Wednesday, April 24
Shadow

लुम्बिनी प्रदेश

घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

mainnews, लुम्बिनी प्रदेश
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १  माओवादीको भागमा परेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।...
सिट बाँडफाँटमा गठबन्धनभित्र कति हाे त विवाद ?

सिट बाँडफाँटमा गठबन्धनभित्र कति हाे त विवाद ?

mainnews, लुम्बिनी प्रदेश
काठमाडौ । पाँच दलीय सत्ता गठबन्धनभित्र सिट बाँडफाँटका लागि हुँदै आएको छलफल आइतबार पनि ठोस सहमतिमा पुग्न सकेको छैन । आइतबार बसेको गठबन्धनको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरे पनि सिट बाँडफाँटमा कुरा नमिलेपछि बैठक सोमबारका लागि सारिएको छ । बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा भोलि फेरि छलफल गर्ने गरी बैठक टुङ्ग्याइएको जसपाका नेता रामसहाय यादवले बताए  मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा कुरा नमिलेको उनको भनाइ छ । गठबन्धनमा रहेका दलले आफ्ना अडानमा केही लचकता देखाएको अवस्थामा सहमति जुट्न कठिन नभएको गठबन्धन घटककै अर्का एक नेताले बताए । तर नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण गठबन्धनमा कुरा मिलाउन गाह्रो भइरहेको ती नेताको भनाइ छ । विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गर...
तत्कालिन जनसेनाकाे ब्यारेक खण्डहरमा परिणत, संरक्षणमा बेवास्ता

तत्कालिन जनसेनाकाे ब्यारेक खण्डहरमा परिणत, संरक्षणमा बेवास्ता

mainnews, लुम्बिनी प्रदेश
दाङ । मुल प्रवेशद्वारमा काठको कलात्मक तर जीर्ण गेट छ । प्रवेशद्वारभित्र कतै टिन, कतै ढुंगामाटोको घरहरु देखिन्छन्, जसको अवस्थामा नाजुक छ । केही घर त भत्किसकेका छन् । केही भत्किने अवस्थामा छन । कुनै घरको छानो छ, भित्ता छैन भने कुनैको भित्ता छ, छानो छैन । कोही नयाँ मान्छे त्यहाँ पुगेर पहिलो पटक ती घरको अवस्था हेर्दा उसको मनमा भट्ट आउँछ– द्वन्द्वका क्रममा बम र बारुदले भत्किएका घर रहेछन् । तर वास्तविकता त्यो होइन । यी जीर्ण घर शान्ति स्थापना पछि बनेका तत्कालीन माओवादी लडाकु जनमुक्ति सेनाले प्रयोग गरेको ब्यारेक हो । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ मा बनाइएको यो ब्यारेकमा कुनै बेला करिब तीन हजार जनमुक्ति सेना परेड खेल्थे । महिला सामुदायिक वनको करिव १६ हेक्टर क्षेत्रफलमा फैलिएको ब्यारेक निर्माण भएको करिव ६ वर्षमै रित्तो भयो । यहाँ रहेका तत्कालीन जनमुक्ति सेनामध्ये केही सेना समायोजन...
कुलप्रसाद केसी ‘स्वनाम’ लुम्बिनी प्रदेशको मुख्यमन्त्री

कुलप्रसाद केसी ‘स्वनाम’ लुम्बिनी प्रदेशको मुख्यमन्त्री

लुम्बिनी प्रदेश
बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । को हुन् केसी ? तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । नेकपा (एमाले) र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए । नेकपा (मसाल)को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा मा...
१० हेक्टर जमिनमा ४ हजार कागती

