Saturday, April 20
Shadow

फोटो

चीनका १० लाख जनालाई भ्याक्सिन लगाइयो, भेटिएन कुनै पनि त्रुटी

चीनका १० लाख जनालाई भ्याक्सिन लगाइयो, भेटिएन कुनै पनि त्रुटी

अन्तर्राष्ट्रिय, फोटो, विशेष खबर, समाज, स्वास्थ्य
काठमाडौं : पौष ८, अमेरिका र बेलायतले कोरोना विरुद्धको भ्याक्सिन लगाउन सुरु गरेसँगै चीनले पनि आफैं तयार पारेको भ्याक्सिन सर्वसाधारणलाई लगाउन सुरु गरेको छ । चीनका भ्याक्सिन स्टेट काउन्सिलका प्रमुख झेंगका अनुसार चीनका १० लाख जनालाई भ्याक्सिन लगाइएको र यसमा कुनै त्रुटी भेटिएको छैन । केही व्यक्तिलाई सामान्य असर गरेपनि यसले गम्भीर असर नगरेका कारण अब चीनका हरेक नागरिकलाई भ्याक्सिन उपलब्ध गराइने झेंगको भनाइ छ । भ्याक्सिन लगाइएका १० लाख मध्ये ६० हजार कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिहरु रहेकोमा एकाधलाई केही असर देखिएको बताइएको छ । चीनमा हाल तीन कम्पनीले भ्याक्सिन तयार पारिरहेको छ । जसमा सिनोफार्म एण्ड सिनोभ्याकले तयार पारेको भ्याक्सिन चीनबाहेक अन्य राष्ट्रहरुमा पनि ट्रायलको रुपमा रहेको छ । युएई, ब्राजिल, टर्की, इन्डोनेशिया, बहराइनमा पनि चीनको सिनोफार्म एण्ड सिनोभ्याकले तयार प...
गोयलसँग ओलीको त्यो गोप्य भेट, जसले खोलिदियो नक्कली राष्ट्रवादको जाम

गोयलसँग ओलीको त्यो गोप्य भेट, जसले खोलिदियो नक्कली राष्ट्रवादको जाम

अन्तर्राष्ट्रिय, फोटो, राजनीति, विशेष खबर
काठमाडौं : पौष ७, प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष गरी भारतसँग एउटा सार्वभौम मुलुकको नेताकारुपमा प्रष्ट अडान लिने र लागेको कुरा समकक्षीसमक्ष निर्धक्क राख्ने छवि बनेको थियो । उनको त्यही पक्ष पनि गुप्तचर सामन्त गोयलको काठमाडौँ आगमनपछि क्रमशः क्षयउन्मुख भएको छ । आफ्नै सहमतिमा छापिएको सीमा समस्यासम्बन्धी किताब शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई वितरण नगर्न निर्देशन दिँदा उनको झुकाव भारततिर बढिरहेको प्रतीत भइसकेको थियो । उनले गोलसँगको भेट सकभर गोप्य राख्न खोजेका थिए तर गोयल पक्षले नै त्यसलाई प्रचारमा ल्याइदिएपछि मध्यरातको भेट ढिलो गरी सार्वजनिक गर्न बालुवाटार बाध्य भयो । रअ प्रमुखसँगको अपरादर्शी भेटपछि नेकपाको संकट गहिरियो र ओली स्वयम् राष्ट्रवादी छवि पार्टीभित्र–बाहिर दुवैतिर धुमिलिँदै गयो । लिपुलेक सीमा विवादका विषयमा विवादास्...
कोरोनाबाट विश्वभर १७ लाख बढीको मृत्यु

कोरोनाबाट विश्वभर १७ लाख बढीको मृत्यु

अन्तर्राष्ट्रिय, जीवनशैली, फोटो, विशेष खबर, स्वास्थ्य
एजेन्सी : ७ पुष । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १७ लाख नाघेको छ । हाल विश्वभर कोरोना संक्रमितको संख्या ७ करोड ७२ लाख ९६ हजार ६ सय १७ छ। पछिल्लो २४ घण्टामा मात्रै पाँच लाख पाँच हजार ५४८ कोरोना संक्रमित थपिएका हुन्। वर्ल्डोमिटर्सका अनुसार विश्वमा हालसम्म १७ लाख आठ हजार ९५ संक्रमितको मृत्यु भइसकेको छ। सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ ३ लाख १९ हजार १ सय ९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ५८४ जनाको मृत्यु भएको हो।...
प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन

प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन

प्रदेश नं. १, फोटो, राजनीति, विशेष खबर
 विराटनगर : ६ पौष । सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरता तर्फ धकेलेको विरोधमा नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।   विराटनगरको तीनपैनीबाट शुरु भएको विरोध -यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सहभागिहरुले संसद पुनस्र्थापन गर, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।...
प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

प्रतिक्रियावादी र साम्राज्यवादी घुसपैठले संसदीय व्यवस्थामा संकट निम्तिनु स्वभाविक : विप्लव

अन्तर्राष्ट्रिय, अन्तर्वार्ता, पत्र पत्रिका, फोटो, राजनीति, विशेष खबर
काठमाडौं : पुष ५, नेकपाका महासचिव विप्लवले संसदीय व्यवस्थाको असफलताले वैज्ञानिक समाजवादको आवश्यकतालाई निर्विकल्प पुष्टि गरेको बताएका छन् । महासचिव विप्लवले नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु स्वभाविक भएको बताएका छन् । उनले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट तार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी वलीले संसद विघटनजस्तो कदम चालेको बताएका छन् । संसदीय व्यवस्थाको गोलचक्करबाट जनताको समस्या समाधान होला भन्ने भ्रममा पर्नु गलत भएको भन्दै महासचिव विप्लवले यो संकटको वास्तविक समाधान, शान्ति, स्थीरता, स्वाधीता र समृद्धिका ल...
संसद्को विघटन अघि नै दर्ता भएको थियोे प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

संसद्को विघटन अघि नै दर्ता भएको थियोे प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

फोटो, राजनीति, विशेष खबर
५ पुस, काठमाडौं । राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु अगाडि नै संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको पाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर मध्यावधि निर्वाचनमा जाने प्रस्ताव राखेका थिए । तर चार मन्त्रीले त्यसको विरोध गरेपछि उनी ‘ल ठीक छ’ भन्दै बैठक स्थलबाट बाहिरिएका थिए । त्यसको सूचना पाए लगतै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ८९ सांसदले संसद सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।...
रोकेन लकडाउनले भक्तपुरको ऐतिहासिक परम्परा

रोकेन लकडाउनले भक्तपुरको ऐतिहासिक परम्परा

फोटो, बागमती प्रदेश
काठमाडौं । कोरोना संक्रमणको जोखिमका कारण जात्रा, मेला महोत्सव सबै स्थगित भएका छन् । तर, हामी धार्मिक आस्था र परम्परा नअपनाइरहन कहाँ सक्छौं र । घर बाहिर निस्किन सरकारले लगाएको प्रतिबन्धका बाबजुद सोमबार बिहानै भक्तपुरका बासिन्दा बिस्केट जात्रा अन्तर्गतको परम्परागत पूजा विधिमा सहभागी भए । मल्कालदेखि चल्दै आएको परम्पराअनुसार नयाँ वर्षको दिन भक्तपुरमा बिस्केट जात्रा मनाइन्छ । नयाँ वर्षको पूर्वसन्ध्यामा ल्हासिखेलमा लिंगो उठाइन्छ । वैशाख १ गते तौमढीस्थित न्यातपोलबाट भैरव र भद्रकालीको रथ तानेपछि सो लिंगो ढालिन्छ । तर, यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थानीय प्रशासनले बिस्केट जात्रा र बिस्केट जात्राकै नमनाउने निर्णय गर्‍यो । रथ तान्ने, धेरै मानिसहरु भेला भएर जात्रा मनाउने नगरे पनि ल्हासिखेलमा आज विहानै पूजा गर्नेहरुको भिड लाग्यो । स्थानीयबासी हातमा पूजाको थाली लिएर ...