Thursday, April 25
Shadow

प्रदेश नं. १

रेखालाई जनताकाे साथ, भन्छन् ; पुरानाले रूवाए, अब नयाँलाई भाेट

रेखालाई जनताकाे साथ, भन्छन् ; पुरानाले रूवाए, अब नयाँलाई भाेट

प्रदेश नं. १
मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट  राप्रपाबाट प्रतिनिधि सभा चुनाबमा नाम सिफारिस भएकी चर्चित नायिका तथा युवा नेता रेखा थापाले आज बेलबारीका गाउँटाेल वडाहरुमा स्थानियसँग यस क्षेत्रका विभिन्न समस्याका विषयहरुमा छलफल गरेकी छिन । हामी जनताले नै मतदान गरेर जिताएपछि तिनै जनतालाई घृणा,दास र जनताको जीवनलाई नर्क बनाउने, जनताको भोटलाई खरिदबिक्रि गर्ने, जनतालाई भोट बैंकको रुपमा मात्रै प्रयोग गर्ने भ्रष्टहरुलाई अब जनताले भविष्य सुम्पिनु नहुने उनले बताईन। थापाले ठगहरुलाई लखेट्ने बताउदै आफ्नो मत खेर नफाल्न आग्रह गरेकी छिन। अहिले सम्म हामीले गलत मान्छेहरुलाई चुनेको र गलत मान्छेहरु हाम्रा नेता रहेकोले गर्दा अब आफुहरुले भोगेका दुःखको अन्त्य गर्न आफुहरु जागेको बताएका छन्। पुराना नेताहरुले जनतालाई बर्षौँ देखि रुवाएको छ, अब नयाँ असल उम्मेदवारलाई मतदान गर्नेछौ, एक स्थानीयले भने ‘उहाँले रिल लाईफमा हाम्रो सम...
प्रहरी चौकी तोडफोड गरि असईमाथि खुकुरी हान्ने ५ जना पक्राउ

प्रहरी चौकी तोडफोड गरि असईमाथि खुकुरी हान्ने ५ जना पक्राउ

अपराध, प्रदेश नं. १, समाज
सुनसरी । सुनसरीको धरान बसपार्कमा रहेको प्रहरी चौकीतोडफोड गरि प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय बिक्रम राई, २७ वर्षीय सिजन राई, २६ वर्षीय कालु भनिने सरोज लिम्बु ३० वर्षीय बसन्त राई र ३२ वर्षीय रेगन लिम्बु रहेका छन् । जेठ १३ गते साँझ धरान प्रहरी चौकीमा उजुरी दिन आएको एउटा समूहलाई अर्को समूहले खुकुरी प्रहार गर्न खोजेपछि रोक्न खोज्दा चौकी इञ्चार्ज असई सुमन दाहाल घाइते भएका थिए भने उनीहरुले चौकी नै तोडफोड गरेर फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार तीन जनालाई १८ गते र दुई जनालाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनाविरुद्ध थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ...
छोरीलाई बलात्कार गर्ने ४५ वर्षीय पुरुषलाई जन्म कैदको सजाय

छोरीलाई बलात्कार गर्ने ४५ वर्षीय पुरुषलाई जन्म कैदको सजाय

अपराध, प्रदेश खबर, प्रदेश नं. १, समाज
उदयपुर : ८ पुष । जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ । मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र रु ५५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले बताउनुभयो । पीडक बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ । प्रहरीले पक्राउ गरेर बाबुलाई जिल्ला अदालतमा मुद्दा चलाएको थियो ।...
प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन

प्रतिनिधि सभा विघटन गरेको विरोधमा विराटनगरमा प्रदर्शन

प्रदेश नं. १, फोटो, राजनीति, विशेष खबर
 विराटनगर : ६ पौष । सरकारले असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेको र मुलुकलाई अस्थिरता तर्फ धकेलेको विरोधमा नेकपा प्रचण्ड-माधव समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् ।   विराटनगरको तीनपैनीबाट शुरु भएको विरोध -यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । सहभागिहरुले संसद पुनस्र्थापन गर, प्रतिगमन मुर्दावाद लगायतका नारा लगाएका थिए ।...
मुख्यमन्त्री राईलाई यौन हिंसामा फसाउन खाेज्ने महिला पक्राउ