१० हेक्टर जमिनमा ४ हजार कागती

प्रदेश खबर, लुम्बिनी प्रदेश, समाज
बाँके । सिर्जना समुदायिक वन उपभोक्ता समितिले आफ्नो क्षेत्रमा पर्ने करिब १० हेक्टर जमिनमा ४ हजार कागती लगाएको छ । कोहलपुर नगरपालिका १२ रोहिणी खोला स्थित सृजना समुदायिक वनले १० हेक्टर जंगल फडानी गरी ४ हजार कागतीको विरुवा रोपेको छ । सृजना समुदायिक वनले यस क्षेत्रमा करिब २५ लाख लगानीमा मनोरञ्जनका लागि भ्यू टावर निर्माण गरेको छ । जंगल छेउमै भएकोले रमाउन आउने मानिसहरुलाई किरा, सर्प लगायत जनावरहरुको आक्रमण हुन सक्ने भन्दै समितिले भ्यू टावरको क्षेत्रमा तराई क्षेत्रमा नपाईने विरुवाहरु पनि लगाएको छ । कागती रोपाई गरेपछि जंगलका ठुला रुखहरुलाई हुर्कन र खाली जमिनको सदुपयोग भएको सिर्जना समुदायिक वनका अध्यक्ष दशरथ शर्मा पराजुलीले बताउनु भयो । गाँउका छेउमा रहेको जंगल सफा हुनुका साथ खाली जमिनलाई सदुपयोग गर्ने र स्थानीय बिपन्न परिवाहरुलाई रोजगारी मिल्ने तथा बैकल्पिक आर्थिक स्रोत बढ्ने भएकोले कागती रोपा...
नेकपाका नेता पूर्ण सिंह र मीन आले रिहा

नेकपाका नेता पूर्ण सिंह र मीन आले रिहा

राजनीति, लुम्बिनी प्रदेश
मुक्ति गैरे  पुष ९, वुटवल । नेकपा पाल्पा इन्चार्ज पूर्णबहादुर सिंह र मगर मुक्ति मोर्चा नेपालका नेता मिनबहादुर आले रिहा भएका छन् । विहीबार उच्च अदालत बुटवलले नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । उनीहरुलाई प्रहरीले पटक पटक पक्राउ गरेपछि बन्दी प्रत्यक्षीकरणको रिट दायर गरिएको थियो । विहीबार उच्च अदालतको तर्फबाट न्यायधीसद्धय अग्निप्रसाद थपलिया र हरिप्रसाद पौडेलको फैसलाले नेताद्धय सिंह र आलेलाई रिहा गर्न आदेश दिएको हो । नेताद्धयको तर्फबाट अधिवक्ता ज्ञानु केसीले बहस गरेकी थिइन् । नेताद्धय सिंह र आलेलाई मंसिर ४ गते बुटवलबाट पक्राउ गरेको थियो । पक्राउ परेपछि प्रहरीले विस्फोटक मुद्धा दायर गरेको थियो । पक्राउ परेसँगै उनीहरुलाई मंसिर ३० गते जिल्ला अदालत भैरहवामा उपस्थित गराइएको थियो । अदालतमा माननीय न्यायधीस कमलप्रसाद ज्ञवालीको आदेशमा साधारण तारेखमा रिहा गर्ने फैसला सुनाइएप...
पत्रकार विद्यार्थी संगठनकाे एक महिने अभियान सुरु

पत्रकार विद्यार्थी संगठनकाे एक महिने अभियान सुरु

लुम्बिनी प्रदेश
वुटवल । पत्रकार विद्यार्थी संगठन,नेपालकाे केन्द्रीय समितिकाे कार्यक्रम अन्तर्गत कपिलवस्तु जिल्लामा जिल्ला समिति निर्माण गर्दै एक महिने पहिलो चरणकाे अभियान शुरु भएको छ । उक्त अभियान अन्तर्गत संगठन सुदृढ तथा विस्तार गर्दै कपिलवस्तु जिल्ला समितिकाे अध्यक्षमा राधा पाण्डे रहने गरि सदस्यहरुमा बसन्ता भुसाल,अनिता क्षेत्री,मनिषा भुसाल,सागर बिक रहने गरि पाँच सदस्यीय जिल्ला समिति निर्माण गरेको छ । उक्त भेलामा केन्द्रीय अध्यक्ष मुक्ति गैरे,पाल्पा जिल्ला अध्यक्ष टेकबहादुर दर्लामि लगायतको अभियान टिम पुगेको थियो । अभियान एक महिने पहिलो चरणकाे रहने केन्द्रीय अध्यक्ष गैरेले बताएका छन् । उक्त भेलाकाे अध्यक्षता राधा पाण्डेले गरेकी थिइन् । “प्रगतिशील,न्याय र राष्ट्रका लागि उत्पिडित पत्रकार विद्यार्थीहरुकाे मजवुत एकतालाई कायम गराैं ! सदस्यता वितरण,संगठन विस्तार तथा सुदृढ अभियान सफल पाराैं !!” भन्ने ना...
आेेेलीले जासुसी कुटनितिक `कु´ गरेका छन् : गैरे

