Thursday, April 25
Shadow

रोजगार

श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

श्रमजीवी-पत्रकार संघद्धारा माउन्टेन टिभीमा आन्दोलनको घोषणा

रोजगार
काठमाडौ । घरजग्गा कारोबारी राजु कँडेलले संचालन गर्दे आएको माउन्टेन टिभीमा त्यहाँ कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी-पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ । त्यहाँ हाल कार्यरत र बिगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेकाे भन्दै श्रमजीवी-पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । संघकाे तर्फबाट अध्यक्ष जन्मदेव जैसीले यस अघि पटक पटक श्रमजीवी पत्रकारहरुको माग संवोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराएपनि कँडेलले बिभिन्न बहानामा त्यसलाई टार्दै आएका थिए । श्रमजीवी पत्रकार ऐनमा वार्षिक एक महिना बराबरको चाडपर्व खर्च, त्यसैगरी १ महिना बराबरको औषधी उपचार खर्च,संचयकोष,उपदान लगायतका सेवा सुविधा श्रमजीवी पत्रकारलाई उपलब्ध गराउनु पर्ने उल्लेख छ । तर माउन्टेनले...
सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत

सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत

आर्थिक, बागमती प्रदेश, रोजगार
काठमाडौं : सरकारले ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा २ लाखभन्दा बढी श्रमिक सूचीकृत भएका छन् । योजना कार्यान्वयनमा आएको झण्डै दुई वर्षको अवधिमा सामाजिक सुरक्षा कोषमा शुक्रवारसम्म २ लाख १२ योगदानकर्ता सूचीकृत भएका हुन् । कोषका अनुसार हालसम्म १३ हजार ७६५ रोजगारदाता आबद्ध भएका छन् । सबैभन्दा बढी वाग्मती प्रदेशमा १ लाख ४९ हजार ६१४, प्रदेश नं १ मा २० हजार ४३३, प्रदेश नं २ मा १४ हजार ३१७, गण्डकीमा ७ हजार १४२, लुम्बिनीमा ७ हजार ११३, सुदूरपश्चिममा ८१४ र कर्णालीमा ५२१ सूचीकृत भएका छन् । बागती प्रदेशबाट ८ हजार २०४ जना, प्रदेश नं १ बाट १ हजार ४३३ जना, लुम्बिनी प्रदेशबाट १ हजार २२० जना, गण्डकीबाट ६१८ जना, प्रदेश नं २ बाट ५६० जना, सुदूरपश्चिमबाट १६८ जना र कर्णाली प्रदेशबाट १४७ जना रोजगारदाता कोषमा सूचीकृत भएका छन् । कोषमा शुक्रवारसम्म ५ अर्ब २७ करोड ७४ लाख ७७ हजार ९३८ रुपैयाँ योगद...
लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

अटो, आर्थिक, जीवनशैली, रोजगार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त प्रेम राईले सचिवबाट निवृत्त भएको एक वर्षसम्म पनि सरकारी गाडी फिर्ता गरेका छैनन् । गत २२ माघमा अवकाश पाएका उनले अहिलेसम्म गृह मन्त्रालयकै सवारीचालक र सुरक्षाकर्मी प्रयोग गरिरहेका छन् । सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर उनले चलाइरहेको गृह मन्त्रालयको स्रोतले जनाएको छ । त्यस्तै, कुनै निर्णयविना नै दुईजना प्रहरीसमेत पूर्वसचिव राईले घरमा राखेको स्रोतको दाबी छ । अवकाशप्राप्त व्यक्तिलाई सवारी दिने कुनै व्यवस्था नै छैन । संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ व्यक्ति प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिने तयारी गरेका छन् । उनले यसबारे आफूले निकटस्थहरूसँग छलफलसमेत गरेको स्रोत बताउँछ । निजामती प्रशासनमा राई...
विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

विश्व बैंकद्वारा कृषि क्षेत्रका लागि साढे नौ अर्ब ऋण सहायता

आर्थिक, कृषि, बजार, रोजगार
६ पुस, काठमाडौंं । नेपाल सरकार र विश्व बैंकबीच आठ करोड अमेरिकी डलर (करिब साढे नौ अर्ब रुपैयाँ) बराबरको आयोजना कार्यानवयन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलताको प्रवर्द्धन गर्दै कोभिड महामारी पश्चातको आर्थिक पुनरूत्थानलाई अभिवृद्धि गर्ने गरी आयोजना आएको विश्व बैंकले जनाएको छ ।  आयोजनाको नाम ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाको दिइएको छ । वित्तीय सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगानाले र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे । विश्व बैंकका अनुसार आयोजनाले ग्रामिण उत्पादक समूह र निजी क्षेत्रका क्रेताहरू बीच उत्पादनशील साझेदारीको सहजीकरण गर्दै मूल्य अभिवृद्धि तथा रोजगारीको सिर्जना गन सहयोग पुग्ने अपेक्षा गरिएको छ । आय...
कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

