Friday, April 19
Shadow

शिक्षा

विद्यालयमा भौतिक उपस्थितिमा नपढाउन काठमाडौं प्रशासनको आदेश

विद्यालयमा भौतिक उपस्थितिमा नपढाउन काठमाडौं प्रशासनको आदेश

शिक्षा
काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयहरूले भौतिक उपस्थितिमा पठन पाठन नर्गन आदेश जारी गरेको छ । पठन पाठन गर्नै पर्ने भएमा महानगरपालिका तथा नगरपालिकाहरुले विद्यालय सञ्चालनपूर्व आ–आफ्नो पालिकास्तरमा कोरोना संक्रमणको अवस्था विश्लेषण गर्नुपर्नेछ । साथै विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन सञ्चालक र सञ्चालन समितिका पदाधिकारी सबैले कोरोनाविरुद्धको खोप लगाएको हुनुपर्ने जनाएको छ । प्रशासनले अशोज १ गतेदेखि अर्को व्यवस्था नभएसम्मका लागि जारी गरेको आदेशमा भनिएको छ । प्रशासनले बिहीबार जारी गरेको आदेशमा अभिभावक तथा सरोकारवाला समूहहरुको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय सञ्चालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहनुपर्ने पनि उल्लेख गरेको छ । तोकिएका मापदण्ड पूरा नगरी कतिपय विद्यालयहरुले असोज १...
एसईईका ४ लाख ८४ हजार २७८ विद्यार्थी उतिर्ण

एसईईका ४ लाख ८४ हजार २७८ विद्यार्थी उतिर्ण

शिक्षा
काठमाडौँ । यस वर्षको एसईईमा ४ लाख ८४ हजार भन्दा बढी विद्यार्थी उतिर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नजितामा ४ लाख ८४ हजार २ सय ७८ उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार ५ लाख १७ हजार १ सय २२ जनाले परीक्षा फारम भरेको थिए । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ । त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि। इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनस...
कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, पूर्णाङ्क कति ?

कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, पूर्णाङ्क कति ?

शिक्षा
काठमाडौं । कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न ९सीसीएमसी०सँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ । एक सय पूर्णाङ्ककै परीक्षा यसैबीच बोर्डले यसपटक एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन गर्ने भएको छ । गत वर्ष कोरोना भा...
कक्षा १२ को परीक्षा साउन अन्तिम साता

कक्षा १२ को परीक्षा साउन अन्तिम साता

शिक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साताबाट सञ्चालन गर्ने प्रस्ताव गर्दै सरकारसँग अनुमति मागेको छ । भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा।चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया अगाडि बढाउने जानकारी दिए । अध्यक्ष पौडेलले लाखौँ विद्यार्थी सहभागी हुने परीक्षा भएका कारण अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न नसकिने स्पष्ट गरे । केही समय ढिला भए पनि भौतिक रूपमा नै परीक्षा सञ्चालन गर्ने योजना बोर्डले बनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।...
एसईई र कक्षा १२ को परीक्षा स्थगित

एसईई र कक्षा १२ को परीक्षा स्थगित

शिक्षा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गरेको छ। आज बिहान बसेको बोर्डको बैठकले कोरोना संक्रमित संख्या दिनप्रतिदिन वृद्धि भइरहेकोले अहिलेको अवस्थामा परीक्षा गर्न नसकिने निष्कर्ष निकालेको हो। जेठ १३ गतेदेखि सञ्चालन गर्ने एसईई परिक्षाको तयारी गरिएको थियो भने कक्षा १२ को परीक्षा जेठ २६ बाट गर्ने तालिका थियो। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल अनुसार गत वर्षजस्तो आन्तरिक मूल्यांकनबाट एसईईको परीक्षा गर्ने तयारी भने छैन। ‘कोरोना कम भएपछि परीक्षा नै गर्ने हो गत वर्षको जस्तो आन्तरिक मूल्यांकनबाट यसपटक परीक्षा हुँदैन,’ उनले भने। यसपटक एसईई दिने विद्यार्थी पाँच लाखभन्दा बढी छन्। गत वर्ष कक्षा १२ को परीक्षा भने भौतिक रूपमै विद्यार्थी उपस्थित भएर गरिएको थियो।...
विद्रोही नेकपाका विद्यार्थी नेता उषाकिरण पक्राउ