आेेेलीले जासुसी कुटनितिक `कु´ गरेका छन् : गैरे

लुम्बिनी प्रदेश
काठमाडौं। पत्रकार विद्यार्थी संगठन,नेपाल अध्यक्ष मुक्ति गैरेले प्रधानमन्त्री केपि शर्मा अाेलिले जासुसी कुटनितिक `कु´ गरेको अाराेप लगाएका छन ।भर्खरै मात्रै केपि शर्मा अाेलिले रअ का प्रमुख सामन्त कुमार गाेयल सहितकाे ९ सदस्यीय टाेलिले उनलाई काठमाडौं भेटेको थियो । उक्त भेटघाटकाे बिषय रहस्यमय ढंगले सरकारले राखिरहेकाे उनलेे यस्तो अाराेप लगाएका हुन् । अाज एक विज्ञप्ति जारी गर्दै यस्तो भेटघाट र केही भारतीय टिभी च्यानलकाे समाचार हेर्दा त कतै भारतीय प्रान्त त भएको छैन् भनेर अाशंका पनि गरेका छन् यदि यस्तो षड्यन्त्र हाे भने याे राष्ट्रघाति कदम भएको बताएका छन् । साथै राष्ट्र बचाउन र भारतीय मिडिया वारका विरुद्धमा अाम नेपाली मिडिया कर्मि र संचार जगतले पनि मिडिया युद्ध गर्न समेत अाह्वान गरेका छन् । उक्त विज्ञप्ति यश प्रकार छ । "मिति २०७७/०७/०५ गते काेराेना कारणले हवाई उडान समेत बन्द रहेको बेलामा समेत भा...
पत्रकारकाे आन्दाेलनमा पत्रकार विद्यार्थी संगठनकाे साथ

पत्रकारकाे आन्दाेलनमा पत्रकार विद्यार्थी संगठनकाे साथ

लुम्बिनी प्रदेश, समाज
वुटवल । संचार–गृहका पीडित पत्रकार कर्मचारी संयुक्त संघर्ष समितिले थालेका विभिन्न कार्यक्रम प्रति पत्रकार विद्यार्थी संगठन नेपालले ऐक्यबद्धता जनाएको छ । संगठनका संयोजक मुक्ति गैरेले विज्ञप्ति निकालेर संयुक्त संघर्ष समितिले थालेका कार्यक्रमममा सहयोग र समर्थन रहने ऐक्यबद्धता जनाएका हुन । संचार–गृहका पीडित पत्रकार-कर्मचारी संयुक्त संघर्ष समितिद्वारा पेशागत पारिश्रमिक तलव, निष्कासन र विभिन्न समस्याका विरुद्धमा भएको विभिन्न कार्यक्रम, अहिले भईरहेको ‘पाँच दिने रिले अनसन’ र अब हुने सम्पूर्ण कार्यक्रमहरूमा पूर्ण ऐक्यबद्धता जनाउँदै समर्थन गर्दछौं संयोजक गैरे द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै अहिले कोभिड–१९ को बहानामा र विगत देखि गरिदै आएको मिडियाकर्मि तथा सिकारु विद्यार्थी मिडियाकर्मी माथि गरिने शोषणका बिरुद्धमा संगठनले आवाज उठाउदै न्यायका लागि संघर्ष गर्ने उदेश्यबाट प्रेरित भई अगाडि बढिरहे...
पत्रकार विद्यार्थी संगठनको पहिलो जिल्ला समिति निर्माण

