Thursday, April 25
Shadow

जीवनशैली

याे पुस्ताका प्रेरणाका श्राेत सर्वेन्द्र किन गुमनाम ?

याे पुस्ताका प्रेरणाका श्राेत सर्वेन्द्र किन गुमनाम ?

जीवनशैली, राजनीति
हिजोआज जताततै केवल राजनीतिको कुरा भइरहन्छ। चुनाव नजिकिँदै गर्दा रण मैदानमा कैयौँ नयाँ अनुहार देख्न पाए हुन्थ्यो भन्नेहरू थुप्रै छन्। नेपाली राजनीतिमा उनै पुराना अनुहार देखेर वाक्क दिक्क भइसकेका जनता अब त केही नयाँ अनुहार देखा पर्नुपर्छ, केही गर्न सक्ने मान्छे देखापर्नु पर्छ भन्नेमा पुगिसकेका छन्। पछिल्लो समयमा त्यस्ता नयाँ अनुहारको खोजी पनि भइरहेको छ। नयाँ–नयाँ नामहरू पनि सुनिदै छन्। ती नयाँ अनुहार कुनै अर्कै ग्रहबाट आउने पक्कै हैनन्। त्यस्ता अनुहार यतैकतै छन्। जोसँग विवेक छ, अनुभव छ, जोस जाँगर र विकास निर्माणको खाका छ। अन्याय अत्याचारका वि?द्ध तत्काल कदम चाल्न सक्ने सोच र क्षमता छ। जसमध्येका एक पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि हुन्। सर्वेन्द्रले आफ्नो नाम घोषण गरिसकेका नभए तापनि बजारमा नाम सुनिन थालेको छ। कतिपयले उनले विगतमा आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा गरेका केही असल कर्मह? सम...
प्राकृतिक हस्पिटल : विरामीकाे माया, सरकारकाे हेला

प्राकृतिक हस्पिटल : विरामीकाे माया, सरकारकाे हेला

जीवनशैली
रजहर, नवलपरासी। प्राकृतिक चिकित्साप्रति मानिसहरुको आकर्षण बढ्दाे छ, तर सरकारकाे ध्यान भने यस्ता काममा कहिल्यै पुग्दैन । काेराेनाकाे दुई लहरले बिचमा केही महिना उपचार नभए पनि काेराेनाका बिरामी भने उपचार गर्न भरिभराउ थिए । काेराेनाकाे शुरुकाल(गत बर्ष) जतिबेला काेरानाबाट ज्यान गुमाउनेहरुकाे संख्या बढिरहेकाे थियाे, बिरामीहरु बढिरहेका थिए, नाम कहलिएका अस्पताल गेटमा ठुलाे ताला लगाएर बन्द अवस्थामा थिए । तर नवलपरासीकाे रजहरस्थित सामुदायिक प्राकृत्तिक चिकित्सालयमा भने बिरामीहरकाे घुईँचाे थियाे । चिकित्सालयमा अघिल्लाेआर्थिक बर्षमा महिला ५२१ र पुरुष ५८८ गरी १ हजार १५९ जनाले उपचार सेवा लिएका थिए । जुन त्यसअघिकाे आर्थिक वर्षको भन्दा ३७० जनाले बढी हो । ०७७/०७८ काे आर्थिक बर्षको पुस मसान्तसम्म २८० जना महिला र २६५ जना पुरुषले उपचार लिइसकेका छन् । जाडोको समयमा भन्दा गर्मीको समयमा बिरामीहरुको चाप बढी हुने...
डिजिटल युगमा युवा नेतृत्वका चुनौतीहरु : रामदिप आचार्य

डिजिटल युगमा युवा नेतृत्वका चुनौतीहरु : रामदिप आचार्य

जीवनशैली, विचार/ब्लग
रामदिप आचार्य जब राजनीतिक प्रणालीमा संकट आँउछ प्रायजसो नेतृत्वका बारेमा बहश हुने गर्दछ । यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ । नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ । मानव जाती निरन्तर अग्रगतिमा यात्रारत विशेष प्राणी हो । स्वभावैले यो यथास्थितिमा रहन सक्दैन । अहिले पनि नेपाली राजनीतिमा युवा नेतृत्वका बारेमा बहश हुने गरेको छ । खासगरी सामाजिक सञ्जालमा हुने छफलफहरुमा युवा नेतृत्वका बारेमा थुप्रै प्रश्नहरु उठ्ने गरेको छ । असक्षम भए, हुतिहारा भए, नयाँ गर्न सकेनन्, पिछलग्गु भए आदि । यो आम राजनीतिमा जस्तै कम्युुनिष्ट राजनीतिमा पनि उत्तिकै चलिरहेको छ । यहाँ युवा नेतृत्वका सवालहरु बारे केही चर्चा गर्नु आवश्यक हुन गएको छ । हामी सक्छौं भन्ने विचार विकास गर्न । पृष्ठभूमि हामी कम्युुनिष्ट घोषणापत्रका हरफ हरफ पढेर आफूलाई कम्युनिष्ट ठान्नेहरुले माक्र्स र एंगेल्स पढ्...
गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