विद्रोही नेकपाका विद्यार्थी नेता उषाकिरण पक्राउ

प्रदेश खबर, राजनीति, शिक्षा
काठमाडौं : पौष ६, काठमाडौंको माइतीघर मण्डलाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका विद्यार्थी नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सो पार्टी निकटका विद्यार्थी नेता उषाकिरण हुन् । माइतीघरमा सरकार विरोधी प्रर्दशनका क्रममा उनलाई पक्राउ गरिएको हो ।                                                                                            उनी अखिल क्रान्तिकारी क्याम्पस जिल्लाका पूर्वअध्यक्ष तथा त्रिचन्द्र कलेजका एकाइ अध्यक्षसमेत हुन् । प्रहरीले उनलाइ बलपूर्वक पक्राउ गरिएको दृश्यमा देखिएको छ, यसरी उनलाइ अमानवीय तरिकाले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएको छ । साथै उनलाई तत्काल रिहा गर्न चौतर्फी माग भैरहेकोे छ ।...
नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न सर्वाेच्चको आदेश

शिक्षा
सर्वाेच्च अदालतले विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज उत्प्रेषणको आदेश दिएको छ । यो आदेशसँगै यसै शैक्षिकसत्रदेखि कक्षा ११ मा ‘सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा’ लाई अनिवार्य विषय बनाउने नेपाल सरकारको निर्णय अन्योलमा परेको छ । सो अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलाशले अन्तरिम आदेशमाको टुङ्गो नलागेसम्म उक्त प्रारुप कार्यान्वयन नगर्न आदेश दिएको हो । उक्त प्रारुप कार्यान्वयन नगराउन भागवता अर्यालसमेतले पाठ्यक्रम विकास केन्द्रसमेतलाई विपक्षी बनाई रिट दायर गरेका थिए। नेपालको संविधान अनुसार विद्यालय तहको शिक्षा स्थानीय तहको एकल अधिकारको कार्यक्षेत्र भएको रिट निवेदनमा जिकिर गरिएको थियो । मुद्धाको सुनुवाईका लागि यही कात्तिक २६ गते पेशी तोकिएको छ । निवेदनकका तर्फबाट अधिवक्तहरु लीलामणि पौडेल र माधवकुमार बस्नेतले बहश गरेक...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

विशेष खबर, शिक्षा
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अनलाइनखबरलाई जानकारी दिए । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।...
त्रिवि उपकुलपति कार्यालयमा नेविसंघ कार्यकर्ताकाे तोडफोड

त्रिवि उपकुलपति कार्यालयमा नेविसंघ कार्यकर्ताकाे तोडफोड

विशेष खबर, शिक्षा, समाज
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेवि संघ) का कार्यकर्ताले त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्। उनीहरुले उपकुलपति र रजिस्ट्रारको कार्यालयमा तोडफोड गरेका हुन्। नेवि संघले मंगलबार शैक्षिक क्यालेन्डर फाइनल गर्ने लगायत मागबारे त्रिवि पदाधिकारीसँग बुझ्‍न जाँदा प्रहरी ल्याई बल प्रयोग गरेपछि विद्यार्थी नेताले सामान्य तोडफोड गरेको  नेवि संघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए। उनका अनुसार पठनपाठनको लागि  शैक्षिक क्यालेन्डर फाइनल गर्नेबारे माग राख्न विद्यार्थी त्रिविमा पुगेका थिए। ‘हाम्रा विद्यार्थी साथीहरु शैक्षिक क्यालेन्डरको लागि पदाधिकारीसँग बुझ्न गएका थिए,’ उनले भने,‘त्रिवि प्रशासनले प्रहरी ल्याई बल प्रयोग गर्न लगाउँदा सामान...
विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोजबाट गर्ने प्रस्ताव

शिक्षा, समाज
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । नोवेल कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भदौ भरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न नमिल्ने प्रस्ताव गरेको हो ।...
कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

विशेष खबर, शिक्षा
वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको छ । परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । लन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने भएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ । कार्यविधिमा नोवेल कोरोना भाइरस (कोभिड–११) महामारीका कारण स्थगित कक्षा ११ को परीक्षा आगामी माघ भन्दा अगाडि लिइसक्नुपर्ने उल्लेख छ । आंशिक तथा ग्रेड बृद्धि परीक्षार्थीले भने २०७७ सालको कक्षा १२ को व...
अनलाइन कक्षा पुनः सञ्चालन हुने

अनलाइन कक्षा पुनः सञ्चालन हुने

शिक्षा
निजी विद्यालय सञ्चालकहरूले विभिन्न माग राखेर अवरुद्ध गरेको अनलाइन कक्षा पुनः सञ्चालन गर्ने भएका छन् । निजी तथा संस्थागत विद्यालय अर्गनाईजेसन (प्याब्सन), एनप्याब्सन, नेपाल अभिभावक महासंघ, राष्ट्रिय अभिभावक महासंघ र संस्थागत विद्यालय शिक्षक युनियनले ८ साउनदेखि अनलाइन कक्षा चलाउने निर्णय गरेको हो । १ भदौबाट मात्रै विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय पुनर्विचार गर्न संयुक्त रुपमा आग्रह गरी सकिएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरिएको एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए । विद्यालय सञ्चालक, शिक्षक र अभिभावक संघले तत्काल विद्यार्थी अभिलेखीकरण, पुस्तक वितरण, नयाँ भर्ना लगायतका क्रियाकलाप थाल्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग अनुरोध गरेको छ । यसैबीच, शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले विद्यालय पुनः सञ्चालनका विषयमा प्याब्सन, एनप्याब्स...
साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी

साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी

शिक्षा
काठमाडौं । सरकारले साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले तत्काल विद्यालयहरु नखोल्ने तर अभिलेखिकरणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । ‘अहिले स्कुल खुल्दैन तर अभिमुखीकरण सुरु गर्ने भनेका छौं’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने । उनका अनुसार सामुदायिक स्कुलका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ । साथै क्वारेन्टिन स्थल बनाएका विद्यालयहरुमा निर्मलीकरण गर्ने लगायतका विषयमा पनि निर्णय भएको बताइएको छ ।...
अनलाइन क्लास बन्द नगर्नू शिक्षा मन्त्रालयको अनुरोध

अनलाइन क्लास बन्द नगर्नू शिक्षा मन्त्रालयको अनुरोध

शिक्षा, सूचना प्रविधि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी विद्यालयहरूलाई शिक्षण सिकाइ कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ। निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन र नेसनल प्याब्सनले अनलाइन क्लास बन्द गरेको मन्त्रालयले विषम परिस्थितिमा सिकाइ सहजीकरण कार्य नरोक्न भनेको हो। प्याब्सन र नेसनल प्याब्सनले साउन १ गतेदेखि अनलाइन क्लास बन्द गरेका छन्। शिक्षक तथा कर्मचारीलाई बेलतबी बिदा दिएका छन्। मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले निजी लगानीका विद्यालयहरूले स्थगन गरेका सिकाइ सहजीकरण कार्यलाई निरन्तरता दिन अनुरोध गरेका हुन्।निजी लगानीका विद्यालयमा उत्पन्न समस्याका विषयमा मन्त्रालयले सरोकारवालासँग परामर्श गरिरहेको शर्माले उल्लेख गरेका छन्। निजी विद्यालय सञ्चालकहरूले सरकारले राहतको व्यवस्था तथा सहुलियत दिनुपर्नेलगायत माग राखेका छन्। सिकाइ सहजीकरण कार्यक्रम कार्यान्वयनमा कुनै व्यवहारिक समस्य...
विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरे अमेरिकाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नै देश फिर्ता हुन सक्ने

विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरे अमेरिकाबाट अन्तर्राष्ट्रिय विद्यार्थीहरु आफ्नै देश फिर्ता हुन सक्ने

अन्तर्राष्ट्रिय, शिक्षा
सीएनएन ।  यदी विश्वविद्यालयले अनलाइन कक्षा मात्र सञ्चालन गर्ने निर्णय गरे अमेरिकामा पढ्न आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुले देश छाड्न पर्ने हुनसक्ने इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले सोमबार बताएको छ । कोरोनाभाइरसको महामारीका कारण हार्भड र प्रिन्सटनजस्ता अमेरिकाका धेरै विश्वविद्यालयले क्याम्पसमा रहेका विद्यार्थीहरुलाई समेत कोर्सका केही अंश अनलाइन कक्षा मात्र दिने घोषणा गरिसकेको छ । यदी यो लागू भए अमेरिकामा हाल अध्ययन गरिरहेका १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु प्रभावित हुनेछन् । इन्सटिट्युट अफ इन्टरनेसनल एजुकेसनका अनुसार सन् २०१८–१९ मा १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययन गरिरहेका थिए । यसमध्ये धेरै विद्यार्थी एसियाली मुलुकका रहेका छन् । सबैभन्दा धेरै चीनबाट ३ लाख ६९ हजार ५४८ र भारतबाट २ लाख २ हजार १४ रहेका छन् । पाँचौ स्थानमा क्यानाडाबाट २...
कक्षा ११ को परीक्षा अब सधैँ विद्यालयबाटै हुने

कक्षा ११ को परीक्षा अब सधैँ विद्यालयबाटै हुने

शिक्षा
कक्षा ११ को परीक्षा अब सधैँभरिका लागि विद्यालयबाटै हुने भएको छ । शिक्षामन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन हुने निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले कक्षा ११ को परीक्षा सधैँका लागि विद्यालयले लिने निर्णय गरेको बताए । परिषद्ले निर्णय गरी आन्तरिक मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि निर्माणको काम सुरु गरिसकेको छ । कोभिड– १९ का कारण उत्पन्न भएको परिस्थितिका कारण यसअघि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणीकरण भएर राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गर्ने निर्णय गरिसकेको छ । कक्षा १२ को परीक्षा भने अनुकूल समयमा लि...