कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
कांग्रेस नेता भण्डारीको पहिलो शल्यक्रिया सफल

सारांश

  • काठमाडौँ ।
  • एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ ।
  • नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

काठमाडौँ । एलपिजी ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पहिलो शल्यक्रिया आज सफलतापूर्वक सम्पन्न भएको छ । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ ।

मुख्य सर्जन डा सुनिल केसवानीको भनाइअनुसार नेता भण्डारीको दायाँ खुट्टामा ‘डिप इन्जुरी’ रहेका कारण सोचेभन्दा धेरै समय शल्यक्रियामा लागेको, तर खुट्टा सामान्य रहेको उपचार समन्वयमा सँगै रहनुभएका कांग्रेस नेता योगराज कँडेलले जानकारी दिए । दुवै खट्टाको शल्यक्रिया सम्पन्न भएको र दोस्रो शल्यक्रिया गर्ने वा नगर्ने ‘अब्जर्वेसन’पछि मात्र निर्णय हुने नेता कँडेलले जानकारी दिए ।

बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएकी थिइन्। आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा बिहीबार बिहान निधन भएको हो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलन भएको थियो ।

उनको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्रीएयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्
नेताले देखाएका सपनाले पेट भरिन्न
नेताले देखाएका सपनाले पेट भरिन्न
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
यी हुन् प्रहरीलाई मध्यरातमा गाली गर्ने अनौठो सोखका व्यक्ति, प्रहरीले धुइँपताल खोज्दा ‘कुल्ली’ पो रहेछन्
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
बाबुरामलाई बधाई दिंदै नारायणकाजीले ट्वीटरमा लेखे – म खुशी नै छु
नेपालमा विदेशी पर्यटक आगमन १२ लाख नाघ्यो
नेपालमा विदेशी पर्यटक आगमन १२ लाख नाघ्यो
कम्युनिष्टलाई माक्र्सवाद सिकाउने गुरु कांग्रेस नेता
कम्युनिष्टलाई माक्र्सवाद सिकाउने गुरु कांग्रेस नेता
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
अर्जेन्टिनाद्वारा मेक्सिको पराजित
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
देशभक्त जनसेना निर्माणको वस्तुगत आवश्यकत्ता बढेको छ : नेकपा (माओवादी केन्द्र)
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !
अनाथ बालबालिकाहरुको सहयोगार्थ भएकाे ज्ञान महायज्ञ शिबपुराण सम्पन्न !

तपाईंले छुटाउनुभयो कि?