Thursday, April 25
Shadow

राजनीति

काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्‍न

काँग्रेस शंखरापूर-७ को वडा सम्मेलन सम्पन्‍न

बागमती प्रदेश, राजनीति
काठमाडौं- नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले भ्रष्टाचारमुक्त देश निर्माणमा लाेकतान्त्रिक मूल्य मान्यताकाे व्यवस्था जरूरी भएकाे बताउनुभएकाे छ । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नेता श्रेष्ठले मुलुकलाई समृद्धितिर लैजान लाेकतान्त्रिक शक्तिहरू एकजुट हुनुकाे विकल्प नभएकाे बताउनुभयाे । शंखरापूर नगरपालिका वडा नं ७ को प्रथम वडा सम्मेलन तथा सम्मान कार्य क्रम आज सम्पन्‍न भएको छ । कार्यक्रममा विशिष्ठ अतिथि तरूण दल केन्द्रीय सदस्य जगधिश चन्द्र खाँडको उपस्थिति रहेको थियो। काठमाडौं निर्वाचन क्षेत्र नं २ का कांग्रेस नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको यस वडा सम्मेलनको सभापतित्व यसै वडाका ईकाइ सभापति श्रीजन श्रेष्ठले गर्नुभएकाे थियाे । यस सम्मेलनमा पार्टी संगठनलगायत नेपाली कांग्रेस पार्टीको इतिहास वर्तमान अवस्...
हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन : कांग्रेस नेता बस्नेत

हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन : कांग्रेस नेता बस्नेत

बागमती प्रदेश, राजनीति
शंखरापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसलाई हात्तीको संज्ञा दिंदै हात्तीलाई कसैले पनि हल्लाउन नसक्ने बताउनुभयाे । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ को प्रथम वडा सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयाे, 'नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा हात्ती हो । हात्तीलाई कसैले पनि हल्लाउन सक्तैन ।' प्रजातन्त्रको विकल्प कांग्रेस नै भएकाले जनताको दुःखसुखमा साथ दिँदै विकास निर्माणको काममा लागिरहने उहाँले बताउनु भयो । नेपाली कांग्रेस शंखरापुर नगरपालिका वडा नं. ४ का इकाई सभापति एवं वडाध्यक्ष सुनाबहादुर तामाङ (सोनाम) को सभापतित्वमा लप्सेफेदीस्थित फेदी ब्लिस रिसोर्टमा भएकाे सम्मेलनमा मन्त्री बस्नेतले नेपालमा झरीका च्याउँ जस्तै विभिन्न पार्टी उम्रिएपनि धेरैबेर नटिकेका र अब उम्रिएका पार्टीहरु पनि धेरै नटिक्ने ध...
रामचन्द्र पौडेल नेपालकाे राष्ट्रपति

रामचन्द्र पौडेल नेपालकाे राष्ट्रपति

mainnews, राजनीति
काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेपालकाे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रपति पदका अर्का उम्मेदवार एमाले नेता सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको हो । पाैडेल नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गर्नुभयो भने नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) र प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मतदान गर्नुभएको थियो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्थ्यो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ । उहाँलाई १० दलको समर्थन थियो । २००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मनुभएका पौ...
राष्ट्रपतिमा दुवै पूर्व-सभामुखबीच प्रतिस्पर्धा : यस्तो छ राजनीतिक यात्रा

राष्ट्रपतिमा दुवै पूर्व-सभामुखबीच प्रतिस्पर्धा : यस्तो छ राजनीतिक यात्रा

mainnews, राजनीति
नारायणप्रसाद न्याैपाने काठमाडौँ । फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को नेतृत्व गरेको अनुभव छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका हुन् । पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए । दुवैले स्थानीय विकास मन्त्रालयको कार्यभार सम्हालेको अर्को संयोग पनि परेको छ । संविधान तथा ऐन–कानूनका व्याख्याता नेम्वाङले विसं २०६२–६३ को आन्दोलनपछि संविधानसभाको अध्यक्षसहित पाँच पटक सभामुखको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर इतिहास रचेका छन् । समाजवादका व्याख्याता पौडेलले एक कार्यकाल सभामुखको जिम्मेवारी सम्हाल्ने मौक...
आफूहरूकाे विजय सुनिश्चित भएकाे सत्तागठबन्धनको दावी