गन्धर्वको पीडा : रोगले भन्दा पनि भोकले मर्ने भइयो

जीवनशैली
झापा । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीका कारण आर्थिक सङ्कटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका गन्धर्वका ४५ परिवार बिहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् । सारङ्गी रेटेर घरघर पुग्ने र मीठो लयमा गीत गाएर मनोरञ्जन प्रदान गर्ने उनीहरुको पुख्र्यौली पेशा हो । अहिलेसम्म यो पेशा धान्दै आएका उनीहरु सर्वत्र निषेधाज्ञा लागू भएका कारण घरबाट बाहिर निस्कन पाएका छैनन् । खेतीपाती र व्यापार नरुचाउने यो जाति कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएपछि भोकमरीमा परेको छ तर अहिलेसम्म कसैले पनि उनीहरुलाई खाद्यान्न सहयोग पु¥याएका छैनन् । “रोगले भन्दा भोकले मर्ने भयौँ”, पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्व भन्नुहुन्छ, “सारङ्गी रेटेर कमाएको पैसोले...
धुनिया जाति : शिरक डसना बनाउने परम्परागत काम

धुनिया जाति : शिरक डसना बनाउने परम्परागत काम

जीवनशैली
काठमाडौंमा धनुहै र जिस्ताको ट्वार्रर्र ट्वार्रर्र आवाज बजाउँदै टोलटोलमा पुगेर शिरक र डसना बनाउनेहरुलाई त सबै काठमाडौंवासीले देखेकै हुन्छन् । तर ती शिरक बनाउने आउनेहरू कहाँबाट आएका हुन् र उनीहरूको मौलिक पेसाको बारेमा भने धेरैलाई ज्ञात नहुन सक्छ । अहिले कताकतै अन्य जातिले पनि यो काममा आफ्नो सहभागिता जनाउने गरेको भए पनि यो काम भने धुनिया जातिको मौलिक काम हो । लुम्बिनी प्रदेशको दक्षिणी भेगमा रहेको मर्चवारी गाउँपालिकामा बसोबास गर्ने धुनिया जातिको मुख्य परम्परागत काम भनेको नै कपासबाट शिरक डसना बनाउने हो । त्यसैले उनीहरुको परम्परागत मुख्य हतियार भनेको नै धनुहै र जिस्ता हो । धुनिया जातिको परम्परागत जातीय गतिविधिमा कपास सम्बन्धी कामका अलावा कृषि र कृषिसम्बन्धी मजदुरी पनि हो । गाउँपालिकाको वडा नं १, ६, ७ लगायतमा बसोबास गर्ने धुनिया जातिले अहिले पनि सोही पेसा अपनाउने गरेको ६ नं वडाका वडाध्यक्ष राम...
लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

अटो, आर्थिक, जीवनशैली, रोजगार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त प्रेम राईले सचिवबाट निवृत्त भएको एक वर्षसम्म पनि सरकारी गाडी फिर्ता गरेका छैनन् । गत २२ माघमा अवकाश पाएका उनले अहिलेसम्म गृह मन्त्रालयकै सवारीचालक र सुरक्षाकर्मी प्रयोग गरिरहेका छन् । सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर उनले चलाइरहेको गृह मन्त्रालयको स्रोतले जनाएको छ । त्यस्तै, कुनै निर्णयविना नै दुईजना प्रहरीसमेत पूर्वसचिव राईले घरमा राखेको स्रोतको दाबी छ । अवकाशप्राप्त व्यक्तिलाई सवारी दिने कुनै व्यवस्था नै छैन । संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ व्यक्ति प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिने तयारी गरेका छन् । उनले यसबारे आफूले निकटस्थहरूसँग छलफलसमेत गरेको स्रोत बताउँछ । निजामती प्रशासनमा राई...
केही ठाउँमा हिमपात हुने

