ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०८०
|
|
३५ पटक हेरिएको
Shares
ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन, यर्थाथमा पैसा नै चाहिन्छ

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौँ । नेपालको शिक्षा क्षेत्रको गुणस्तर बढाउन र रहेका कमी कमजोरीहरुमाथि छलफल गर्न शिक्षक व्यवस्थापन र शिक्षामा लगानी भन्ने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार राजधानीमा आयोजित संवाद कार्यक्रममा शिक्षाको गुणस्तर बढाउन शिक्षकमा लगानी आवश्यक भन्ने विषयमा कार्यक्रममा छलफल भएको थियो ।

आयोजित शिक्षक व्यवस्थापन र शिक्षामा लगानी भन्ने अन्तिरक्र्रिया कार्यक्रममा सरोकारवालाहरुको राम्रो सहभागिता देखिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक महासंघको अध्यक्ष कमला तुलाधारले २०५६ साल पछि कुनै नयाँ दरबन्दी नथप्नु नै देशको ठूलो विडम्बना रहेको औल्याएकी छिन् । शिक्षा क्षेत्र बिग्रनुमा शिक्षकलाई दोष दिनु अगाडी शिक्षक व्यवस्थापनमा राज्यलाई जति भार परे पनि शिक्षकको दरबन्दी पुरा गरेर मात्र दोषी खोज्नु स्वभावीक हुने उनी बताउँछिन् । शिक्षक विद्यार्थीको अनुपात ७६ हजार भन्दा धेरैले फरक रहेको छ । शिक्षा क्षेत्रमा शिक्षकलाई दोष लगाउनु अगाडी शिक्षा क्षेत्रमा बजेट बढाएर मात्र यस क्षेत्रबाट लाभ खोज्नु आजको मुख्य आवश्यक्ता हो ।

यस्तै सामुदायिक वि. व्य.स महासंघका अध्यक्ष गुणराज मोक्तान भन्छन, विद्यार्थीहरुमा अन्यौलता व्यापक देखिन्छ । शिक्षण पेशामा आकर्षण घट्दै गइरहेको छ । नयाँ नयाँ शिक्षक थपिए पनि प्रन्ध्यानयापकको दरबन्दी भने उही रहेको छ । प्र. को दरबन्दीलाई विशिष्टकृत गर्दै लैजान आवश्यक छ । अहिलेको बजेटले विद्यालयहरु चल्ने अवस्था छैनन् यस्तो गुणस्तर खोन्जु मुर्खता मात्र हुनेछ । ऐन मात्र बन्दैमा शिक्षा क्षेत्र परिर्वतन हुदैन । यर्थाथमा पैसा नै चाहिन्छ । त्यसैले आजको आवश्यक्त भनेको शिक्षामा लगानी बढाउनु मात्र हो ।

कार्यक्रमलाई समापन गर्दै एक्सनएड नेपालका निति तथा कार्यक्रम विभाग प्रमुख सरोज कुमार पोखरेलका अनुसार आजको अन्तक्र्रिया कार्यक्रममा शिक्षक र सरोकारवालाहरुको हक अधिकारको सबै कुराहरु आए तर बालबालिकाको हक अधिकाराको कुनै कुराहरु नआएन बताए । विद्यालय, शिक्षक शिक्षाको मात्र कुरा गर्नु उचित नहुने उनको तर्क छ । उनि भन्छन, मुख्य कुरा भनेको बालबालिका प्रति जवाफदेहिता मात्र हो । अर्को भनेको शिक्षकको क्षमता हो । यो कुराहरु कति गहिँरदै गएको छ त्यस्मा सबैको ध्यान जान सकेको छैन् । सरकारसँग सहकार्य गरेर सबैलाई पुर्नविचार गर्नु पर्ने आजको आवश्यक्ता रहको उनको भनाइ छ ।

२०२२ मा एक्सनएड नेपाल र शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्धारा गरिएको शिक्षामा लगानी तथा शिक्षा वित्तियमा अन्तरको अनुसन्धान प्रतिवेदन र शिक्षाविद मन वाग्लेका अनुसार पनि दिगो विकास लक्ष्य ४ प्राप्तिका लागि कम्तिमा करिब ४ खर्व ३३ अर्ब ८९ करोड तथा अहिलेको लगानी भन्दा मmण्डै दोब्बर आवश्यक रहेको कुरा रहेकोे छ । शिक्षालाई ब्यवाहारिक रूपमै निःशुल्क तथा गुणस्तरीय बनाउनका लागि शिक्षकको व्यवस्थापन तथा शिक्षकसगँ सम्बन्धित मूद्दाहरुलाई तिनै तहका सरकारले महत्वका साथ सम्बोधन गर्न अनिवार्य रहेको छ । शिक्षक दरवन्दी पुनर्वितरण प्रतिवेदन २०७५ ले मुलुकभरका विद्यालयहरुमा थप ५६,७७४ दरवन्दी आवश्यक देखाएको छ भने सन् २०१८ को शिक्षाको लागि राष्ट्रिय संजालद्धारा गरिएको अध्ययन अनुसार ७६,७०८ शिक्षकको अभाव छ । सरकारले दरबन्दी दिएकालाई स्थायी बनाईसक्दा पनि विद्यार्थी संख्याका आधारमा शिक्षकको दरबन्दी मिलान भएको अवस्था छैन जसको प्रत्यक्ष असर विद्यार्थीको सिकाई तथा शिक्षाको गुणस्तरमा परेको छ ।

यिनै सन्दर्भमा ट्याक्सएड एलाइन्स नेपाल (TaxEd Alliance Nepal) मा आवद्ध संस्थाहरु जसले सार्वजनिक शिक्षा रुपान्तरण तथा कर न्यायको सवालमा पैरवी गर्दै आएका नेपाल राष्ट्रिय शिक्षक सङगठन, नेपाल शिक्षक सङ्घ ,संस्थागत विद्यालय शिक्षक युनियन नेपाल, एक्सनएड अन्तराष्ट्रिय नेपाल, कर तथा वित्तिय न्याय मञ्च नेपाल र शिक्षका लागि राष्ट्रिय अभियान नेपालले माथिका विषय शिक्षक व्यवस्थापन र शिक्षामा लगानीको विषयमा छलफल तथा कार्यदिशाबोध गर्ने कार्यक्रम रहेको बुधबार सम्पन्न भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिस्पर्धीप्रति ओली नरम
प्रतिस्पर्धीप्रति ओली नरम
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
मेरै प्रस्तावमा एमालेका तीनजना प्रधानमन्त्री हुनुभएको हो : अध्यक्ष दाहाल
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
अयोध्याको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईट्टा
अयोध्याको राम मन्दिरमा जनकपुरधामको माटो र चाँदीको ईट्टा
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…
विमानस्थलमा जहाज अवतरण गर्दा स्याल देखिएपछि…
राजनीतिको प्रयोगशाला मात्रै बन्दै आयो प्यूठान
राजनीतिको प्रयोगशाला मात्रै बन्दै आयो प्यूठान
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
‘स्वीस बैंकमा प्रधानमन्त्रीको खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको भन्ने समाचार शतप्रतिशत गलत र कपोलकल्पित’
चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?
चुडामणि शर्मा लाई थुनामा राख्न नपाईने कानुनविद्को तर्क : बहस कि व्यापार ?
यी हुन् बेस्ट फ्रेण्ड, बलिउड सेलिब्रेटिका !
यी हुन् बेस्ट फ्रेण्ड, बलिउड सेलिब्रेटिका !