Friday, May 3
Shadow

mainnews

चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : मन्त्री साउद

चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्छ : मन्त्री साउद

mainnews, विशेष खबर
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले छिमेकी मुलुकहरु चीन र भारतसँगको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले दुवै छिमेकी मुलुकसँगको सम्बन्ध थप मजबुत बनाउनुपर्ने बताए । एउटासँगको सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्न नहुनेमा मन्त्री साउदको जोड थियो। ‘दुई छिमेकी मुलुकको उदयमान अर्थतन्त्रका रुपमा प्रभाव बढ्दो छ। नेपालसँग उनीहरुको परम्परागत सम्बन्ध छ,’ उनले भने, ‘जसलाई थप मजबुत र सुदृढ बनाउनु पर्छ। एउटा सम्बन्धको तुलना अर्को सम्बन्धसँग गर्नु हुँदैन।’ छिमेकी मुलुकसँगको सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्न नहुने भन्दै परराष्ट्रमन्त्री साउदले परदर्शी रुपमा आफ्ना सरोकार राख्नुपर्ने बताए । ‘सम्बन्धमा मनोवैज्ञानिक दबाब महसुस गर्नु हुन्न,’ उनले भने, ‘पारदर्शी रुपले आफ्ना कन्सर्न राख्नुपर्छ।’ भारतसँगको सम्बन्ध ऐतिहासिक र विश...
मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

मलाई किन स्पष्टीकरणको मौका दिइएन ? : प्रचण्ड

mainnews, प्रदेश खबर, विशेष खबर
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिबारे प्रश्न उठेपछि आफूले स्पष्टीकरण दिन खोजे पनि नपाएको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो अभिव्यक्तिमा प्रश्न उठेपछि प्रस्ट पार्न खोजे पनि सदन अवरुद्ध गरेर मौका नदिएको बताए । ‘गम्भीर प्रश्न उठेपछि मैले पहिला बोल्ने अवसर माग गरेको थिएँ । म त सुरु देखि स्पष्ट पार्न तयार भएको थिएँ , तर किन संसद् अवरुद्ध गर्नुभयो ?’, प्रचण्डले भने,  ‘स्पष्टीकरणको मौका पनि नदिई राजीनामा माग्ने ? के त्यही हो संसदीय अभ्यास ?’ उनले आफ्नो अभिव्यक्तिबारे जे हो त्यही भन्न रोष्टममा खडा भएको बताए । संसदीय अभ्यास र पद्धति  कस्तो हुनुपर्छ प्रतिपक्ष दलका संसदहरुलाई राम्रोसंग थाहा भएको समेत प्रचण्डले बताए ।   ‘संसदमा उभिएर यर्थाथ के हो ? मेरो कमजोरी भयो भने कहाँ भयो भनेर भन्न पाउनु पर्दैन ? किन ३ दिनसम्म सं...
‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नाष्टकाे तयारी

‘डाँफे’ र ‘मुनाल’ भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्ने नाष्टकाे तयारी

mainnews, सूचना प्रविधि
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले डाँफे र मुनाल नामका दुई भू–उपग्रह अन्तरिक्षमा प्रक्षेपणको तयारी गरेको छ । यी भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नाष्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले रातोपाटीलाई जानकारी दिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए । त्यो समयमा कमाण्ड दिने, स्याटेलाइटले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए । भारतको बैंगलोरमा रहेको ‘इसरो’ नामक संस्थाले स्याटेलाइट निःशुल्क उडाइदिन्छु भनेर प्रतिबद्धता जनाएको र त्यसका लागि प्रक्रिया सुरु हुने क्रममा रहेको जानकारी दिए । २०७६ साल वैशाखमा पहिलोपटक प्रक्षेपण गरेको ‘नेपाली स्याट–१’ को विकसित रूपमा डाँफै रहेको उनले बताए ।  ‘नेपाली स्याट–१’ नानो भूउपग्रह झन्डै डेढ महिना अन्तरिक्षमा रहेर खसेको थियो । डाँफे भूउपग्रह नि...
रामचन्द्र पौडेल नेपालकाे राष्ट्रपति