केही ठाउँमा हिमपात हुने

जीवनशैली, पर्यटन, प्रदेश खबर
काठमाडौं : पौष ७, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै हाल हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ  । आगामी तीन दिनको मौसम पूर्वानुमानः पौष ७ गते (मंगलबार) दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । रातिः बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र कर्णाली प्रदेशका भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पौष ८ गते (बुधबार) दिउँसोः प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बि...
कोरोनाबाट विश्वभर १७ लाख बढीको मृत्यु

कोरोनाबाट विश्वभर १७ लाख बढीको मृत्यु

अन्तर्राष्ट्रिय, जीवनशैली, फोटो, विशेष खबर, स्वास्थ्य
एजेन्सी : ७ पुष । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ। पछिल्लो २४ घण्टामा मात्रै पाँच लाख पाँच हजार ५४८ कोरोना संक्रमित थपिएका हुन्। वर्ल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १७ लाख आठ हजार ९५ संक्रमितको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८४ जनाको मृत्यु भएको हो।...
राष्ट्रियताको जगेर्ना र जनताको जनजिविकोपार्जनका लागि आन्दोलन

राष्ट्रियताको जगेर्ना र जनताको जनजिविकोपार्जनका लागि आन्दोलन

जीवनशैली
सुरुदेखि नै वामपन्थी आन्दोलनमा लागेका व्यक्ति हुन् । २०५५ सालमा तत्कालिन नेकपा माओवादीको जनयुद्धमा होमिएका उनी घाईते समेत हुन् । उनी भन्छन्, शान्ति प्रक्रियामा आईसकेपछि प्रचण्ड बाबुरामहरुले माओवादी आन्दोलन भुल्नु, नातावाद, कृपावाद, पैसा र विदेशी इसारामा चल्दै आन्दोलनमाथि गद्धारी गरे । भरुवा बन्दुकबाट सुरुभएको माओवादी आन्दोलन आधुनिक हतियारसम्म पुगेको थियो । तर प्रचण्ड बाबुरामले गद्धारी गर्दै सत्ता केन्द्रीत हुदैं हतियार बिक्री गर्दै म्युजियममा समेत राख्न भ्याए । जनमुक्ति सेनालाई कमजोर पार्न खण्डखण्डमा विभाजन गरियो । दलाली र बार्गेनिङ गर्दै राज्य सत्तामा जाने भ¥याङ बनाएर आफु समेत सक्किएर गए । १० वर्ष आमुल परिवर्तनको लागि इमानदार र बफादारी पूर्वक लागियो, आज ति दिनहरु सम्झिदा आजको दिनमा दिक्क लागेर आउँछ । प्रचण्ड बाबुरामको कति विरोध गर्नु दिक्क लाग्न थाल्यो, अचेल त विरोध नै गर्न छाडें । म फेर...
निद्राले यी १० तरिकामा तपाईँको जीवन बदलिदिन सक्छ

निद्राले यी १० तरिकामा तपाईँको जीवन बदलिदिन सक्छ

जीवनशैली
एजेन्सी । रोगबाट बचाउनेदेखि बौद्धिक क्षमतामा सुधार ल्याउने, तनाव घटाउने, तौल नियन्त्रित गर्नेलगायत सबै स्वास्थ्य समस्याको एकदमै सजिलो उपाय छ भन्दा धेरैलाई पत्याउन गाह्रो हुन सक्छ । किनकि हामीलाई थाहा भएअनुसार यसका लागि उचित डायट, शारीरिक अभ्यासका कार्यक्रम, योग, ध्यानलगायत आवश्यक पर्दछ । तर अनगिन्ती अध्ययन अनुसन्धानहरुपछि यी सबै शारीरिक एवम् मानसिक लाभ हासिल गर्नका लागि केबल राम्ररी निद्रा पुर्याउन मात्र जरुरी रहेको प्रमाणित भएको छ । शारीरिक, भावनात्मक र मानसिक स्वास्थ्य सबैको एक मात्र औषधि निद्रा नै रहेको विज्ञहरुले धेरैपटक बताइसकेका छन् । तर राम्रो निद्रा पुर्याउन महत्वपूर्ण भए पनि त्यसलाई प्राथमिकतामा राख्ने कुरा भने सबैका लागि सहज छैन । विशेषगरी अहिले कोभिड महामारीका समयमा अधिकांश मानिसहरुमा निद्राको समस्या बढिरहेको डाक्टर म्याथ्यु स्किम्ट बताउँछन् । उनी प्लेडमन्ट हेल्थकेयर जर्जि...
चार महिनाको विद्युत् महसुल साउन ७ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

