Saturday, April 20
Shadow

प्रदेश नं. २

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नं. २, स्वास्थ्य
पर्सा र बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ जना महिला छन् । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । वीरगञ्ज हेल्थ केयर अस्पतालमा कार्यरत वीरगञ्ज–१८ भवानीपुर बस्ने ५५ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पताल अन्तर्गत हेल्थ केयरमा १ सय २० बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनमा छ । नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउँदै आएका वीरगञ्जका २४ वर्षीय युवक, परवानीपुरकी ३५ वर्षीया महिला र ३ दिनदेखि ज्वरो आएर कोरोना जाँच गराएका वीरगञ्ज–१६ नगवाकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टिन बस्दै आएका ३५ वर्षीय युवक, वीरगञ्ज–१५ लक्ष्मणवाका ६० वर्षीय पुरुष, वीरगञ्ज–१३ राधेमाईका ४२ वर्षीय पुरुष, वीरगञ्ज–२० हरपतगञ्जका ५३ वर्षीय ...
सप्तरीमा  १२ जनामा कोरोना संक्रमण पुष्टि

सप्तरीमा १२ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नं. २, स्वास्थ्य
सप्तरीका थप १२ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम राजविराजका ६ जना, खडक नगरपालिकाका ३ जना, बोदे बर्साइन र सप्तकोशी नगरपालिका तथा बिष्णुपुर गाउँपालिकाका १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । राजविराजको वडा नम्बर २ का २४ बर्षीय पुरुष, वडा नम्बर ४ का ५५ बर्षीय, ६५ बर्षीय र ३३ बर्षीय पुरुष, वडा नम्बर ५ का १२ बर्षीया महिला र वडा नम्बर ६ का ६७ बर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । खड्क नगरपालिका वडा नम्बर २ का ४६ बर्षीय पुरुष, वडा नम्बर १० का ४५ बर्षीया महिला र २० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, सप्तकोशी नगरपालिका वडा नम्बर १ का ५४ बर्षीय पुरुष, विष्णुपुर गाउँपालिका १ का ४५ बर्षीय पुरुष र बाोदे बर्साइन नगरपालिका २ का ४६ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।...
जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरका पूर्वमेयर गिरीको कोरोना संक्रमणबाट मृत्यु

प्रदेश नं. २, स्वास्थ्य
जनकपुरका पूर्वमेयर एवं होटेल रामाका सन्चालक कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए । जनकपुरधाममै रहेको अवस्थामा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको थियो । उनका छोरा डा. सन्तोष गिरीका अनुसार उनी मुटु सम्बन्धी रोग, उच्च रक्तचापबाट पीडित थिए । उपचार गर्न अस्पताल भर्ना भएकै समयममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको परिवारजनले मृत्यु भएको पुष्टि गरेपनि अस्पतालले यो समाचार तयार पार्दासम्म केही जानकारी दिएको छैन । गिरी २०४२ सालदेखि ४ बर्षसम्म जनकपुरको मेयर बनेका थिए । उनी जनकपुरधामको मि...
वीरगञ्जमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी

वीरगञ्जमा आजबाट अनिश्चितकालीन निषेधाज्ञा जारी

प्रदेश नं. २, विशेष खबर, स्वास्थ्य
कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर आजबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको थियो । निषेधाज्ञा जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसायसमेत बन्द गरिएको छ । साथै वीरगञ्जमा अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्ध kgl लगाइएको छ । विशेषगरी छिमेकी मुलुक भारतको बिहारमा संक्रमितको संख्या बढ्दै गएकाले यस्तो निर्णय गरिएको हो । ‘भारतबाट पूर्णरुपमा प्रवेशमा रोक लगाइएको छ । सुरक्षा निकायहरुले गस्ती पट्रोलिङ बढाउने,...
पर्सामा ५ थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि

पर्सामा ५ थुनुवासहित थप ३२ जनामा कोरोना पुष्टि

प्रदेश नं. २, विशेष खबर, स्वास्थ्य
पर्सामा ५ जना थुनुवासहित ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३, २२ र ४७ वर्षका गरी ५ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालको पीसीआर प्रयोगशाला स्रोतले जनाएको छ । संक्रमित थुनुवाहरुमध्ये ४ जना भारतीय नागरिक हुन् । उनीहरु ३ जना बिहारका र १ जना उत्तर प्रदेशका छन् । कोरोना संक्रमण पुष्टि भएकाहरुलाई अस्पतालमा ल्याउने तयारी भइरहेको गण्डक कोभिड अस्पतालका को–अर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए । अन्य संक्रमितहरुमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका र केहीले आफैंले शंका लागेर जाँच गराएको उनले बताए । नारायणी अस्पतालको पीसीआर ल्याबको तथ्यांकअनुसार साउन ६ गते कोरोना संक्रमण पुष्टि भएका नारायणी अस्पतालका स्वीपरक...
नेपालमा छिर्‍यो सलह कीरा, वैज्ञानिकहरुले थप अनुसन्धान गर्दै

नेपालमा छिर्‍यो सलह कीरा, वैज्ञानिकहरुले थप अनुसन्धान गर्दै

कृषि, प्रदेश नं. २
काठमाडौं । बारा तथा सर्लाहीका केही स्थानमा सलह कीरा देखिएपछि त्यसबारे कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु छलफलमा जुटेका छन् । शनिबार बिहान बाराको सिमरा, डुबरबाना, सिमरालगायतका स्थानका साथै सर्लाहीमा पनि सलह किरा देखिएको खबरपछि मन्त्रालयले विज्ञसहितको टोलीसँग भर्चुअल छलफल गरिरहेको हो ।  छलफलमा प्रदेश २ का प्राविधिकहरु पनि सहभागी रहेको मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले जानकारी दिए । उनले सलह भित्रिएकाे खबरसँगै थप बुझ्ने कार्य भइरहेको पनि बताए । उनले भने, ‘सलह कीरा जस्तै झुण्डमा देखिएको हो, त्यो वास्तवमा हो कि होइन भनि निश्चित गर्नका लागि छलफल गर्नुको साथै मन्त्रालयबाट एक प्राविधिक टोली पनि पठाइएको छ ।’ प्रदेश २ सरकारले पनि बाली संरक्षण प्रयोगशालाका प्रमुख अशोक यादवको नेतृत्वमा प्राविधिक खटाइसकेको छ । सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा देखिएको कीरालाई औषधि छर्के...
वीरगञ्जका एकै परिवारका १७ जनालाई कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

वीरगञ्जका एकै परिवारका १७ जनालाई कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

प्रदेश नं. २
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका छपकैयाको एक परिवारका १७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको पुष्टि भएको छ । संक्रमितमध्ये एक जना दुई महिने शिशु पनि छन् । यो परिवारको ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको वैशाख १९ मा पुष्टि भएको थियो । नारायणी अस्पतालमा उपचाररत उनको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण गर्ने क्रममा सोमबार ३२ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी काठमाडौं पठाइएको थियो । त्यसमध्ये १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परिवारको प्रश्न : कसरी संक्रमण देखियो ? संक्रमित परिवारका जेष्ठ सदस्य ६६ बर्षीय पुरुषकाअनुसार ६ भाइ छोरामध्ये ३ जना अलग भएर बस्दै आएका छन् । तीन छोरासँगै बस्दै आएपनि कान्छो छोरा लकडाउन अघि भारतस्थित ससुराली गएका थिए र, लकडाउनका कारण उतै छन् । लकडाउन शुरु भएपछि परिवारका सदस्य बाहिर गएका पनि छैनन्...
स्थायी राजधानीका लागि बीरगञ्जको प्रस्ताव पनि अस्वीकृत

