चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन २८, २०७४
|
१
|
५५ पटक हेरिएको
Shares
चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

सारांश

  • २८ फागुन, काठमाडौं ।
  • सोमबार केन्द्रीय राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन चौथाइ सांसदको विश्वासको मत पाएको समाचारलाई नै मुख्य प्राथमिकता दिएर छापेका छन् ।
  • त्यसबाहेक स्वेच्छिक अवकास लिने कर्मचारीहरुलाई बिदाइ गर्दा पर्ने आर्थिक भार, विदेश भ्रमणको नाममा भइरहेको ब्रह्मलुट, खर्च जुटाउन सरकारलाई सकस भइरहेको लगायतका समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।

२८ फागुन, काठमाडौं । सोमबार केन्द्रीय राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन चौथाइ सांसदको विश्वासको मत पाएको समाचारलाई नै मुख्य प्राथमिकता दिएर छापेका छन् ।

त्यसबाहेक स्वेच्छिक अवकास लिने कर्मचारीहरुलाई बिदाइ गर्दा पर्ने आर्थिक भार, विदेश भ्रमणको नाममा भइरहेको ब्रह्मलुट, खर्च जुटाउन सरकारलाई सकस भइरहेको लगायतका समाचारले पनि पहिलो पृष्ठमा स्थान पाएका छन् ।

स्रोत जुटाउन सकस, खर्च कटौतीको तयारी

कारोबार दैनिकले चालु आर्थिक वर्षमा खर्च गर्न रकम अभाव हुने भएपछि सरकारले विभिन्न शीर्षकका खर्च कटौती गर्ने भएको छ ।

विनियोजित बजेटमै स्रोत जुटाउन कठिन भइरहेको सरकारलाई ४ खर्ब बढीको गैरबजेटरी माग आएपछि उसले विभिन्न शीर्षकमा खर्च कटौती गर्ने भएको हो ।

‘अर्थ मन्त्रालयले इन्धन, मर्मत, कार्यालय सामाग्री, सेवा तथा परामर्श र भ्रमणलागायतका खर्चमा नियन्त्रण गर्ने तयारी गरेको छ,’ समाचारमा लेखिएको छ ।

समाचारमा थप लेखिएको छ- तलबभत्ता, पानी, बिजुली, सञ्चार महसुल, घरभाडा, बिमा, खाद्यान्न, औषधिजस्ता अनिवार्य दायित्वको विनियोजित रकम अन्यत्र रकमान्तर नगर्ने तयारी छ ।

नौ हजार कर्मचारी बिदा गर्दा ३० अर्ब आर्थिक भार

नयाँ पत्रिका दैनिकले ‘३० अर्ब बुझाएर नौ हजार कर्मचारी बिदा गरिँदै’ शीर्षकको मुख्य समाचार छापेको छ । समाचारअनुसार स्थानीय तहमा भने २० हजार कर्मचारी अभाव छ ।

नयाँ पत्रिकाको समाचारमा लेखिएको छ- सिंहदरबारको शक्ति गाउँगाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकैपटक नौ हजार ५९१ अनुभवी कर्मचारी घर फर्कंदै छन् ।

प्रदेश र स्थानीय तहमा जाँदैनौं भन्ने कर्मचारीलाई सरकारले सात वर्षको तलब सुविधासहित भव्य बिदाइ गर्दै छ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिब ३० अर्ब खर्च गर्नुपर्नेछ ।

प्रदेश र स्थानीय तहलाई संस्थागत गर्ने महत्वपूर्ण समयमा कर्मचारी खटाउन नसकिरहेका वेला सरकारले अनुभवी कर्मचारीलाई राज्यकोषमा भार पर्ने गरी घर पठाउन लागेको हो ।

सरकारले २८ पुसमा संघीयतामा जान नरुचाउने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्याकेज घोषणा गरेको थियो । त्यसमध्ये सचिवदेखि कार्यालय सहयोगी तहसम्मका नौ हजार पाँच सय ९१ कर्मचारीले संघीयतामा जान अस्वीकार गर्दै स्वेच्छिक अवकाशमा जाने विकल्प रोजेका छन् ।