कात्तिकसम्ममा तीन खर्ब ३७ अर्ब बढी रेमिट्यान्स भित्रीयो

अन्तर्राष्ट्रिय, आर्थिक, बैंकिङ, रोजगार, विशेष खबर
काठमाडौं : पौष ६, चालु आर्थिक वर्षको पहिलो चार महिना कात्तिकसम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर तीन खर्ब ३७ अर्ब ७२ करोड पुगेको छ । राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदन सार्वजनिक गरेको हो । अमेरिकी डलरमा पनि रेमिट्यान्स ६.४ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ ।कोभिड–१९ को प्रभाव विश्वव्यापीरुपमा बढ्दै जाँदा पनि रेमिट्यान्स भने बढेको छ । आयातमा आएको संकुचनले वैदेशिक रोजगारीबाट फर्कनेलाई जिन्सी सामान तथा उपहार ल्याउन कडाइ भएकोलगायत कारणले रेमिट्यान्समा वृद्धि भएको सरोकारवाला निकायको बुझाइ छ । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५ हजार ९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिश...
बिमल घर्तिमगर गम्भीर घाइते

बिमल घर्तिमगर गम्भीर घाइते

खेलकुद, फुटबल, बागमती प्रदेश, रोजगार, स्वास्थ्य
काठमाडौं : पौष ६, नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड बिमल घर्तिमगर गम्भीर घाइते भएका छन् । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणका क्रममा उनी गम्भिर घाइते भएका हुन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा चलिरहेको बन्द प्रशिक्षणमा उनको घुँडामा चोट लागेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईका अनुसार बिमलको ‘लिगामेन्ट’ च्यातिएको छ । उनको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियापछि मात्र खेलबाट के कति समय वञ्चित हुनुपर्ने हो थाहा हुने प्रवक्ता राईले बताउका छन् । यसअघि विश्वकप छनोटको क्रममा बिमल तीन महिना अनुशासनको कारबाहीमा परेका थिए। लामो समयको पर्खाइपछि बन्द प्रशिक्षणमा फर्किएका बिमल पछिल्लो मछिन्द्र क्लबमा आबद्ध छन् ।...
पत्रकारकाे काेराेना परिक्षण निशुल्क गर्न महासंघकाे आग्रह

पत्रकारकाे काेराेना परिक्षण निशुल्क गर्न महासंघकाे आग्रह

रोजगार, समाज, स्वास्थ्य
काठमाडौं । उपत्यका र उपत्यकाबाहिर कार्यरत सञ्चारकर्मीमा कोरोनाभाइरस संक्रमण हुने क्रम बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा नेपालमा तीव्र गतिमा फैलिँदै गर्दा सञ्चारकर्मीपनि धमाधम संक्रमित हुन थालेका हुन् । नेपाल पत्रकार सहासंघले पछिल्लो समय अग्रभागमा रहेर कार्य गरिरहेका सञ्चारकर्मीहरूमा संक्रमण देखिने क्रम बढेको जनाएको छ । महासंघका अनुसार हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् भने विशेषगरी फिल्डमा खटिने संवाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन् । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ । साथै महामारीको यो समयमा आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखे...
वैदेशिक रोजगारमा २७.५९ प्रतिशतले गिरावट

वैदेशिक रोजगारमा २७.५९ प्रतिशतले गिरावट

आर्थिक, रोजगार
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति लिने श्रमिक २७.५९ प्रतिशतले घटेका छन् । विश्व महामारीका रूपमा फैलिएको कोरोनाका कारण स्वदेशमा श्रम स्वीकृति बन्द हुनुका साथै स्वदेश तथा विदेशमा बन्दाबन्दीले सबै उडान ठप्प हुँदा यो सङ्ख्या घटेको हो । विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख आठ हजार ८०२ जनाले श्रम स्वीकृति लिएर विदेशिएकोमा आर्थिक वर्ष २०७६/७७ मा तीन लाख ६८ हजार ४३३ जनाले श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिएका पनि धेरैजसो अझै जान पाएका छैनन् । गत फागुनदेखि नै श्रम गन्तव्य मुलुक र नेपालमै पनि कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा श्रम स्वीकृति लिएका पनि जान पाएका छैनन् । रोजगारीमा गएकामध्ये अहिले पनि कतिपय विदेशमै अलपत्र परेर सरकारले ...
सार्वजनिक सवारी चलाउनेबारे ‘केन्द्रीय महासंघ’सँग सहमति, ‘राष्ट्रिय महासंघ’सँग सोमबार छलफल

