पहिरोले बेनी-जोमसोम सडक ठप्प: कोरलादेखि लेतेसम्म दसैँ लक्षित ५ सय कन्टेनर अलपत्र

Asmita-Newsdesk Asmita-Newsdesk
|
बुधबार, आश्विन २१, २०८३
|
|
० पटक हेरिएको
Shares
पहिरोले बेनी-जोमसोम सडक ठप्प: कोरलादेखि लेतेसम्म दसैँ लक्षित ५ सय कन्टेनर अलपत्र

सारांश

  • असोज दोस्रो साताको अविरल वर्षा, बाढी, पहिरो र हिमपातका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी-मुस्ताङ सडकखण्ड अवरुद्ध हुँदा उत्तरी नाका कोरलादेखि लेतेसम्म झन्डै पाँच सय मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधन सडकमै थप्प भएका छन्।
  • म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका क्षेत्रमा पहिरोले सडक सञ्जाल विच्छेद गरेपछि दसैँ-तिहार लक्षित लत्ताकपडा, खाद्यान्न र विद्युतीय गाडी बोकेका कन्टेनरहरू विगत एक सातादेखि अलपत्र परेका हुन्।
  • भारी वर्षा र पहिरोले म्याग्दी खण्डमा केन्द्रीय ३३ केभी प्रसारण लाइनका विद्युत् पोल ढालेपछि उपल्लो मुस्ताङ क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएको थियो।
असोज दोस्रो साताको अविरल वर्षा, बाढी, पहिरो र हिमपातका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी-मुस्ताङ सडकखण्ड अवरुद्ध हुँदा उत्तरी नाका कोरलादेखि लेतेसम्म झन्डै पाँच सय मालवाहक कन्टेनर तथा विद्युतीय सवारीसाधन सडकमै थप्प भएका छन्। म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका क्षेत्रमा पहिरोले सडक सञ्जाल विच्छेद गरेपछि दसैँ-तिहार लक्षित लत्ताकपडा, खाद्यान्न र विद्युतीय गाडी बोकेका कन्टेनरहरू विगत एक सातादेखि अलपत्र परेका हुन्।
भारी वर्षा र पहिरोले म्याग्दी खण्डमा केन्द्रीय ३३ केभी प्रसारण लाइनका विद्युत् पोल ढालेपछि उपल्लो मुस्ताङ क्षेत्रमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएको थियो। यसका कारण मुस्ताङ भन्सार कार्यालयमा चीनबाट पैठारी गरिएका सामानको डिजिटल जाँचपास प्रक्रिया रोकिएपछि नाकामा कन्टेनरहरूको लामो लाइन लागेको हो। यद्यपि जोमसोम-कोरला खण्ड मर्मत भएसँगै केही मालवस्तु भने जोमसोम बसपार्कसम्म ल्याएर राखिएको छ।
बाढी पहिरोले पुर्याएको क्षति र सडकको नाजुक अवस्थालाई दृष्टिगत गर्दै कालीगण्डकी करिडोर सडक आयोजनाका प्राविधिक तथा निर्माण टोलीले अवरुद्ध सडक खुलाउन तीव्र गतिमा काम गरिरहेका छन्। प्राविधिकहरूका अनुसार पहिरो हटाई बेनी-जोमसोम पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै कम्तीमा एक साता लाग्ने देखिन्छ।
सडक सञ्जाल र सञ्चार सम्पर्क विच्छेद हुँदा नाकामा अहिले पनि करिब ३०० भन्दा बढी मालवाहक कन्टेनर र २०० भन्दा बढी नयाँ विद्युतीय सवारीसाधन भन्सार जाँचपास र यातायातको पर्खाइमा रहेको स्थानीय चालकहरूले बताएका छन्। यसरी दसैँ-तिहारका लागि नेपाल भित्र्याइएका अत्यावश्यक सामग्रीहरू मुस्ताङमै रोकिँदा व्यापारीहरू ठूलो आर्थिक मारमा परेका छन्।
चाडपर्वको मुखमा उत्तरी व्यापारिक नाका ठप्प भई करोडौँ मूल्यका सामान बजारसम्म पुग्न नसक्दा सर्वसाधारण उपभोक्ताहरू सामान खरिदबाट वञ्चित भएका छन् भने नेपाली बजारको आर्थिक गतिविधिमा समेत गम्भीर असर परेको छ। सरोकारवाला निकायहरूले सडक र सञ्चार सेवा यथाशीघ्र सुचारु गरी सामान गन्तव्यतर्फ पठाउन पहल गरिरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली बजारमा प्रतिबन्धित र गुणस्तरहीन भारतीय खानेतेल
नेपाली बजारमा प्रतिबन्धित र गुणस्तरहीन भारतीय खानेतेल
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
‘मिस विभा २०२४’ को ताज प्रेमा लामगाढेलाई
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
सेयर बजार २७४५ अंकमा, बढ्यो कारोबार
बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
बहालवाला मुख्सचिव र सहसचिव विरुद्ध करिब ३९ करोडको भ्रष्टाचारको मुद्दा
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
प्रचण्ड सरकारको तेस्रो मन्त्रिपरिषद् विस्तार हुँदै
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
निर्वाचनको मुखमा राज्यकोषबाट ४ करोड ५८ लाख वितरण,रकम सकिएपछि अर्थसँग मागियो १० करोड
देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’
देउवालाई सिंहको चेतावनीः ‘तपाईदेखि डराउने कुरै छैन’
प्रधानमन्त्री ओलीले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई
निर्वाचन सम्पन्न भएपछी यस्तो आयो प्रधानमन्त्रीको भनाई
नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;
नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;

तपाईंले छुटाउनुभयो कि?