अर्थ मन्त्रालयले भने यति धेरै कर्मचारी बिदा गर्न पैसा नपुग्ने स्पष्ट पारेको छ । अर्थसचिव शंकर अधिकारीले नयाँ पत्रिकासँग भनेका छन्, ‘आगामी आर्थिक वर्षमा पनि स्थानीय तह र प्रदेशमा भौतिक संरचना बनाउनुपर्नेछ, संघमा विकास र समृद्धिको नारासहित सरकार गठन भएको छ । यस्तो स्थितिमा कर्मचारीलाई ३० अर्ब बाँड्न पैसा पुग्दैन ।’

उनले सरकारले चाहेमा भने आगामी आर्थिक वर्ष बजेटमै व्यवस्था गरेर पैसा दिन सक्ने बताए ।

चटपट बेच्ने रामबहादुर यसरी बने ‘भोलेबाबा’ र मच्चाए बितण्डा

अन्नपूर्ण पोष्ट दैनिकले बोक्सी आरोपमा कैलालीको घोडाघोडीकी राधा चौधरीलाई चरम यातना दिने रामबहादुरको विगत र उनले हाल गर्दै आएको कर्तुत केलाउने प्रयास गरेको छ । समाचारअनुसार केही महिनाअघिसम्म उनले पापड र चटपट बनाएर बिक्री गर्दथे । तर आजभोलि आफूलाई झाँक्री र ‘भोलेबाबा’ भनेर चिनाउने उनले घोडाघोडी नगरपालिकाको देउकलिया गाउँलाई पूरै अन्धविश्वासमा डुबाइदिएका छन् ।

अन्नपूर्ण पोष्टको समाचारमा लेखिएको छ- टायल लगाएको सानो घरको आँगन पछिल्लो दुई महिनादेखि उनको कमाउने भाँडो बनेको छ । आफ्नै आँगनमा भोलेबाबाको मन्दिर स्थापना गरेर उनले त्यसमा ठूलो त्रिशूल राखेका छन् । त्यो त्रिशूल भोलेबाबाले सपना दिएको बताउँदै उनले गाउँलेलाई भ्रमित पारेका छन् ।

उपचार गर्छु भन्दै त्यही त्रिशूल तताएर डामेपछि स्थानीय ६५ वर्षीय जितबहादुर डगौरा घाइते भएको स्थानीयले बताए । रामबहादुरले आँगनमै रहेको गोठलाई बिरामी भर्ना गर्ने घर बनाएका छन् । टाढा-टाढाबाट आउने मानिस भोलेबाबाले दिएको प्रसादले सबै रोग निको हुने विश्वासका कारण त्यहाँ पुग्ने गरेका छन् ।

भोलेबाबाले सबै रोग निको गर्ने भएकाले त्यहाँ आएको भजनी नगरपालिकाकी सुन्दरी चौधरीले बताइन् । उनले बिरामी राख्ने गोठआसपासको ठाउँ चामलका बोराले भरिएका छन् । घरअगाडिको आँगनमा उनले यसअघि पनि राधाजस्तै थुप्रै किशोरीमाथि यस्तै अत्याचार गरेको स्थानीय नरेश चौधरीले बताए । ‘रामबहादुरले आफूलाई भोलेबाबा र अरू धेरै किशोरीलाई पार्वती बनाएको छ । विभिन्न गाउँमा रहेका पार्वतीहरूले बिरामी ल्याउँछन्, अनि बोक्सी लागेको, भूत लागेको भन्दै कुटपिट गर्छन्’, चौधरीले भने ।

भोलेबाबाले गाउँका सुन्दर किशोरीलाई आˆनो पूजामा बोलाउने र नआएपछि बोक्सी आरोपमा कुट्ने गरेको स्थानीयले बताएका छन् ।

रामबहादुरको घरमा भजनी, जोशीपुर, खैलाडलगायत ठाउँबाट दैनिक चार-पाँच सय मानिस आउन थालेपछि उनको दिनकै कमाइ १० हजारभन्दा बढी भइरहेको थियो भने चामल पनि उत्तिकै संकलन भइरहेको थियो । उनले गाउँका किशोरीलाई बोलाएर, काम्न लगाएर पार्वती बनाउने गरेका थिए । पक्राउ परेका किस्मती चौधरी, स्मारिका चौधरीजस्ता नाम नखुलेका धेरै पार्वती भोलेबाबाले बनाएको पनि स्थानीयले बताएका छन् ।

भोलेबाबाले बनाएका पार्वतीले महिलासँग अश्लील बोल्ने, महिलाको संवेदनशील अंग चलाउने र उनीहरूलाई भरिएको सभामा उत्तेजनामा ल्याउने प्रयास गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । रामबहादुरका बुबा ज्ञानीप्रसाद, आमा सम्झना र भाइ सागर पनि बिरामी आएका बेला भोलेबाबा भन्दै काम्ने गरेको स्थानीय नरेश कुँवरले बताए ।

देउकलिया गाउँका धेरै जना अहिले पनि रामबहादुरमा देउता रहेको दाबी गर्छन् । त्यो गाउँका मान्छेलाई रामबहादुरले यतिसम्म अन्धविश्वासी बनाइदिएका छन् कि उनीहरू कम्तीमा पनि उपचारका लागि १५ दिन लगातार आउन बाध्य भएको स्थानीय खेम सापकोटाले बताए ।

एउटै मन्त्रालयमा तीन सचिवको दरबन्दी !

नेपाल समाचारपत्र दैनिकले सरकारले शिक्षा, विज्ञान प्रविधि तथा युवा र खेलकुद मन्त्रालयमा ९ वटा महाशाखा राख्ने तयारी गरेको छ । संघीय सरकार गठन भएसँगै मन्त्रालय पुनर्गठन भएपछि संरचना तयार गर्न बसेको बैठकले प्रारम्भिकरुपमा ९ वटा महाशाखाको प्रस्ताव गरेको छ ।

तीन मन्त्रालय पुनर्गठन भएपछि सो मन्त्रालयमा तत्कालका लागि ३ सचिव राख्ने तयारी सरकारले गरेको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिनहुँजसो भएको बैठकमा तत्काल ९ वटा महाशाखा राख्ने प्रारम्भिक प्रतिवेदन तयार भएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rai Man

    Bhole baba hune lai hang up.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडद्धारा शेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै
ज्योति विकास बैंकको नयाँ शाखा विर्तामोडमा, थप ३० नयाँ शाखा विस्तार गरिदै
पोखरामा नालीमा बगेर एकजना बेपत्ता
पोखरामा नालीमा बगेर एकजना बेपत्ता
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
४५ डिग्री सेल्सियस तापक्रम बेहोरिरहेका कामदार बस्ने भवनको विद्युत् काटिएपछि…
बाढीपछि हैजा फैलिने खतरा: नुवाकोट र रसुवामा खोप अभियान तीव्र
बाढीपछि हैजा फैलिने खतरा: नुवाकोट र रसुवामा खोप अभियान तीव्र
चालु खाता र शोधनान्तर बचतमा, मुद्रा सञ्चितिले एक वर्षको आयात धान्ने
खैरो हेरोइनसहित पक्राउ
खैरो हेरोइनसहित पक्राउ
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
  यी हुन चालु आवको मौद्रिक नीतिले ल्याएका महत्वपूर्ण व्यवस्था
जब रेफ्रीले रोनाल्डोसँग उनको जर्सी मागे
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल
हस्तकला विधेयक तयार भइसक्यो : मुख्यमन्त्री जम्कट्टेल

तपाईंले छुटाउनुभयो कि?