सार्वजनिक सवारी चलाउनेबारे ‘केन्द्रीय महासंघ’सँग सहमति, ‘राष्ट्रिय महासंघ’सँग सोमबार छलफल

अटो, आर्थिक, रोजगार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी चलाउनेबारे सोमबार यातायात व्यवस्था विभागसँग छलफल हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले भने सोमबारदेखि नै गाडी चलाउनेबारे विभागसँग आइतबार सहमति गरेको छ । मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्‍चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने भएको हो । महासंघका महासचिव सरोज सिटौलाले कान्तिपुरसित भने, 'भोलि १ बजे यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने कार्यक्रम छ ।' यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले स्वास्थ्य सावधानी बलियो रुपमा नअपनाइ गाडी चलाउन नसकिने भनाइ दोहोर्‍याए । उनले चालक, सहचालकको कोरोना स्वास्थ्य बीमा गराउने, गाडी कहाँ-कहाँ गाडी रोक्ने, सुरक्षाका उपायबारे कार्यविधि बनिसकेको जनाउँदै विभागसँग छलफलपछि निर्णयमा पुगिने बताए । सरका...
राजी भयो सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी

राजी भयो सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी

अटो, आर्थिक, रोजगार, समाज
सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । चर शुक्रबार आएको मौदि्रक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवस्ाायीहरुले बताएका छन् । बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै...
कान्तिपुरमा धर्ना: मालिकलाई कालाेमाेसाे दल्ने घाेषणा

कान्तिपुरमा धर्ना: मालिकलाई कालाेमाेसाे दल्ने घाेषणा

रोजगार
काठमाडौं । कान्तिपुर प्रकाशन गृहमा श्रमजीवी तथा पत्रकारहरुले एक घण्टा धर्ना दिएका छन् । कोरोना महामारीको मौका छोपी पत्रकारहरु तथा श्रमजीवीहलाई अपमानजनक तरिकाले निलम्बन गरेको, लकडाउन अवधिको पत्रकार तथा श्रमजीवीहरुलाई तलब नदिएको र न्युततम पारिश्रमिक लागु नगरेको भन्दै विभिन्न ११ वटा संगठनहरुले धर्ना कार्यक्रम गरेका हुन् । धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले २७ बर्षदेखि निरन्तर मुनाफा कमाएको कान्तिपुरले कोरोना संकटको मौका पारेर अमानवीय तरिकाले निकालिएका पत्रकार तथा श्रमजीवीहरुको पुर्नबहाली गर्न चेतावनी दिए । उनले देशको सबभन्दा ठूलो मिडिया भन्दै चिनाउने कान्तिपुरले न्युनतम मानवीय मुल्य र मान्यता भुलेको र त्यो कदम नरोकिए पत्रकारहरु तथा श्रमजीवीहरुले कडा संघर्ष गर्ने चेतावनी दिए । त्यस्तै प्रेस संगठनका विश्वमणी सुवेदीले पत्रकारहरु तथा श्रमजी...
ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

आर्थिक, कृषि, रोजगार, विशेष खबर, समाज
पर्साको ठोरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार चौथो गाउँसभामा उपाध्यक्ष शान्तिमाया थिङल बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले सोमबार नै ल्याएको नीति तथा कार्यक्रममा कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ । वडा नम्बर ४ घ्याङडाँडास्थित गाउँपालिकाको कार्यालयमा भएको गाउँ सभामा अध्यक्ष पदमलाल श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा ८४ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई बार्षिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने, ३५ बर्ष नाघेका अविवाहित तथा श्रीमान नभएर एकल जीवन बिताउन बाध्य विपन्न महिलाहरूलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने पनि उल्लेख छ । प्रसुति सेवा सञ्चालनमा रहेको स्वास्थ्य चौकी...
काठमाडौं उपत्यकामा फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

काठमाडौं उपत्यकामा फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

रोजगार, विशेष खबर, समाज
काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । सोमबार चक्रपथमा  मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् । सरकारले शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दुरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् । तस्वीरहरु हेर्नुहोस्  ...
जसपाले भन्यो : एमसीसीबारे आन्तरिक छलफलमै छौं