पत्रकार विद्यार्थी संगठनको पहिलो जिल्ला समिति निर्माण

लुम्बिनी प्रदेश
रुपन्देही । पत्रकार विद्यार्थी संगठन नेपालको पहिलो जिल्ला समिति गठन गरिएको छ । रुपन्देहीको मणिग्राममा आज मंगलबार सम्पन्न बैठकले गंगा भण्डारीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुवास बेल्बासे ,सचिवमा सस्कृती डुम्रे ,सह सचिवमा अम्मरराज पान्डे ,कोषाध्यक्षमा इश्वरि भट्टराई ,सदस्यहरुमा उर्मिला यादव ,राजेस सिङ्जाली र अन्जली थापा रहेेेका छन् । गंगा भण्डारीको अध्यक्षता तथा पत्रकार विद्यार्थी संगठन नेपालको केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि गैरेले “मुख्यत पत्रकारिताको नाममा हुने सबै खाले विभेद,असमानता,राष्ट्रियताकाे कमजोर बनाउने मिडियाका विरुद्धमा संघर्ष केन्द्रित गर्ने बताए । उनले अहिले मिडियामा मिसन केन्द्रित र आत्मकेन्द्रित भएको हुँदा मिडियालाई व्यवसाय गर्न तर्फ अाँफुहरु लाग्ने बत...
पत्रकार विद्यार्थी संगठन नेपालको संयोजकमा गैरे

पत्रकार विद्यार्थी संगठन नेपालको संयोजकमा गैरे

लुम्बिनी प्रदेश
काठमाडौ । पत्रकार विद्यार्थी संगठन नेपालले मुक्ति गैरे संयोजक रहने गरी १३ सदस्य केन्द्रीय समिति गठन गरेको छ । आजको भेलालेसंगठनको सदस्यहरुमा के.वि. मल्ल,मोहन निवाङ्ग, धन बहादुर नेपाली, गंगा भण्डारी, दिपा शर्मा,डिवि शाही,भगवती पाण्डे,साँस्कृती डुम्रे, सम्झना भण्डारी, सपना कुँवर,प्रेमिका सिंह र दिपक बस्याललाई चयन गरेको छ । संगठनले विश्वभर फैलिरहेको कोभिड–१९ अर्थात् कोरोना भाईरसको बिरुद्धमा ज्यान गुमाउने कपिलबस्तुका पत्रकार प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ । भेलापछी संयोजक मुक्ति गैरेद्वारा जारी प्रेस बिज्ञप्तिमा कोरोना भाईरसको संक्रमणका बिरुद्धमा खट्दा संक्रमित भयका पत्रकारहरुको अनिवार्य जीवन विमा,संक्रमित लाई निःशुल्क उपचारको व्यवस्था सहित उनका परिवारजन लाई राहतको व्यवस्था गर्दै मृतक पत्रकारका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग ...
बुटवलमा  थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी प्रदेश, स्वास्थ्य
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ आज (शनिबार) बिहान मृत्यु भएका कपिलवस्तुका ती बिरामी तीन दिनअघि अस्पताल भर्ना भएका थिए। उनको फोक्सोमा समस्या देखिएको र आइसीयुमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। ४२ वर्षीय ती पुरुषलाई आइसीयुमा राखी उपचार गरिँदै थियो। डा. गौतमका अनुसार ती बिरामीको सुरुको रिपोर्ट नेगेटिभ आएपनि जिन एक्सपर्ट गरेर परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। पुन: गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको छ। उपचारका लागि आउँदा नै फोक्सोमा संक्रमण देखिएको र अवस्था गम्भीर भएका कारण उपचारकै क्रममा मृत्यु भएको डा गौतमले बताए। यसअघि पनि कपिलवस्तुका एकजनाको उपचारकै क्रममा मृत्यु भएको थियो।...
प्यूठानमा ट्याक्टर दुर्घटना : ७ जनाको मृत्यु