चार महिनाको विद्युत् महसुल साउन ७ गतेसम्म तिरेमा जरिबाना नलाग्ने

जीवनशैली
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको असार १९ गतेको निर्णयबाट साउन ७ गतेभित्रमा महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिबाना नलाग्ने व्यवस्था गरिएको हो । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिबाना लाग्ने व्यवस्था छ । तर नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्राधिकरणले लकडाउन अवधिमा महसुल नतिर्ने ग्राहकलाई जरिबाना नलाग्ने निर्णय गरेको हो । सरकारले अहिलेकै रुपको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिएको छ । सरकारले लकडाउन अवधि लम्ब्याएपछि प्राधिकरणले पनि त्यहीअनुसार महसुलमा जरिबाना नलाग्ने व्यवस्था गरेको हो । अब गएको चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही साउन ७ गतेभित्रमा तिरेमा जरिबाना लाग्ने छैन । विश्...
लकडाउनमा इन्टरनेट खपत ३३ प्रतिशत बढ्यो, विश्वबजारमा भाउ सस्तियो

लकडाउनमा इन्टरनेट खपत ३३ प्रतिशत बढ्यो, विश्वबजारमा भाउ सस्तियो

जीवनशैली, सूचना प्रविधि
काठमाडौं। सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन आह्वान गरेको बन्दाबन्दी (लकडाउन)का कारण नेपालमा इन्टरनेटको खपत ३३ प्रतिशत बढेको छ । प्रविधि पत्रकार मञ्च (टीजेएफ)ले मंगलवार आयोजना गरेको डिजिटल सम्मेलनमा उक्त आँकडा प्रस्तुत गरिएको हो । नेपाल नेटवर्क सेवाप्रदायक समूहका अध्यक्ष समीत जन थिङले मुलुकभित्रको इन्टरनेट खपत ३५ प्रतिशत र बाह्य खपत २५ प्रतिशत बढेको बताए । उनले लकडाउन सुरुहुनुअघि १४८६ गिगाबाइट प्रतिसेकेण्ड खपत हुँदै आएको इण्टरनेट लकडाउनपछि १९७१ गिगाबाइट प्रतिसेकेण्ड पुगेको जानरकारी दिए । इन्टरनेट सेवाप्रदायकहरुले आफैं गर्ने खपतसमेत जोड्दा २१०० गिगाबाइट प्रतिसेकेण्ड खपत हुने गरेको थिङले जानकारी दिए । उनले सामान्य अवस्थामा हरेक वर्ष औसत २३ प्रतिशतको बृद्धि हुने इण्टरनेट बजारमा लकडाउनले छोटो समयमै उच्च बृद्धि हासिल गर्न सघाउ पुर्याएको बताए । लकडाउनले नेटफ्लिक्समा सिनेमा हेर्ने ...
एटीएमबाट पैसा निकाल्दै हुनुहुन्छ ? कोरोनाबाट यसरी बच्नुहोस्

एटीएमबाट पैसा निकाल्दै हुनुहुन्छ ? कोरोनाबाट यसरी बच्नुहोस्

जीवनशैली, स्वास्थ्य
काठमाडौं । कोरोना भाइरसले विश्वभर नै जोखिम निम्त्याएको छ । संक्रमण बढिरेको छ । हाल यसबाट बच्ने एक मात्र तरिका हो सावधानी    अपनाउनु । एटीएमबाट पैसा निकाल्ने क्रममा थुप्रै कोरोनाका घटनाहरू पनि छन् । यस्तो अवस्थामा एटीएम प्रयोग गर्ने क्रममा धेरै होशियार हुनु आवश्यक छ । तपाई एटीएम प्रयोग गर्दै हुनुहुन्छ भने यि सावधानीहरू अपनाउनुहोस् । सेनिटाइजर नजिकै राख्नुहोस् जब तपाईं घरबाट बाहिर निस्कनुहुन्छ, एक सेनिटाइजर आफूसँगै राख्नुहोस्। यदि तपाईंले कुनै कुरा छोइसक्नु भएको छ भने, हातहरू तुरुन्तै सेनिटाइजरले सफा गर्नुहोस् । लागी प्रतीक्षा गर्नुहोस् यदि कोही एटीएम कोठामा पहिलेदेखि नै छ भने भित्र नजानुहोस् । जबसम्म त्यो व्यक्ति पैसा लिएर बाहिर आउँदैन, तपाईं आफ्नो पालो कुर्नुहोस् । टिशू राख्नुहोस् तपाईं टिशूहरू लिएर मात्र घरबाट बाहिर निस्कनुहोस् । एटीएम लाइनमा उभिएर तपाईंको अनुहार, नाक र ...
कान्तिपुरले महासंघलाई ढाट्याे, पत्रकारकाे तलव कटाैती