आफूहरूकाे विजय सुनिश्चित भएकाे सत्तागठबन्धनको दावी

mainnews, राजनीति
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तागठबन्धनले आफूहरूको जित सुनिश्चित भएको दाबी गरेको छ । विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । आगामी निर्वाचनबाट विघटनकारी तथा प्रतिगमनका पक्षधरहरूको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । अपिलमा भनिएको छ, ‘देशको संविधान, कानून, विधि र प्रक्रिया उल्लंघन गरी दुई-दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’ गठबन्धनको ...
संस्थापक नेता परियार बने प्रवक्ता

संस्थापक नेता परियार बने प्रवक्ता

राजनीति
काठमाडौं । विवेकशील साझा पार्टीको प्रवक्तामा प्रकाशचन्द्र परियार छन्। विवेकशील साझाको विधानअनुसार, अध्यक्ष समीक्षा बास्कोटाले परियारलाई प्रवक्ता चयन गरेको थियाे । केन्द्रीय सदस्य एवं केन्द्रीय सचिवालय व्यवस्थापन उप-प्रमुख नवराज थापाका अनुसार विववेकशील साझाको संस्थापकमध्येका परियार अहिले सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख पनि रहेका छन् । सामाजिक न्याय र मानव अधिकारका क्षेत्रमा क्रियाशील परियारले आमसञ्चारमा स्नातकोत्तर गरेका छन्। उनले अमेरिकाबाट पत्रकारिता र अस्ट्रेलियावाट नेतृत्व विकासको तालिम समेत लिएका छन्। पत्रकारिता छोडेर राजनीतिमा लागेका परिवार सुनसरीको ईटहरीका बासिन्दा हुन्। यसैबीच विवेकशील साझा पार्टीले आफूलाई त्यागेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा मिसिएका आफ्ना पूर्वअध्यक्ष रवीन्द्र मिश्र तथा अन्य पार्टीमा प्रवेश गरेका केन्द्रीय सदस्यहरूलाई नयाँ राजनीतिक यात्र...
याे पुस्ताका प्रेरणाका श्राेत सर्वेन्द्र किन गुमनाम ?

याे पुस्ताका प्रेरणाका श्राेत सर्वेन्द्र किन गुमनाम ?

जीवनशैली, राजनीति
हिजोआज जताततै केवल राजनीतिको कुरा भइरहन्छ। चुनाव नजिकिँदै गर्दा रण मैदानमा कैयौँ नयाँ अनुहार देख्न पाए हुन्थ्यो भन्नेहरू थुप्रै छन्। नेपाली राजनीतिमा उनै पुराना अनुहार देखेर वाक्क दिक्क भइसकेका जनता अब त केही नयाँ अनुहार देखा पर्नुपर्छ, केही गर्न सक्ने मान्छे देखापर्नु पर्छ भन्नेमा पुगिसकेका छन्। पछिल्लो समयमा त्यस्ता नयाँ अनुहारको खोजी पनि भइरहेको छ। नयाँ–नयाँ नामहरू पनि सुनिदै छन्। ती नयाँ अनुहार कुनै अर्कै ग्रहबाट आउने पक्कै हैनन्। त्यस्ता अनुहार यतैकतै छन्। जोसँग विवेक छ, अनुभव छ, जोस जाँगर र विकास निर्माणको खाका छ। अन्याय अत्याचारका वि?द्ध तत्काल कदम चाल्न सक्ने सोच र क्षमता छ। जसमध्येका एक पूर्व आईजीपी सर्वेन्द्र खनाल पनि हुन्। सर्वेन्द्रले आफ्नो नाम घोषण गरिसकेका नभए तापनि बजारमा नाम सुनिन थालेको छ। कतिपयले उनले विगतमा आफ्नो जिम्मेवारी बहन गर्ने क्रममा गरेका केही असल कर्मह? सम...
जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