रामचन्द्र पौडेल नेपालकाे राष्ट्रपति

mainnews, राजनीति
काठमाडाैँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेपालकाे नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । बिहीबार भएको निर्वाचनमा राष्ट्रपति पदका अर्का उम्मेदवार एमाले नेता सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपति निर्वाचित हुनुभएको हो । पाैडेल नेपालको तेस्रो राष्ट्रपति बन्नुभएको छ । पौडेलले ‍३३ हजार ८ सय २ मतभार प्राप्त गर्नुभयो भने नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गर्नुभयो । राष्ट्रपति चुनावमा संघीय संसद्तर्फ ३१३ सांसद (२४ हजार ७ सय २७ मतभार) र प्रदेशतर्फ ५१८ (२४ हजार ८ सय ६४ मतभार ) सांसदले मतदान गर्नुभएको थियो । चुनावी प्रक्रियामा सहभागी भएका सांसदको कूल मतभार ४९ हजार ५ सय ९१ थियो । राष्ट्रपति निर्वाचित हुनका लागि २६ हजार ३ सय १५ आवश्यक पर्थ्यो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ । उहाँलाई १० दलको समर्थन थियो । २००१ साल असोज २९ गते तनहुँको ब्यासमा जन्मनुभएका पौ...
राष्ट्रपतिमा दुवै पूर्व-सभामुखबीच प्रतिस्पर्धा : यस्तो छ राजनीतिक यात्रा

राष्ट्रपतिमा दुवै पूर्व-सभामुखबीच प्रतिस्पर्धा : यस्तो छ राजनीतिक यात्रा

mainnews, राजनीति
नारायणप्रसाद न्याैपाने काठमाडौँ । फरक राजनीतिक पृष्ठभूमि र सिद्धान्त अँगाले पनि दुवैसँग संसद्को नेतृत्व गरेको अनुभव छ । गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम–२ र पौडेल निर्वाचन क्षेत्र तनहुँ–२ बाट निर्वाचित भएका हुन् । पौडेलसँग उपप्रधानमन्त्रीसहित शान्ति तथा पुनःनिर्माण, गृह, कृषि, सूचना तथा सञ्चारमन्त्रीलगायतको जिम्मेवारी सम्हालेको अनुभव छ भने नेम्वाङले कानून, न्याय तथा संसदीय, सामान्य प्रशासन मन्त्रालयलगायतमा नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए । दुवैले स्थानीय विकास मन्त्रालयको कार्यभार सम्हालेको अर्को संयोग पनि परेको छ । संविधान तथा ऐन–कानूनका व्याख्याता नेम्वाङले विसं २०६२–६३ को आन्दोलनपछि संविधानसभाको अध्यक्षसहित पाँच पटक सभामुखको जिम्मेवारी कुशलतापूर्वक सम्हालेर इतिहास रचेका छन् । समाजवादका व्याख्याता पौडेलले एक कार्यकाल सभामुखको जिम्मेवारी सम्हाल्ने मौक...
युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

युद्धमैदानदेखि प्रदेश सभाको उपभामुखसम्म

mainnews, कर्णाली प्रदेश
० बिस्नप्रसाद न्याैपाने सुर्खेत: कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेको राजनीतिक जीवनको संघर्ष फरक छ। उनी विद्यालय पढ्दा ताका नै दुई दशकअघि जुम्ला तातोपानी हिमशिखर माविमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भईन्। मुलुकमा माओवादी द्वन्द्व बढ्दै जाँदा उनी ०५७ असोज ३ गते नेकपा माओवादीको पूर्णकालीन सदस्य बनिन्। परिवारले भने भाइलाई माओवादी आन्दोलनमा पठाउने र दिदी यसोदालाई थप पढाउन काठमाडौं पठाउने तयारी गरेको थियो। परिवारको निर्णय विपरीत उनी युद्ध मोर्चामा सहभागी भइन्। उनलाई युद्धमा होमिएका बेला बाच्छु जस्तो लागेको रहेनछ। विगत सम्झँदै उनले युद्धमा जोगिएर उपसभामुख हुन्छु भन्ने थाहै नभएको बताइन्। उनले भनिन्, 'परिस्थितिले सत्तामा पुर्‍याउँदो रहेछ। उति बेला त देश र जनताको लागि ज्यान गएप नि जाला भनेर युद्धमोर्चामा लागेका थियौँ। आज उपसभामुखको जिम्मेवारी आएको छ।' माओवादी युद्ध सुरु हुनु ...
‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