मुख्यमन्त्री राईलाई यौन हिंसामा फसाउन खाेज्ने महिला पक्राउ

प्रदेश नं. १, विशेष खबर
काठमाडौं । आफूलाई पटक पटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यौन हिंसा गरेको आरोप लगाउने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सत्तारूढ (नेकपा) को पेरिसडाँडास्थित कार्यालयमा प्रवेश गर्न खोजेपछि आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी सहायक निरीक्षक विवेक विसुङ्खेले जानकारी दिए। उनले भने, ‘सचिवालय बैठक अगावै उहाँ कार्यालय पुग्नु भएको रहेछ, शंकास्पद गतिविधि गरेको देखिएपछि उहाँलाई पक्राउ गरिएको हो।’ प्रहरीले महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखेर उनीमाथि आवश्यक अनुसन्धान सुरु गरेको छ। पछिल्लो समय उनी आफू शेरधनकी श्रीमती भएको दावी गर्दै नाता कायम गरेर अंश दिलाई पाउँ भनि अदालतसम्म पुगेकी थिइन्। तर प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता केहि दिन अगाडि मात्र लिएकी छन्। काठमाडौं जिल्ला अदालतले कार्तिक १८...
कोशी अस्पतालमा कोरोनाबाट एक  पुरुषको मृत्यु

कोशी अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

प्रदेश नं. १, स्वास्थ्य
कोशी अस्पताल विराटनगरमा एक ३० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ।  विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए। ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो चार बजे निधन भएको उनकाे भनाइ छ। त्यसपछि उनको श्वाब परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएकाे हाे।  कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।...
आइसोलेसन बनाउन प्रदेश १ सरकारबाट १ करोड ६० लाख निकासा

आइसोलेसन बनाउन प्रदेश १ सरकारबाट १ करोड ६० लाख निकासा

प्रदेश नं. १, समाज, स्वास्थ्य
आइसोलेसन निर्माण र व्यवस्थापनका लागि प्रदेश १ सरकारले १ करोड ६० लाख रुपैयाँ निकासा गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा उपचारको व्यवस्था मिलाउन स्थानीय तह र अस्पतालका लागि रकम निकासा गरेको हो । प्रदेश सरकारले ११ वटा जिल्ला अस्पताललाई कम्तीमा १० बेड क्षमताको आइसोलेसन केन्द्र बनाउन बजेट उपलब्ध गराएको हो । प्रदेश सरकारले विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५० बेड क्षमताको आइसोलन केन्द्र बनाउनका लागि महानगरपालिकालाई १० लाख रुपैयाँ दिएको छ । रंगेली नगरपालिका वडा नं–७ स्थित जनता क्याम्पसको भवनमा १०० बेड क्षमताको आइसोलेसन बनाउन रंगेली नगरपालिकालाई १५ लाख, सुनसरी जिल्लाको बी जनरल अस्पतालमा ५० बेड क्षमताको आइसोलेसन बनाउन हरिनगर गाउँपालिकालाई १० लाख, बराहक्षेत्र नगरपालिकास्थित रामानन्द आचार्य सेवा पीठ, चतरामा १०० बेड क्षमताको आइसोलेसनको लागि १५ लाख रुपैयाँ दिएको छ । त्यस्तै सोलु ...
प्रदेश १ का मुख्यमन्त्रीले भने- समुदायमा फैलियो कोरोना

प्रदेश १ का मुख्यमन्त्रीले भने- समुदायमा फैलियो कोरोना

प्रदेश नं. १, स्वास्थ्य
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’ कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार सफल भएको बताउँदै उनले नागरिकले पनि सतर्कता अपनाउनु पर्ने बताए । मुख्यमन्त्री राईले अब कोरोना जाँचलाई समुदायस्तरमा लैजाने बताए । लकडाउन अन्त्य भएपछि समुदायमा संक्रमण फैलने सम्भावना बढेकाले सावधानी अपनाउन उनले आग्रह गरे । प्रदेश १ को वार्षिक खर्च प्रगतिले विषम परिस्थितिमा पनि काम गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताउँदै उनले चालु र पुँजीगत तर्फ ७१ प्रतिशत बजेट खर्च गरेको बताए । कोरोनाले रोक्यो प्रदेशक...
बेलका नगरपालिकाको भ्रष्टाचार नरोकिए पद त्याग्छु : उपमेयर चौधरी