स्थायी राजधानीका लागि बीरगञ्जको प्रस्ताव पनि अस्वीकृत

प्रदेश नं. २
जनकपुर । प्रदेश नम्बर २ को स्थायी राजधानीका लागि बीरगञ्ज पनि अस्वीकृत भएको छ । मंगलबार भएको मतदानमा बीरगञ्जको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ६८ मत खसेको छ । त्यस्तै १ मत बदर भएको छ भने १ सांसद अनुपस्थित भएका छन् । योसँगै स्थायी राजधानीको  विषय टुंगो लगाउन २ नम्बर प्रदेशसभा असफल बनेको छ । सत्तारुढ दलका सांसदमा बदलाको भावना पलाउँदा  प्रदेश नम्बर २ को स्थायी राजधानीको विषय टुंगो लगाउन प्रदेशसभा असफल बनेको हो । यसअघि जनकपुरको प्रस्ताव पनि अस्वीकृत भएको थियो । निर्वाचनमा जनकपुरको पक्षमा ५२ र विपक्षमा पनि ५२ मत खसेको थियो । यसअघि ४ वटा नामको प्रस्तावमा मतदान हुँदा कुनैपनि नाममा दुई तिहाइ नपुगेपछि प्रदेशको नाम टुंगो लगाउने प्रस्ताव पनि असफल भएको थियो । अब केहीबेरमा वीरगञ्ज महानगरपालिकालाई स्थायी राजधानीका लागि निर्वाचन हुँदैछ ।...
प्रदेश २: नेकपाले गरेको प्रस्ताव जानकी प्रदेश अस्वीकृत

प्रदेश २: नेकपाले गरेको प्रस्ताव जानकी प्रदेश अस्वीकृत

प्रदेश नं. २
काठमाडौ । प्रदेश २ को नामकरणका लागि मंगलबार भएको जानकी प्रदेशको पक्षमा ३७ मत  खसेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको जानकी प्रदेशका लागि भएको मतदानमा ३७ मत परेको प्रदेश–२ सभा सचिवालयले जनाएको छ । योसँगै प्रदेश २ मा नेकपाले प्रस्ताव गरेको जानकी प्रदेश अस्वीकृत भएको छ । १०७ जना प्रदेश सभा सदस्य रहेकोमा जानकी प्रदेशमा ३७ मत र विपक्षमा ७० मत खसेको हाे ।प्रदेश २ मा नेकपाका ३२ सांसद छन् । नेकपाका ३२ बाहेक ५ मत नेकपाको पक्षमा परेका छन् । तर ती मत कुन पार्टीका सांसदले दिए भन्ने खुलेको छैन । अब दोस्रो चरणमा काँग्रेसले प्रस्ताव गरेको मिथिला प्रदेशका लागि मतदान हुनेछ । प्रदेशको नामाकरण गर्नका लागि दुई तिहाई मत चाहिन्छ अर्थात ७२ मत भएपछि मात्र प्रदेश २ को नाम  पारित हुन्छ ।...
प्रदेश २ मा आज मतदान, स्थायी राजधानी टुंगो लगाउने

प्रदेश २ मा आज मतदान, स्थायी राजधानी टुंगो लगाउने

प्रदेश नं. २
चैत ४, २०७६ जनकपुरधाम : प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन आज प्रदेश सभामा मतदान हुने भएको छ।  प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने कार्यसूची रहेको छ। सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमति गरे पनि नामको विषयमा सहमति जुटेको छैन। राजधानीको विषयमा सहमति भइसकेकाले प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट टुंगो लाग्ने सम्भावना छ। नाम के राख्ने विषय भने मतदान प्रक्रियाबाट पनि टुंगो लाग्ने सम्भावना कम छ।  टुंगो लगाउन दुई तिहाई बहुमत चाहिने र सहमति बिना त्यति मत प्राप्त नहुने भएकाले टुंगिने सम्भावना कम रहेको हो। स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशको नामका लागि चारवटा प्रस्ताव दर्ता भएका छन्।  प्रमुख प्रतिपक्ष नेकपाले जानकी र प...
कुमार पाैडेल हत्या प्रकरण : दाेषीलाई उम्काउने गृहकाे लविङबाट आयाेग रुष्ट

