प्रचण्डको आरोप ‘ओलीकै सक्रियतामा एमाले पार्टी आयोगमा दर्ता भएको हो’
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै सक्रियतामा नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको गम्भीर आरोप लगाएका छन् ।
शुक्रबार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै दाहालले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता हुनुले पार्टी संकटमा रहेको टिप्पणी गरे । त्यस्तै, उनले यसअघि प्रधानमन्त्री ओलीको पक्षमा देशव्यापी रूपमा भएका प्रदर्शनलाई लिएरपनि आफ्नो असन्तुष्टि पोखे । उनले भने,‘देशभरी जिन्दावाद मुर्दावाद भनेर मान्छे उतारियो। हामीलाई पनि सोधेका छन्। हामीले अहिले पख्नुस् भनेर मात्रै हो ।’
उनले आफू पार्टी एकताको पक्षमा रहेकोले निरन्तर सहमतिको प्रयास गरेको स्पष्ट पारे । उनले भने,‘अझै पनि पार्टीमा विधि र विचारको विकासबारे बहस भैरहेको छ । पार्टी नफुट्ने विश्वास दिलाउँछु ।’
प्रतिक्रिया