बेलका नगरपालिकाको भ्रष्टाचार नरोकिए पद त्याग्छु : उपमेयर चौधरी

प्रदेश नं. १, राजनीति
बेलका नगरपालिकाकी उपमेयर राज कुमारी चौधरीले नगरपालिकामा भ्रष्टाचार नरोकिए पद त्याग गर्ने घोषणा गरेकी छन् । उनले बेथिति अन्त्य गर्न नसकेको भन्दै मतदातासँग माफीसमेत मागेकी छन् । ‘पंखादेखि एक्साभेटर खरिदसम्म भ्रष्टाचार भएको कुरा मैले डेढ वर्षदेखि नै उठाइरहेकी छु,’ उपमेयर चौधरीले अनलाइनखबरसँग भनिन्, ‘काला कर्तुतहरु र भ्रष्टाचारीहरुको अन्त्य हुँदैन भने म यस्तो गन्जागोलमा बसेर काम गर्न सक्दिनँ ।’ उनले थपिन्, ‘बेथितिहरु निर्मूल हुँदैन भने काम गर्न सकिँदैन, म जनतासँग माफी माग्छु र पार्टीलाई पद हस्तान्तरण गर्छु । किनभने मलाई पार्टीले नै टिकट दिएको थियो ।’ आफूले डेढ वर्षदेखि नै बेथिती र भ्रष्टाचारको कुरा उठाइरहे पनि आजसम्म सुनुवाइ नभएको उनले बताइन् । एक जना सहायक कम्प्युटर अपरेटरको नियुक्ति नै यसको प्रमुख परिणाम भएको उनको दाबी छ । ‘सीडीओलाई समेत ब्ल्याकमेलिङ गरेको विवादित छवि भएको एकजना ...
८२ प्रतिशत रोपाइँ सकियो प्रदेश १ मा

८२ प्रतिशत रोपाइँ सकियो प्रदेश १ मा

कृषि, प्रदेश नं. १
प्रदेश १ मा आइतबारसम्म ८२ दशमलव ५१ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष यही अवधीमा ५६ दशमलव ७४ प्रतिशत मात्रै रोपाइँ भएको थियो । प्रदेशस्थित कुल धान खेतीयोग्य ३ लाख ४० हजार ८ सय २९ हेक्टर जमिनमध्ये २ लाख ८१ हजार २ सय २० दशमलव ७२ हेक्टरमा रोपाइँ भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । तराईको २ लाख २५ हजार ८ सय हेक्टरमध्ये १ लाख ९३ हजार ५ सय ५५, पहाडको ९० हजार ९ सय १६ हेक्टरमध्ये ६८ हजार ४ सय र हिमाली जिल्लाको २४ हजार १ सय १३ हेक्टरमध्ये १९ हजार १ सय ८७ हेक्टरमा रोपाइँ सम्पन्‍न भएको छ । सबभन्दा बढी झापा र सोलुखुम्बुमा ९० प्रतिशत र ओखलढुंगामा ५५ प्रतिशतमात्रै रोपाइँ भएको मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । मोरङ र तेह्रथुममा ८५, भोजपुरमा ८४, सुनसरी र खोटाङमा ८०, पाँचथरमा ७८, तेह्रथुम र संखुवासभामा ७५, इलाममा ७२, उदयपुरमा ७१ र धनकुटामा ७० प्रतिशत रोपाइँ भएको...
सुनसरीमा फेरि गोली चल्यो एकजना घाइते

सुनसरीमा फेरि गोली चल्यो एकजना घाइते

प्रदेश नं. १, समाज
सुनसरीको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट हरिनगर गाउँपालिका– ७ जटबरामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर हरिनगर–७ सुकुम्बासी टोलका सहजब जट गम्भीर घाइते भएका हुन । पेटमा गोली लागेर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका उपरीक्षक कृष्ण ढकालले जानकारी दिए । उनका अनुसार शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो । सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको प्रहरीको भनाइ छ । ‘प्रहरीले रोक्न खोज्दा एक्कासी आक्रमण गरेर हतियार खोस्न खोजे,’ ढकालले भने, ‘हतियार खोसाखोस हुँदा गोली चल्यो ।’ तस्कर समूहको आक्रमणबा...
धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु

प्रदेश नं. १, विशेष खबर, समाज
कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो । मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता डाक्टर सापकोटाले बताए । उनको शवलाई  प्लास्टिकले बेरेर राखिएको उनले बताए । यो सँगै नेपालमा कोरोनाका कारण ज...
सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान, दुई जना घाइते

सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच गोली हानाहान, दुई जना घाइते