कान्तिपुरले महासंघलाई ढाट्याे, पत्रकारकाे तलव कटाैती

जीवनशैली
काठमाडौं ।  पत्रकार, कर्मचारीको तलब, सुविधा नकाट्ने, बेतलबीमा नराखिने भनी नेपाल पत्रकार महासंघलाई दिएको लिखित प्रतिबद्धतालाई कान्तिपुर पब्लिकेशन्स् प्रालीले उल्लंघन गरेको छ । उसले आफ्ना कर्मचारी, पत्रकारको मासिक तलब, सुविधालाई ६० प्रतिशत भन्दा बढी नै कटौती गरी खातामा पठाएको छ ।  गत वैशाख १२ गते महासंघमा गरेको लिखित प्रतिवद्धता र त्यसैका आधारमा महासंघले जारी गरेको विज्ञप्तिपछि ढुक्क भई काममा जुटेका पत्रकार, कर्मचारी तलब काटेपछि निरास् बनेका छन् । अधिकांशको खातामा सरकारले तोकेको न्यूनतम पारिश्रमिक समेत जम्मा भएको छैन । १२ हजारदेखि १८ हजारको बीचमा तलब पठाइएको रहेछ’, एक जना पत्रकारले खुलानेपाललाई जानकारी दिए । यो निर्णयले थोरै पारिश्रमिक भएका काठमाडौं र बाहिर रहेर काम गर्ने पत्रकार बढी मर्कामा परेका छन् । सरकारले पत्रकारको न्यूनतम तलब २४ हजार रुपैया तोकेपनि ठूलो प्रकासन गृह कान्तिपुरले त...
थप ९ जनामा कोरोना संक्रमण, दाङमा पहिलो पटक ३ जना भेटिए

थप ९ जनामा कोरोना संक्रमण, दाङमा पहिलो पटक ३ जना भेटिए

जीवनशैली, लुम्बिनी प्रदेश
काठमाडाैं । आजै थप नौ जना कारोना संक्रमिति भेटिएका छन् । दाङमा पहिलो पटक ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारीको विज्ञप्ति अनुसार दाङको गढवा—४ र ५ तथा तुलसीपुर—७ का २३,३६ र ३४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै पर्सामा ९, १० का बालक तथा २३ र ४७ वर्षीय पुरुष, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष र काठमाण्डौं सतुंगलका ७ वर्षीय बालक संक्रमित भेटिएका छन् । विहान मात्रै ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । आज मात्रै १८ जना कोरोना संक्रमित भेटिएका छन् ।  यो संगै देशभर कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।...
उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !

उपत्यका फर्किनेलाई आफ्नै कोठामा प्रवेश निषेध !

जीवनशैली, बागमती प्रदेश
काठमाडौं । ललिपपुर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष हिटलर शाक्यले बिहीबार एउटा सूचना निकालेका छन्, ‘लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएका व्यक्तिहरुलाई प्रवेश निशेष गरिएको छ ।’ साथै उनले घरधनीहरुलाई घर गएका भाडामा बस्नेहरु आफ्नो घरमा प्रवेश नदिने जानकारी गराउन भनेको छ । यदि कसैले सूचना लुकाए घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैंले व्यहोर्नुपर्ने चेतावनीसमेत सूचनामा दिइएको छ । जबकी सरकारले वैशाख २६ बाट लकडाउनको मोडल फेर्दै उद्योगधन्दा, बैंकहरु खोल्न अनुमति दिएको छ । अनुमति पाएका व्यवसाय सञ्चालन भएका छन् भने निर्माणका कामहरु पनि पुनः सुरु भएको छ । यससँगै लकडाउनको समयमा उपत्यका छाडेर गएकाहरु काम गर्न उपत्यका फर्किन थालेका छन् । कतिपयले आफ्ना कर्मचारी आफैं ल्याएका छन् त, कतिपय तरकारी, खाद्यान्य, दुध जस्ता अत्यावश्यकीय वस्तु ढुवानी गर्ने गाडी चढेर आएका छन् । ...