जाजरकाेट ‘क’ बाट युवा नेता रामदीप आचार्य सिफारिस

कर्णाली प्रदेश, राजनीति
काठमाडौं । आगामी प्रदेशसभा निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले जाजरकोटबाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । गएकाे साता बसेको जिल्लाकाे निर्वाचन क्षेत्रीय समन्वय समिति बैठकले प्रदेश ‘क’ बाट आचार्यको नाम सिफारिस गरेको हो । आगामी मंसिर ४ गते देशैभर एकै चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेशसभा निर्वाचनको उम्मेदवारका लागि माओवादी केन्द्रले जाजरकोट निर्वाचन क्षेत्र प्रदेश ‘क’ बाट रामदीप आचार्यको नाम सिफारिस गरेको छ । युवा तथा बौद्धिक नेताको रुपमा चिनिने आचार्य पार्टी पाेलिट्व्यूराे सदस्य पनि हुन् । आचार्यकाे सिंगाे परिवार जनयुद्धकाे शुरूवातैदेखि समाहित भएकाे हाे । सहीद परिवार समेत रहेका रामदीप आचार्यले कर्णााली प्रदेश सरकारकै नेतृत्वदायी भूमिका पाएमा समग्र कर्णाालीकाे समृद्ध यात्रा शुरू हुने विश्वास त्यहाँका जनताकाे  छ । त्यस्तै पार्टीले समानुपातिक उम्मेदवारका...
उपाध्यक्ष सिंहको कामले जेष्ठ नागरिकको मुहारमा खुशी छायो

उपाध्यक्ष सिंहको कामले जेष्ठ नागरिकको मुहारमा खुशी छायो

कर्णाली प्रदेश, राजनीति
कालिकोट । सान्नीत्रिबेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह बंैकका कर्मचारीहरुलाई सगै लिएर जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता आफै वितरण गरिरहेकी छन् । पालिकाको केन्द्रमा पुग्न दिनभरी हिडेर जानुपर्ने र पुगिसकेपनि घण्टौंसम्म जेष्ठ नागरिकहरुले लाइन बस्नेपर्ने स्थितिको अन्त्य गर्ने भन्दै पालिका र बैंक कर्मचारीहरुलाई साथमै लिएर उपाध्यक्ष घरघरमा आफै पुगेर भत्ता वितरण गरिरहेकी छन् । सानिमा बैंक शाखा र सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखासँंगको विशेष समन्वयमा जनताको घर घरमै घुम्ती बैंक सेवा मार्फत सो काम उपाध्यक्षकै पहलमा भइरहेको स्थानीयवासीले बताएका छन् । सान्नी त्रिबेणी गाउँपालिकाले बैंकको अन्य कारोबार र सेवाग्राहीलाई ध्यानमा राखी बिदाको दिन शनिबार घुम्ती सेवा मार्फत वडा मै गएर वितरण गरिरहेको छ । उपाध्यक्षको उक्त कार्यबाट नौ वटै वडाका जेष्ठ नागरिकहरु खुसी हुँदै स्यावासी दिइरहेका छन् । “सर...
नेपाली कम्युनिष्ट आन्दोलनका ४५ माेडहरू