प्रदेश नं. १, समाज
सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिक गए राति नेपाल प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ । घटनामा दुई जना तस्कर घाइते भएका र अन्य तीन जना फरार भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते हुनेमा देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए । घाइते भएका दुवै जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहको प्रहरीले जनाएको छ । भारतीय क्षेत्रबाट बिआर ३८ भि ३५२८ नम्बरको मोटरसाइकल र वनटेष्ट होण्डा साइन १२५ सिसिको मोटरसाइकलमा भारतीय क्षेत्रबाट आएका तस्करलाई गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रममा गोली हानाहान भएको सुनसरीका प्रहरी उपरीक्षक थापाले बताए । तस्करबाट एउटा पेस्तोल, छ राउण्ड गोली र दुई वटा म्याग्जिन बरामद गरिएको प्रहरी उपरीक्षक थापाले जानकार...
संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

संखुवासभामा पहिरो जाँदा ११ जना बेपत्ता

प्रदेश नं. १, समाज
 संखुवासभा । केही दिनदेखि परिरहेको भारी वर्षाका कारण संखुवासभाका सिलिचोङ गाउँपालिकामा गएराति पहिरो जाँदा ११ जनाका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा टोली पठाएको छ । यद्यपि, हालसम्म टोली पुगिसकेको छैन । संखुवासभाका डीएसपी नवराज मल्लले अनलाइनखबरलाई बताए अनुसार त्यस क्षेत्रममा पहिरोले ८ वटा घर पुरेको खबर आएको छ । ‘नजिकैको प्रहरी चौकीबाट घटनास्थलमा पुग्न चार घन्टा लाग्छ, अहिले ३ घन्टा हुन लाग्यो । टोली पुगेपछि विस्तृत खबर आउँछ’, मल्लले भने । मल्लका अनुसार वर्षाका कारण सदरमुकाम खाँदबारीका विभिन्न ठाउँमा पनि पहिरो गएको छ । क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।...
बाढीमा परेर झापामा एक जनाको मृत्यु

बाढीमा परेर झापामा एक जनाको मृत्यु

प्रदेश नं. १, समाज
झापा । केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीमा परेर झापामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना बेपत्ता छन् । मृत्यु हुनेमा जिल्लाको झापा गाउँपालिका–५ का ३५ वर्षीय राजेश गणेश छन् । मलामी जाने क्रममा खोलामा पौडी खेलिरहेका वेला बगाएपछि उनी बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाउने वित्तिकै खटिएको प्रहरी चौकी, शरणामती र इलाका प्रहरी कार्यालय, कुमरखोदको टोलीले बाह्रदशी गाउँपालिका–२ मा उनको शव फेला पारेका थिए । भद्रपुर नगरपालिका–३ स्थित मेची खोलामा आएको बाढीले बगाउँदा अर्का एक जना बेपत्ता छन् । बेपत्ता हुनेमा स्थानीय ३३ वर्षीय हिरण राई छन् । नुहाउने क्रममा उनी बेपत्ता भएको झापाका एसपी कृष्ण कोइरालाले बताए । घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी महेशपुरबाट टोली गइ खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।...
त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

त्रियुगाखोलाको बाढीले पोल ढाल्दा तीन जिल्लामा विद्युत् अवरुद्ध

प्रदेश नं. १, समाज
रासस । लगातारको वर्षापछि आएको बाढीले पोल ढाल्दा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । उदयपुरको त्रियुगाखोलामा आएको बाढीले गाईघाट–दिक्तेल ३३ केभी प्रसारण लाइन विद्युत्को दुई पोल ढालेपछि शनिबार दिउँसोदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको हो । विद्युत् आपूर्ति अवरुद्ध हुँदा खोटाङसहित तीन जिल्लाका हजारौँ उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । तीनवटै जिल्लामा अहिले विद्युतीय उपकरण, सञ्चारमाध्यम, व्यापार–व्यवसायलगायत प्रभावित भएको छ । त्रियुगाखोलामा आएको बाढीको बहाव अझै बढ्दै गएकाले अर्को पोल राख्न तथा मर्मत गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख रामदिनेश राय यादवले बताए । ‘खोलामा आएको बाढीको बहाव नघटेसम्म अर्को पोल राख्न सकिने अवस्था छैन,’ उनले भने, ‘बाढीले ढालेको विद्युत् पोल उठाउन उदयपुरबाट दक्ष प्राविधिक खटाइएको छ । खोलामा आएको बाढीको बहाव घट्ने...