‘श्रीमानको मृत्युपछि सन्तानको बिचल्ली’

mainnews, कर्णाली प्रदेश
कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-८ का २५ वर्षीय राजेन्द्र बिष्टको पुस १६ गते भिरबाट लडेर निधन भयो। घाँसपात गर्न गएका उनी कहिले घर नआउने गरी सधैँका लागि अस्ताए। दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका राजेन्द्रको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलाग्यो। यसै पनि दैनिक जीवनयापन गर्न समेत कठिनाइ भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रपात आइलागेको छ। उनको निधनपछि ३ सन्तान र एक श्रीमतीको बिचल्ली भएको छ। परिवारमा आर्थिक अवस्था कमजोर भएपछि तिन सन्तानको बिचल्ली भएको हो। उनकी २१ बर्षीया श्रीमती पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि किरिया खर्चको पनि अभाव भएको छ। ३ सन्तानको भविष्य पनि अन्धकार छ। मृतक विष्ट परिवारलाई किरिया खर्च एवं बालबच्चाको पठनपाठनको लागि आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन्। 'घरमा ३ ब...
गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

गोरखा र कृषि टिभीका पत्रकारको विचल्ली, श्रम शोषक तेजविक्रमको निवास घेर्ने

mainnews, सूचना प्रविधि
ललितपुर । ललितपुरको जावलाखेलबाट सञ्चालन भईरहेको गोर्खा र कृषि टेलिभिजनले कर्मचारीको बिचल्ली बनाएको छ । साझा सञ्चार मिडिया प्रा.लि.को नामले सञ्चालित आएको ती दुई टेलिभिजनले करिब ९ महिनादेखि कर्मचारीको तलवभत्ता नदिदा कर्मचारीहरुको बिचल्ली भएको हो । व्यवस्थापक तेजविक्रम थापाले महिनौंसम्म झुल्याएको र श्रमजीवीको श्रम शोषण गरेपछि अब निवास नै घेराउ गर्नुपर्ने स्थिति आएको श्रमजीवी पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले बताए । ९ महिनादेखि पत्रकार र कर्मचारीलाई बिभिन्न आश्वासन दिएर काम गर्न लगाई दशै तिहार जस्तो चाड पर्वमा समेत तलव नदिएको कर्मचारीहरुको गुनासो रहेको छ । उक्त टेलिभिजनमा १५ जना भन्दा बढि कर्मचारीले काम गरिरहेका छन् । व्यवस्थापन पक्ष हेरिरहेकी टेलिभिजनको सिईओ लक्ष्मी चौधरीले राजिनामा दिदै कर्मचारीको बिचल्ली पारेर चुनावी मैदानमा राप्रपाको उम्मेदवार भएसँगै  उनको राजिनामासँगै टेलि...
कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