कुमार पाैडेल हत्या प्रकरण : दाेषीलाई उम्काउने गृहकाे लविङबाट आयाेग रुष्ट

प्रदेश नं. २
काठमाडौ । विप्लव नेतृत्वको नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेल मृत्यु प्रकरणमा सुरक्षा अधिकारीमाथि भएको कारबाही सिफारिस पुनर्विचार गर्न गृह मन्त्रालयकाे लविङबाट राष्ट्रिय मानव अधिकार आयाेग रुष्ट बनेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा गृहले सुरक्षाकर्मीविरुद्ध कारबाही चलाउँदा शान्ति सुरक्षा र प्रहरी मनोवलमा असर पर्ने दाबीसहित कारबाही सिफारिस फिर्ता लिनुपर्ने आशयसहितकाे पत्र प्रेेेेेषित गरेकाे छ। पौडेललाई प्रहरी नियन्त्रणमा लिएर हत्या गरिएको निष्कर्षसहित राष्ट्रिय मानवअधिकार आयोगले घटनामा संलग्नताको किटानसहित प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मि श्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो। यस्तै प्रहरी निरीक्षकद्वय किरणप्रसाद न्यौपाने र सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्कामा त्रुटिपूर्ण कार्य गरेको भन...
रौतहटमा पुरानै प्रश्नपत्रबाट वार्षिक परीक्षा

रौतहटमा पुरानै प्रश्नपत्रबाट वार्षिक परीक्षा

प्रदेश नं. २
रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा शिक्षा क्षेत्रमा चरम लापरवाही देखिएको छ । नगरक्षेत्र अन्तर्गतको सवै विद्यालयमा पुरानै प्रश्नपत्र प्रयोगगरी कक्षा १ देखि ९ सम्मको परीक्षा सञ्चालन गरिएको छ ।नगरपालिका अन्तर्गतका ३२ वटा विद्यालयमा गत वर्षको प्रश्नपत्रको आधारमा परीक्षा गराइरहेको एकजना अभिभावक परमेश्वर यादवले बताए । नगरशिक्षा संयोजक बुनिलाल यादवले गैरजिम्मेवारपूर्ण तरिकाले हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गरिरहेको अभिभावक यादवको भनाइ छ । पछिल्ला तीन दिनदेखि अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा पुरानै प्रश्नबाट लिईएको छ । लगातार तीन दिन अक्षरसः पुरानै प्रश्नपत्रको प्रयोग भएपछि अभिभावकहरुले घटना सार्वजनिक गरेका छन् । हजारौँ विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने संयोजक यादवमाथि कडा कारवाही हुनुपर्ने अभिभावकहरुको माग छ । शिक्षा संयोजक यादवले प्रेसको गल्तीले यस्तो हुन गएको जन...
प्रदेश २ को नाम र राजधानीको टुंगो २३ गते, ‘मधेस प्रदेश कि मिथिला–भोजपुरा’ ?

प्रदेश २ को नाम र राजधानीको टुंगो २३ गते, ‘मधेस प्रदेश कि मिथिला–भोजपुरा’ ?

प्रदेश नं. २
जनकपुर । मतदानमार्फत प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुंगो लाग्ने भएको छ । सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउन लागिएको हो । नाम र राजधानीको टुंगो लगाउन फागुन २३ गते मतदान हुनेछ । फागुन २२ गते बस्ने प्रदेशसभा बैठकमा नामाकरण र स्थायी राजधानी बारे टुंगो लगाउने प्रक्रियाबारे सदनलाई जानकारी गराएपछि अर्को दिन मतदान गर्ने तयारी भएको प्रदेश सभा सचिवालयले जनाएको छ । करिब ३ महिना देखि अवरुद्ध प्रदेशसभा बैठक यही २२ फागुनमा बोलाइएको छ । फागुन २२ गते दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउने प्रक्रियाको कार्यसूचीबारे सदनलाई जानकारी गराइने सभामुख सरोजकुमार यादवले बताए । उनले कार्यसूचीबारे सदनलाई जानकारी गराएपछि फागुन २३ गते बिहान ८ बजेदेखि सदनमा नाम र राजधानीको प्रस्तावमा मतदान प्रक्रिया सुरु हुने जानकारी द...
जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा

जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा

प्रदेश नं. २
जनकपुर । महोत्तरीका एक स्थानीय तहका जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा भएको छ । भारतीय नागरिक नेपालमा जनप्रतिनिधि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेपछि यसको खुलासा भएको हो । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष जितेन्द्र चौधरीले भारत र नेपाल दुबै देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि सो कुरा बाहिर आएको हो । भारतीय भोेटरलिष्टमा वडाध्यक्ष चौधरी र उनका बुवा हिरा चौधरीको नाम देखिएपछि स्थानीय हरिश्चन्द्र ठाकुरले उजुरी दिएका थिए । कसैले अर्को देशको नागरिकता लियो भने उसको नेपालको नागरिकता कायम नरहने व्यवस्था नेपालको नागरिकता ऐन, २०६३ मा उल्लेख छ । तर, नागरिकताको सिफारिश र नागरिकताको प्रतिलिपि लिन सिफारिश गर्ने जनप्रतिनिधिकै दोहोरो नागरिकता भएको प्रमाण भेटिएपछि स्थानीयवासी समेत आश्चर्यमा परेका छन् । स्थानीय तहको च...
सीता–रामले होली खेलेको थलो कञ्चनवन आइतबार बन्यो होलीमय

सीता–रामले होली खेलेको थलो कञ्चनवन आइतबार बन्यो होलीमय

प्रदेश नं. २
जनकपुर । त्रेता युगमा सीता र रामले रङ र अबिर दलेर होली खेलेको स्मरणमा आइतबार मिथिला माध्यमिकी परिक्रमामा सहभागीहरुले होली खेलेका छन् । परिक्रमामा मिथिला विहारीको डोलासँगै परिक्रमामा कञ्चनवन पुगेका सहभागीहरुले एक अर्कालाई रङ र अबिर दलेर होेली पर्वको शुभारम्भ गरेका हुन् । कञ्चनवनमा परिक्रमामा सहभागीहरुले अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ । परिक्रमा डोला कञ्चनवन पुगेपछि होली खेल्ने परम्परा छ । यहाँको होली मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता हुन्छ । फागुन शुक्ल प्रतिपदाबाट शुरु हुने मिथिला मध्येमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ । यहाँ इच्छावती गंगा र वीरजा गङ्गाको संगमस्थल हो । इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सह...
गौशालाको जग्गा अतिक्रमण गरेर बनाइएका घर र टहरा भत्काइयो

गौशालाको जग्गा अतिक्रमण गरेर बनाइएका घर र टहरा भत्काइयो

प्रदेश नं. २
संखुवासभा । नोबेल शिक्षण अस्पतालले संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङ्गखुरुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालय, न्यौपाने कुलबंश समाज र न्यौपाने बन्धु समाजसँगको सहकार्यमा सञ्चालित शिविरबाट १ हजार १ सय ३० जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ३ सय ४१ जनाको भिडियो एक्सरे, २ सय ३ जनाको ल्यावटेष्ट र १ सय ५४ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शरिरमा गाँठागुँठी पलाएका २४ जना र आँखामा समस्या भएका २१ जनाको शिविरमा सामान्य शयक्रियासमेत गरिएको छ । गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले पूर्वी नेपालका बिभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसैवीच शुक्रबार संखुवासभाको खाँदवारी र आइतबार भोजपुरको गोगनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ । ...