सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Asmita-Newsdesk Asmita-Newsdesk
|
मंगलबार, श्रावण १९, २०८३
|
|
४ पटक हेरिएको
Shares
सुदूरपश्चिममा बिहीबारसम्म मध्यम वर्षाको सम्भावना: नदी तटीय र डुबान क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सारांश

  • जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले सुदूरपश्चिम प्रदेशका तराई, पहाड तथा हिमाली भूभागमा आउँदो बिहीबारसम्म छिनछिनमा मौसम बदली भई मध्यम वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै नदी तटीय एवं होचा भूभागका बासिन्दालाई पूर्वसावधानी अपनाउन अपिल गरेको छ।
  • हाल धनगढीलगायत यस प्रदेशका विभिन्न भागमा मनसुनी वायुको प्रभावले वर्षा भइरहेको सन्दर्भमा कार्यालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
  • सुदूरपश्चिमका सबै जिल्लाहरूमा लगातार झरी नपरे तापनि घाम र पानीको दोहोरी चल्ने सम्भावना रहेकाले पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुनसक्ने कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जानकारी दिनुभएको छ।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले सुदूरपश्चिम प्रदेशका तराई, पहाड तथा हिमाली भूभागमा आउँदो बिहीबारसम्म छिनछिनमा मौसम बदली भई मध्यम वर्षा हुने पूर्वानुमान सार्वजनिक गर्दै नदी तटीय एवं होचा भूभागका बासिन्दालाई पूर्वसावधानी अपनाउन अपिल गरेको छ।

हाल धनगढीलगायत यस प्रदेशका विभिन्न भागमा मनसुनी वायुको प्रभावले वर्षा भइरहेको सन्दर्भमा कार्यालयले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

सुदूरपश्चिमका सबै जिल्लाहरूमा लगातार झरी नपरे तापनि घाम र पानीको दोहोरी चल्ने सम्भावना रहेकाले पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुनसक्ने कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले जानकारी दिनुभएको छ।

मौसम कार्यालयका अनुसार तराईका होचा भूभागमा डुबानको जोखिम र नदीमा पानीको बहाव बढ्न सक्ने भएकाले सम्भावित क्षतिबाट बच्न पूर्वतयारी गर्न र सतर्क रहन र प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकाय तथा स्थानीय बासिन्दाहरूले मौसमी सूचनालाई नियमित रूपमा पछ्याउँदै आवश्यक सावधानी अपनाउनु आग्रह गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?