कालिकोटमा महेन्द्र बहादुर शाहीकाे अग्रता, पछ्याउदै नेशनल

mainnews, कर्णाली प्रदेश
कालिकाेट । कालिकोटमा नेकपा (माओवादी केन्द्र) का महेन्द्रबहादुर शाहीले अग्रता लिएका छन् । पहिलो चरणका ३ मतान्तरले अग्रता लिएका नेकपा एमालेका नगीन्द्र शाही ‘नेशनल’ दोस्रो चरणमा २४९ मतान्तरले पछि परेका छन् । प्रतिनिधि सभातर्फको १ हजार १२ मतगणना गर्दा पुर्व मुख्यमन्त्री शाहीले ५७५ मत प्राप्त गरेका छन् भने एमाले नेता शाहीले ३२६ मत पाएका छन् । यस्तै राप्रपाका राप्रपा धन बहादुर बुढाले ३१, नेमकिपाका खड्ग राज शाही २१, स्वतन्त्र उम्मेदवार काशिचन्द्र बराल २१ र ३८ मत बदर छन् ।...
आफूहरूकाे विजय सुनिश्चित भएकाे सत्तागठबन्धनको दावी

आफूहरूकाे विजय सुनिश्चित भएकाे सत्तागठबन्धनको दावी

mainnews, राजनीति
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तागठबन्धनले आफूहरूको जित सुनिश्चित भएको दाबी गरेको छ । विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । आगामी निर्वाचनबाट विघटनकारी तथा प्रतिगमनका पक्षधरहरूको गठवन्धनलाई उदाङ्गो पार्दै परास्त गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । अपिलमा भनिएको छ, ‘देशको संविधान, कानून, विधि र प्रक्रिया उल्लंघन गरी दुई-दुई पटक गरेको प्रतिनिधि सभा विघटन र कोरोना महामारीमा परेका नागरिकलाई खोप दिलाउनु सट्टा भ्रष्टाचारमा निर्लिप्त हुदै अनेकन स्वेच्छाचारी र प्रतिगामी कदम चालेपछि तत्कालीन सरकारविरुद्ध २०७८ असारमा यो गठबन्धन बनाउनु परेको विदितै छ ।’ गठबन्धनको ...
सडकमा उत्रिए सुकुम्वासी

सडकमा उत्रिए सुकुम्वासी

mainnews, समाज
सरकारले बागमती नदी करिडोर क्षेत्रका घर टहरा भत्काउने अल्टिमेटम दिएको भन्दै सुकुम्वासीहरू आन्दोलनमा उत्रिएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रवार एक सूचना जारी गर्दै १० दिनभित्र बागमती नदी करिडोर क्षेत्र ओगटेर बनाएका घर टहरा भत्काउन अल्टिमेटम दिएको हो । सुकुम्वासीहरूको समस्या समाधान नगरी घर टहरा भत्काउने निर्देशन दिइएको भन्दै सुकुम्वासीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । आफूहरूलाई संविधानविपरीत हटाउन लागेको उनीहरूको गुनासो छ । यसै सन्दर्भमा उनीहरूले बिहीबार राजधानीमा खबरदारी र्‍यालीको आयोजना गरेका छन् ।...
राससका पत्रकारको रोजगारी सुनिश्चित गर्न सञ्चार संघ/संगठनहरुको माग

राससका पत्रकारको रोजगारी सुनिश्चित गर्न सञ्चार संघ/संगठनहरुको माग

mainnews, सूचना प्रविधि
काठमाडौँ, । राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत  पेशागत  संघसंगठनले माग गरेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बसेको  सयुक्त बैठकले राससमा कार्यरत २२  श्रमजीवि पत्रकारलाई कुनै पनि वहानामा हटाइएको खण्डमा महासंघकै नेतृत्वमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल पत्रकार महासंघलगायत विभिन्न पत्रकारसम्वद्ध संघ÷संगठनहरुसहित असोज २७ गतेदेखि संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानस्तरीय संघर्ष समितिद्धारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने महासंघलगायत सबै संघ÷संगठनहरुको सशक्त उपस्थितिसहित आन्दोलनलाई अझ प्रभावकारी बनाउने गरी संयुक्त परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ । नेपाल पत्रकार महासंघलगायत संघसंगठनको संयुक्त बैठकले राससमा कार्...
घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

घनश्याम भुसाल रूपन्देही-१ बाट स्वतन्त्र वाम उम्मेद्वार

mainnews, लुम्बिनी प्रदेश
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा टिकट नपाएपछि एमाले परित्याग गरेका नेता घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनले गठबन्धनको सहयोगमा उम्मेदवार बने आफू बाम लोकतान्त्रिक उम्मेदवार भएको दाबी गरेका छन्। सत्ता गठबन्धनको भागबण्डामा रूपन्देही १  माओवादीको भागमा परेको थियो। माओवादीले आफ्नै चुनाव चिह्नबाट चुनाव लड्न अनुरोध गरे पनि उनले अहिले आफू स्वतन्त्रकै रुपमा लड्ने जानकारी गराए। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन्। आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए। उनले आइतबार बिहान प्रतिनिधि सभाका लागि रूपन्देही १ बाटै उम्मेदवारी दिने घोषणा गरेका हुन्।...
पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

पुर्व प्रधानमन्त्रीहरूले चुनाव नलडाैं भन्छन् बाबुराम

mainnews, गण्डकी प्रदेश
काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् । सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगेका वा नजिक भएका नेता चुनाव नलडौँ भन्ने हो । हामीले अभिभावकीय भूमिका निर्वाह गरौं भनिराख्नु भएको छ’ भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने,‘त्यसैले, आफू नलडेर युवालाई अघि सार्न खोज्नु भएको छ । आगामी चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा निर्णयमा पुगिसक्नु भएको छैन ।’ भट्टराईले आगामी चुनाव नल...
संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

संविधान दिवसमा राष्ट्रपतिदेखि दलका नेताले दिए शुभकामना

mainnews, अन्तर्वार्ता, बागमती प्रदेश
काठमाडौं । आज संविधान दिवस । दोस्रो संविधानसभाले ३ असोज २०७२ मा संविधान जारी गरेको थियो । त्यही दिनको सम्झनामा सरकारले हरेक वर्ष विशेष कार्यक्रमसहित संविधान दिवस मनाउँदै आएको छ । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । सरकारले आज सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा आज संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ । समारोहमा पुष्पवृष्टि, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्काउटद्वारा कवाज, विभिन्न धार्मिक–सामाजिक संघसंस्थाबाट विभिन्न जातजातिको भेषभूषा झल्कने झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ । यसैबीच राष्ट्रपति विद्यादेवी...
माउन्टेन टिभीको सेवा सुविधा रोकी कालोसूचीमा राख्न माग

माउन्टेन टिभीको सेवा सुविधा रोकी कालोसूचीमा राख्न माग

mainnews, सूचना प्रविधि
श्रमजीवी पत्रकार संघ नेपालले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने माउन्टेन टेलिभिजनलाई कालोसूचीमा राख्न प्रेस काउन्सिल, नेपाल, प्रेस रजिस्ट्रार र न्यूनतम पारिश्रमिक निर्धारण समितिमार्फत सरकारसँग आग्रह गरेको छ । घरजग्गा कारोबारी राजु कँडेलले सञ्चालन गर्दै आएको माउन्टेन टिभीमा हाल कार्यरत पत्रकार कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार पारिश्रमिक सेवा सुविधा नदिएपछि श्रमजीवी–पत्रकार संघ, नेपालले आन्दोलनको घोषणा गरेको छ । माउन्टेन टिभीमा हाल कार्यरत र विगतमा काम गरेका पत्रकार र कर्मचारीलाई श्रमजीवी पत्रकार ऐन अनुसार सेवा सुविधा नदिएको, बाँकी बक्यौता भुक्तानी नगरेको भन्दै श्रमजीवी–पत्रकार संघ, नेपालमा उजुरी परेको थियो । उजुरी पछि संघका अध्यक्ष जन्मदेव जैसीले पटक –पटक श्रमजीवी पत्रकारहरूको माग संशोधन गर्न अध्यक्ष कँडेललाई ध्यानाकर्षण गराए पनि कँडेलले विभिन्न बहानामा त्यसलाई टार्दै आएक...