नेपाली कम्युनिष्ट आन्दोलनका ४५ माेडहरू

mainnews, राजनीति
१– रुसमा सम्पन्न महान् समाजवादी क्रान्ति, चीनको नयाँ जनवादी क्रान्ति र भारतको तेलङ्गाना सशस्त्र संघर्षको प्रभाव र नेपाली क्रान्तिको ऐतिहासिक आवश्यकता अनुरुप २००६ साल वैसाख १० अर्थात् २२ अप्रिल १९४९ मा नेपालमा कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भयो । १९ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र प्रकाशित गरियो । यो नेपाली सर्वहारा वर्ग र आम जनसमुदायका लागि एक युगान्तकारी ऐतिहासिक परिघटना थियो । २– नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासको चर्चा गर्दा एकातिर सामग्रीको अभाव अत्यन्तै खड्कने विषय रहेको छ भने अर्कोतिर यस क्षेत्रमा प्रसस्तै विवाद छन् । तर पनि प्राप्त सामग्रीमाथि आवश्यक ध्यानदिंदै र पथप्रदर्शक सिद्धान्त, कार्यक्रम, नीति तथा कार्यदिशा, क्रान्तिमा संलग्नता लगायतका मान्यतालाई आधार बनाउँदै इतिहासको वस्तुवादी मूल्याङ्कन गर्न आवश्...
व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयन नभए माओवादी आन्दोलनमा जाने

व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयन नभए माओवादी आन्दोलनमा जाने

राजनीति
काठमाडौं । नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन बिराटनगर पुगेका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए प्रचण्डले आफ्नो पार्टी आन्दोलनमा जाने  बताए । एमसीसी संसदमा अनुमोदन गर्ने विषयलाई लिएर पार्टीभित्र विवाद भएको स्वीकार गर्दै प्रचण्डले चुनावपछि थप छलफल हुने बताए । प्रचण्डले पार्टीमा एमसीसी फेल भएमा आफूले नैतिकताका आधारमा राजिनामा दिने समेत घोषणा गरेका छन् । संचारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने,‘ आगामी चुनावपछि पार्टीमा एमसीसीबारे छलफल हुन्छ । फेल भयो भने राजीनामा दिन्छु । ढुक्क हुनुहोला ।’ प्रचण्डले आफ्नै संगठन बलियो बनाएर पार्टी चुनावमा होमिने पनि बताए । तर, स्थानीय ...
पत्रकार भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

पत्रकार भुललाई ‘युवा पत्रकारिता पुरस्कार’

राजनीति, समाज
काठमाडौं । पत्रकार केशव भुल ‘युवा पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले आइतबार मन्त्रालयका आयोजित एक कार्यक्रमका विच उनलाई पुरस्कार प्रदान गरेको हो । भुल पत्रकारिताको माध्यमबाट युवाको क्षेत्रमा योगदान पुर्याएवापत पुरस्कारका लागि छनौट भएका थिए । युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५ अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको छनौट समितिले भुल सहित चार जना पत्रकारलाई आर्थिक वर्ष २०७८/७९ मा प्रदान गरिने युवा पत्रकारिता पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुनेमा अन्य पत्रकारमा पुर्ण बहादुर खड्का, बसन्ती बास्तोला र सिताराम ओझा रहेका छन् । उनीहरु सबै जनालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रालयका सचिव दामोदर रेग्मीले दोसल्ला र प्रमाणपत्र प्रदान गर्दै पुरस्कृत गरेका हुन् ।युवा पत्रकारिता पुरस्कारको राशी ५० हजार रूपैया रहेक...
यी हुन् माओवादी केन्द्रका चुनावी कमाण्डर !

यी हुन् माओवादी केन्द्रका चुनावी कमाण्डर !

राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले चुनाव केन्द्रीत निर्णय गरेको छ । स्थानीय चुनावपछि फेरि केन्द्रीय समिति बैठक बसेर एमसीसीलगायत बाँकी विषयमा छलफल गर्ने समेत माओवादी केन्द्रले निर्णय गरेको छ । पदाधिकारी चयन नगरी सम्पन्न बैठकले सातवटै प्रदेशमा इन्चार्ज तोकेको छ । प्रदेश इन्चार्जको कमाण्डमा प्रदेशभित्रका जिल्ला मिलाएर चुनावी कमाण्ड बनाउने पनि निर्णय गरेको छ । बैठकले प्रदेश १ को इन्चार्ज राम कार्की, मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य र उपत्यका विशेष समन्वय प्रदेशमा लीलामणि पोखरेललाई इन्चार्जको जिम्मा दिएको छ । प्रदेश इन्चार्जकै नेतृत्वमा चुनाव कमाण्ड बनाउने र केन्द्रीय सदस्यलाई त्यसको...
एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