प्यूठानमा ट्याक्टर दुर्घटना : ७ जनाको मृत्यु

लुम्बिनी प्रदेश, विशेष खबर, समाज
स्वर्गद्वारीकाे धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्याक्टर रुमालेमा दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नम्बरको  ट्याक्टर दुर्घटना भएको हाे । दुर्घटनामा परेर भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छैन । प्रहरी निरीक्षक पौडेलले ट्याक्टरमा आठ सवारमध्ये एक जना बाँचेको उल्लेख गर्दै सात जनाको मृत्यु भएको जानकारी दिए । ट्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेको छ । वर्षा भइरहेकाले उद्धारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।     रासस...
कोभिड–१९ नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता : मन्त्री ज्ञवाली

कोभिड–१९ नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता : मन्त्री ज्ञवाली

लुम्बिनी प्रदेश, विशेष खबर, स्वास्थ्य
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड–१९ लाई नियन्त्रण गर्न सरकारलाई राम्रो सफलता मिलेको दाबी गरेका छन् । गुल्मीको रेसुंगा नगरपालिकालाई शनिबार तम्घासमा पीसीआर मेसिन हस्तान्तरण गर्दै मन्त्री ज्ञवालीले सरकारले संक्रमितको संख्या बढीमा २०/२२ हजारभन्दा बढ्न नदिने गरी तयारी गरेको बताए । उनले भने, 'कोभिड–१९ लाई नियन्त्रण गर्न राम्रो सफलता मिलेको छ, अब परीक्षणको दायरा फराकिलो पार्ने र संक्रमतिलाई निको पारेर घर पठाउने तथा नयाँ संक्रमतिको संख्यालाई शून्यमा झार्ने गरी सरकारले काम गरेको छ ।' लकडाउनपछि ३ लाख नेपाली भारतबाट स्वदेश आएको र ७ प्रतिशतलाई मात्रै संक्रमण देखा परेको उनले बताए । सरकारले जारी गरेको लकडाउन, सतर्कताले मृत्युदर ० दशमलव २ प्रतिशतमात्रै रहेको उनले बताए । देशभर ३ लाख नेपालीलाई क्वारेन्टाइनमा राखेर कोरोनालाई समुदायमा फैलिनबाट नियन्त्रणमा राखेको उनको दाबी छ । पीसीआर परीक्षण द...
पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध ट्रक पनि पुरियो

पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध ट्रक पनि पुरियो

लुम्बिनी प्रदेश, समाज
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडक खण्डको तल्लो डुम्रे नजिकै पहिरो खस्न नरोकिँदा सडक पुनः अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै गएराति फेरि पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । बिहीबार राति पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरोले लु १ क ११७५ नम्बरको ट्रक सडकमा फसेकै अवस्थामा शुक्रबार राति पुनः पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । पहिरोले सडकमा रोकिएको ट्रक पूरै ढाकिने गरी पुरेको छ । ट्रक पुरिँदा मानवीय क्षति भए–नभएको यकिन नभएको डीएसपी गिरीले बताए । दुई सय मिटर माथिदेखि ढुंगा, गिट्टीसहितको पहिरो खसेको छ । पहिरो पन्छाउन बुटवलतर्फ र पाल्पातर्फबाट जेसीबी ल्याएर काम गर्ने तयारी भइरहेकाले सडक खुलाउन शनिबार दिनभर लाग्नसक्ने गिरीले बताए । ‘पहिरो खसेको स्थानमा रह...
प्युठानका गाउँगाउँमा सलह,  थाल ठटाउँदा पनि भागेनन्

प्युठानका गाउँगाउँमा सलह, थाल ठटाउँदा पनि भागेनन्

लुम्बिनी प्रदेश, विशेष खबर
यहाँका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबार बिहानदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१ का कृषक भोजबहादुर बस्नेतले बताए । उनका अनुसार सलहले धान, मकै, तरकारी बालीमा नोक्सान पुर्‍याइरहेको छ । “बालीभरि ढाक्ने गरी सलह बसेको छ”, कृषक बस्नेतले भने, “हाम्रो केही उपाय लागेन ।” प्युठान नगरपालिकाका १० वडामा सलह फैलिएको छ । पाकिस्तानबाट भारत हुँदै नेपाल प्रवेश गरेको सलह जिल्लाका गाउँगाउँमा पुगेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ (धान–जोन) प्युठानका निमित्त प्रमुख कृषि अधिकृत सुमन खनालले जानकारी...