेपालमा छिर्‍यो सलह कीरा, वैज्ञानिकहरुले थप अनुसन्धान गर्दै

कृषि, प्रदेश नं. २
काठमाडौं । बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा देखिएको खबरपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरिरहेको हो ।  छलफलमा प्रदेश २ का प्राविधिकहरु पनि सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले जानकारी दिए । उनले सलह भित्रिएकाे खबरसँगै थप बुझ्ने कार्य भइरहेको पनि बताए । उनले भने, ‘सलह कीरा जस्तै झुण्डमा देखिएको हो, त्यो वास्तवमा हो कि होइन भनि निश्चित गर्नका लागि छलफल गर्नुको साथै मन्त्रालयबाट एक प्राविधिक टोली पनि पठाइएको छ ।’ प्रदेश २ सरकारले पनि बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा प्राविधिक खटाइसकेको छ । सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा देखिएको कीरालाई औषधि छर्के...
बारीबाट तरकारी उठ्न छोड्यो

बारीबाट तरकारी उठ्न छोड्यो

कृषि
चितवन रासस:कोभिड–१९ को त्रासका कारण जिल्लामा लगाइएको तरकारी उठ्न छाडेको छ । तरकारी खेती गरेका किसानले खेतबाट तरकारी बिक्री हुन छाडेपछि जोतेर नष्ट गर्न थालेका छन् । लकडाउन शुरु भएयता केही मात्रामा तरकारी बिक्री भएको भए पनि जिल्लामा सङ्क्रमित भेटिएपछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकको गुनासो छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलले कोरोनाको सङ्क्रमण देखिएपछि तरकारी लिनका लागि व्यवसायीहरु आउन छाडेको बताउनुभयो । सो सहकारीबाट तीन सय किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारीको बजार काठमाडौँ बुटवल र पोखरा भए पनि अहिले व्यवसायीहरु तरकारी खरीदका लागि नआउँदा किसानले लगाएको तरकारी बारीमा नै सड््ने अवस्था आएको उहाँको भनाइ छ । उत्पादित तरकारीमध्ये केही काठमाडौँको कालीमाटी पठाइएको भए पनि बिक्...