एमसीसीविरुद्ध २२ दलीय मोर्चाद्वारा काठमाडौँमा प्रदर्शन

राजनीति
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले) सहितको २२ दलीय मोर्चाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरबाट विरोध र्याली सुरु भएर बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सचिवालय सदस्य सुदर्शनले नेपालमा नयाँ खालको नवउपनिवेश कायम गर्न साम्राज्यवादी मुलुकहरूले अनेक दाउपेच गरिरहेको बताए । एमसीसी लागू भएमा नेपालको सार्वभौम सत्ता विखण्डन हुने भएकाले यो खारेज गर्नुपर्ने उनको भनाइ थियो । नेता सुदर्शनले अमेरिकाले नेपालको युरेनियम र पानी नियन्त्रणमा लिन एमसीसी लागू गर्न चाहेको पनि प्रस्ट पारे । उनले एमसीसी नेपालको विकासका लागि नभएर विदेशी स्वार्थमा आएको बताए । एमसीसी सम्झौता देश र जनताका विरुद्ध भएकाले नेपाललाई रण...
विप्लव नेतृत्वकाे नेकपाद्वारा एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन

विप्लव नेतृत्वकाे नेकपाद्वारा एमसीसीविरुद्ध देशव्यापी विरोध प्रदर्शन

राजनीति
काठमाडौँ । अमेरिकी परियोजना एमसीसीविरुद्ध नेकपाले शुक्रवार देशभर विरोध प्रदर्शन गर्दैछ । अमेरिकी परियोजना एमसीसी सम्झाैतालाइ राष्ट्रघाती भन्दै नेकपाले गत २२ गते विज्ञप्तिमार्फत सार्वजनिक गरिएकाे कार्यक्रम अनुसार देशव्यापी विरोध प्रदर्शन गर्न लागेकाे हाे । घाेषित कार्यक्रम अनुसार  बुधबार देशव्यापी कोणसभा गरिसकेकाे छ । "भाेलिकाे देशव्यापी विरोध प्रदर्शन सशक्त बनाउन देशैभरीका पार्टी सदस्य र समर्थक एवं जनसमुदायलाइ अपिल गर्दछाैं", सचिवालय सदस्य हेमन्तप्रकाश अाेली सुदर्शनले बताए ।  त्यस्तै २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने र भदौ २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा आयोजना गरिनेछ । सरकारले यसै साता संसद्‌बाट एमसीसी पारित गर्ने षड्यन्त्र गर्दै राष्ट्रियतामाथि घात र वाक्स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि देशभक्त र...
“वैज्ञानिक समाजवाद नै कम्युनिस्टहरुबीचको ध्रुविकरणका लागि महत्वपूर्ण आधार”

“वैज्ञानिक समाजवाद नै कम्युनिस्टहरुबीचको ध्रुविकरणका लागि महत्वपूर्ण आधार”

राजनीति
पोखरा । ६ वटा कम्युनिस्ट पार्टीका नेताहरुले बैज्ञानिक समाजवादलाई मूल्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिस्टहरुबीच ध्रुविकरण सम्भव हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले पोखरामा विहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न कम्युनिस्ट पार्टीका नेताहरुले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन कम्युनिस्ट आन्दोलनलाई केन्द्रीत गरौं, स्वतः ध्रुविकरणको वातावरण बन्नेछ ।’ एमालेका नेता खगराज अघिकारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि अधिकारी ‘कुमार’ नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाध बराल, जनमोर्चा नेपालका प्रदेश अध्यक्ष शंकर बराल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी र नेकपा माओवादीका प्रवक्ता कृष्णप्रसाद जैसीले एकै स्वरमा उक्त विचार व्यक्त गरे । नेपालका कम्युनिस्ट पार्टीहरुको आन्तरिक जीवन, पार्टी पद्धति, कार्यशैली र विध...