एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
महोत्तरीको बर्दिवासमा एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न गर्न अब रकम अभावको स्थिति अन्त्य भएको छ ।
पछिल्लो पटक सोमबार अमेरिकाको मिनेसोटामा रहेका नेपालीको ‘एसोसिएसन अफ नेपाली इन मिनेसोटा’ नामक संस्थाले बस्ती निर्माणार्थ रु दुई करोड १० लाख सहयोग गरेपछि आर्थिक अभावको स्थिति अन्त्य भएको हो ।

यसअघि बस्ती हस्तान्तरणसम्म पुग्दा करिब रु एक करोड २५ हजार रकम अपुग हुने बताउँदै आउनुभएको फाउन्डेसनका अध्यक्ष हाँस्यकलाकार धुर्मुस (सीताराम कट्टेल) ले अब आर्थिक पाटोबाट ढुक्क भएको बताएका छन । “अब हामीलाई आर्थिक अभाव हुँदैन” धुर्मुसले भने –, “सात समुन्द्र पारी बसेर पनि नेपाल र नेपालीप्रति स्नेह राख्ने मनकारी नेपालीको सहयोगले एकीकृत नमुना मुसहर बस्ती निर्माणमा रहेको अभाव मेटिदियो ।”
बस्ती हस्तान्तरण गर्न ११ दिनमात्र बाँकी रहँदा सोमबार फाउन्डेसनलाई एसोसिएसन अफ नेपालिज इन मिनेसोटाका प्रतिनिधिद्वय अनिल रायमाझी र स्वीटी सिंह श्रेष्ठले रु दुई करोड १० लाख रकमको चेक परियोजनास्थलमै पुगेर हस्तान्तरण गरेका थिए ।
सहयोग रकम हस्तान्तरण गरेसँगै एसोसिएसनका प्रतिनिधि रायमाझीले अमेरिकामै रहँदा बस्ती निर्माणमा रकम अपुग भएको समाचार सुनेपछि यो मानवीय कार्यमा आफ्नो सानो हिस्सा लगाउन रकम सहयोग गर्न आएको बताएका छन् |
अहिले निर्माण कार्य ९५ प्रतिशत सकिएर हस्तान्तरण चरणका अन्तिम काम भइरहेको र बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने धुर्मुसले बताए ।
त्यसैगरी बर्दिवासको स्वास्थ्य सरोकार मञ्चले पनि सोमबारै फाउन्डेसनलाई रु ५३ हजार नगद हस्तान्तरण गरेको छ|
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया