बालिकाहरूलाई शिक्षाको मूलधारमा जोड्दै मुगुमा दुई लाखको छात्रवृत्ति वितरण

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
१ पटक हेरिएको
Shares
बालिकाहरूलाई शिक्षाको मूलधारमा जोड्दै मुगुमा दुई लाखको छात्रवृत्ति वितरण

सारांश

  • मानव अधिकार तथा शान्ति समाजले विकट कर्णालीका दलित तथा विपन्न बालिकाहरूलाई शिक्षाको मूलधारमा जोड्ने उद्देश्यका साथ आर्थिक सहयोग अभियानलाई तीव्रता दिएको छ।
  • संस्थाले स्थापना गरेको अक्षयकोषको ब्याजबाट मुगुका १० वटा विद्यालयमा अध्ययनरत दलित समुदायका २० जना विपन्न छात्रालाई प्रतिव्यक्ति रु १० हजारका दरले कुल रु दुई लाख बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ।
  • छात्रवृत्ति वितरण कार्यक्रम गमगढीस्थित शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभाको विशेष अवसरमा हालै सफलतापूर्वक सम्पन्न भएको हो।
मानव अधिकार तथा शान्ति समाजले विकट कर्णालीका दलित तथा विपन्न बालिकाहरूलाई शिक्षाको मूलधारमा जोड्ने उद्देश्यका साथ आर्थिक सहयोग अभियानलाई तीव्रता दिएको छ। संस्थाले स्थापना गरेको अक्षयकोषको ब्याजबाट मुगुका १० वटा विद्यालयमा अध्ययनरत दलित समुदायका २० जना विपन्न छात्रालाई प्रतिव्यक्ति रु १० हजारका दरले कुल रु दुई लाख बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ।
छात्रवृत्ति वितरण कार्यक्रम गमगढीस्थित शान्ति समाज मुगु शाखाको जिल्ला साधारण सभाको विशेष अवसरमा हालै सफलतापूर्वक सम्पन्न भएको हो। मुगु शाखाका सभापति चित्रबहादुर मल्लको सभापतित्वमा आयोजित उक्त सभामा समाजका उपनिर्देशक सरिता पौडेलले वर्ष २०८३ को छात्रवृत्ति प्रदान गरिएको जानकारी गराउनुभएको थियो।
‘छोरी पढाऔँः गरिमा बढाऔँ’ भन्ने मूल मर्मका साथ सञ्चालित यस अभियानले कर्णालीका ग्रामीण भेगका बालबालिकालाई पठनपाठनमा निरन्तरता दिन उल्लेख्य प्रोत्साहन पुर्‍याएको छ। शान्ति समाजले २०८० सालदेखि लगातार तीन वर्षसम्म कर्णालीका बालिकाहरूलाई रु २७ लाख ९६ हजारभन्दा बढीको छात्रवृत्ति वितरण गरी सामाजिक सद्भाव र शैक्षिक सशक्तीकरणमा योगदान पुर्‍याउँदै आएको छ।
शैक्षिक सहयोगलाई दिगो बनाउन समाजका पदाधिकारी, पूर्व पदाधिकारी तथा शुभचिन्तकहरूको व्यक्तिगत योगदानबाट रु १९ लाखको स्थायी अक्षयकोष खडा गरिएको हो। महासचिव प्रकाश शाही, पूर्ववरिष्ठ उपसभापति कृष्णबहादुर रावललगायत विभिन्न व्यक्तिहरूले जम्मा गरेको उक्त कोषबाट प्राप्त हुने वार्षिक ब्याज रकममार्फत विकट क्षेत्रका छात्राहरूले प्रत्येक वर्ष निरन्तर अध्ययन सहयोग प्राप्त गरिरहेका छन्।
साधारण सभाका क्रममा समाजका महासचिव प्रकाश शाही, सुर्खेत शाखा सभापति एसआर पाण्डे र सचिव रेशमबहादुर भण्डारीले शान्ति समाजले सञ्चालन गरिरहेको जलवायु न्याय तथा सामाजिक सद्भाव प्रवर्द्धन अभियानबारे स्पष्ट पार्नुभएको थियो। शिक्षा प्रणालीमा सुधार ल्याउँदै दलित तथा पिछडिएका वर्गका छोरीहरूको भविष्य उज्ज्वल बनाउन यस्ता कल्याणकारी कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?