जसपाले भन्यो : एमसीसीबारे आन्तरिक छलफलमै छौं

रोजगार, समाज
जनता समाजवादी पार्टीले अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी)बारे पार्टीले कुनै निर्णय नगरेको बताएको छ । अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसीबारे आफ्नो नीति र धारणा निर्माणका लागि आन्तरिक छलफल भइरहेको बताएका हुन् । ‘यसम्बन्धमा पार्टीले निर्णय गरेको छैन । पार्टीको तर्फबाट कुनै आधिकारिक धारणा पनि सार्वजनिक गरिएको छैन’ विज्ञप्तिमा भनिएको छ । आइतबार मात्र जसपाको प्रवास विशेष कमिटीले बनाएको कार्यदलले एमसीसीलाई इस्ट इन्डिया कम्पनीसँग तुलना गरिएको छ । र, राष्ट्रियता र स्वाधिनतामा आँच आउने शर्तहरु राखेर सहयोग लिन नहुने सुझाव दिइएको छ । त्यसलाई जसपाकै धारणाका रुपमा प्रचार भएपछि पार्टीले बोल्नु परेको एक नेताले बताए ।...
ठूला होटेल व्यवस्थापक र मजदुरबीच सहमति, डिसेम्बरसम्मको न्यूनतम तलवमान तोकियो

ठूला होटेल व्यवस्थापक र मजदुरबीच सहमति, डिसेम्बरसम्मको न्यूनतम तलवमान तोकियो

रोजगार, समाज
काठमाडौं । पर्यटक तथा तारे होटेलका मालिक र मजदुरबीच सेवा सुविधाका विषयमा रहेको असहमति तत्कालका लागि टुंगिएको छ । आइतबार विभिन्न मजदूर यूनियन र होटेल संघ नेपाल (हान)का पदाधिकारीहरुको छलफलमा नयाँ सहमति कायम भएको हो । स्रोतका अनुसार दर्जनौं चरणका छलफलपछि आइतबार सेवा-सुविधाका सम्बन्धमा व्यवस्थापक र मजदुर संगठनहरुबीच सहमति जुटेको हो । सहमति अनुसार अब होटेल बन्द रहेर घरमै बसेका मजदुरले समेत न्यूनतम ४३ सय रुपैयाँदेखि १० हजार रुपैयाँ पाउने भएका छन् । यो सहमति आगामी डिसेम्बरसम्म मान्य हुने गरी बनेको छ । स्रोतले भन्यो,’होटेल बन्द भएपनि तोकिएको न्यूनतम रकम सबै मजदुरले पाउने गरी सहमति भएको छ ।’ यद्यपी सहमति पत्रमा हस्ताक्षर भने सोमबार मात्र हुने तयारी छ । होटेल चलेको र नियमित काममा आउने मजदुरलाई भने साविककै सेवा सुविधा नघटाउने शर्तमा काममा लगाउने सहमति समेत मजदुर र मालिकबीच जुटेको छ । खासग...
३० गते कान्तिपुर मिडिया ग्रुपमा धर्ना

३० गते कान्तिपुर मिडिया ग्रुपमा धर्ना

रोजगार, समाज
काठमाडौ । कान्तिपुरमा कार्यरत मजदुर तथा कर्मचारीहरुले असार ३० गते धर्ना दिने भएका छन् । नारीबाहेक साप्ताहिक र नेपाल साप्ताहिकका पत्रकारहरुलाई जवर्जस्ती अवकाश दिने र नमाने घोक्रेयाठ्याक लगाउने र पछि अन्य कर्मचारी र मजदुरहरुलाई पनि निस्काशन गर्ने व्यवस्थापनको आन्तरिक योजना थाहा पाएपछि त्यहाँका आधिकारिक टे«ड युनियनहरुले धर्ना दिएर आन्दोलन थाल्ने अध्यक्षहरुले बताएका छन् । त्यसका लागि पत्रिका वितरकसहित सञ्चारकर्मीहरुलाई बोलाएर भेला गरिसकिएको एक पीडित सञ्चारकर्मीले बताए । नागरिक दैनिक र एपी वान १ मा धर्ना असार २४ गते बुधवार नागरिक दैनिक र एपी वान १ टेलिभिजनमा नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरुको पेशागत सुरक्षाको ग्यारेण्टीको माग गर्दै कालो ब्यानर टाँगेर धर्ना कार्यक्रम राख्यो । महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीको नेतृत्वमा भएको सो कार्यक्रममा सञ्चारकर्मीको उत्साहजनक सहभागिता ...