Tuesday, April 23
Shadow

अन्तर्वार्ता

संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

mainnews, अन्तर्वार्ता, बागमती प्रदेश
काठमाडौं । आज संविधान दिवस । दोस्रो संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गरेको थियो । त्यही दिनको सम्झनामा सरकारले हरेक वर्ष विशेष कार्यक्रमसहित संविधान दिवस मनाउँदै आएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । यसैबीच राष्ट्रपति विद्यादेवी...
प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, पत्र पत्रिका, फोटो, राजनीति, विशेष खबर
काठमाडौं : पुष ५, नेकपाका महासचिव विप्लवले संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको बताएका छन् । महासचिव विप्लवले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु स्वभाविक भएको बताएका छन् । उनले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट तार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी वलीले संसद विघटनजस्तो कदम चालेको बताएका छन् । संसदीय व्यवस्थाको गोलचक्करबाट जनताको समस्या समाधान होला भन्ने भ्रममा पर्नु गलत भएको भन्दै महासचिव विप्लवले यो संकटको वास्तविक समाधान, शान्ति, स्थीरता, स्वाधीता र समृद्धिका ल...
विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास

विप्लव भन्छन् : संसदवादकाे विकल्प नै अहिलेकाे निकास

अन्तर्वार्ता, भिडियो, विशेष खबर
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाले देश र जनताको भलो नगर्ने भन्दै त्यसबारे सोच्नु पर्ने बताएका छन् । पार्टी पुनर्गठन दिवसको अबसरमा रातोखबरलाई अन्तरवार्ता दिँदै विप्लवले जनताको बढिभन्दा बढी हित हुने व्यवस्था आवश्यक भएको बताएका छन् । त्यसको लागि आफूहरु छलफल गर्न तयार रहेको समेत विप्लवले बताए । पार्टीमाथिको प्रतिबन्धले आफूहरुले जनताबीच फर्किने वातावरण बनाइदिएको बताउँदै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारलाई धन्यवाद समेत दिए । यसलाई चुनौतीको रुपमा लिएको भएपनि विभिन्न आशंका गरिएको बेला जनताबीच फर्किने वातावरण बनाएको बताए । लाै पूरा भिडियाे हेराैं । https://m.youtube.com/watch?v=QomBa4ZUVHo&t=62s    ...
फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

अन्तर्वार्ता, विशेष खबर, सूचना प्रविधि
फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो । फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो । ट्रम्पले स्टाटसको साथमा फक्स न्युज च्यानललाई दिएको अन्तरवार्ताको एक भिडियो क्लिप पनि राखेका थिए । त्यो भिडियोमा ट्रम्पले भनेका छन्- कोरोना भाइरसबाट बालबालिकाहरु लगभग सुरक्षित छन् । फेसबुकका प्रवक्ताले भनेका छन्, ‘यस भिडियोमा कोरोना भाइरसबारे गलत दाबी गरिएको छ । यो हाम्रो नीतिको उल्लंघन हो । हामी कोरोना भाइरस संक्रमणको विषयमा गलत सूचना प्रवाहको विरुद्धमा छौं ।’ यसबारे ह्वाइट हाउसको प्रतिक्रिया भने आइसकेको छैन ।...