लालबकैया पुल निर्माण अन्तिम चरणमा: लामो अन्योल सकिँदै, सञ्चालनको तयारी

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
१ पटक हेरिएको
Shares
लालबकैया पुल निर्माण अन्तिम चरणमा: लामो अन्योल सकिँदै, सञ्चालनको तयारी

सारांश

  •  लामो समयदेखि अन्योलमा परेको रौतहटको निजगढस्थित लालबकैया नदीमाथिको पक्की पुल अन्ततः सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
  • पूर्वाधार विकास मन्त्रालयले प्राविधिक तथा वित्तीय अड्चनहरू फुकाएपछि आयोजनाले गति लिएको हो र अब चाँडै स्थानीयवासीले सुरक्षित आवागमनको सुविधा पाउने भएका छन्।
  • विक्रम संवत् २०७१ सालमा तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको लापरवाहीका कारण पुलको काम लामो समय ठप्प बनेको थियो।
 लामो समयदेखि अन्योलमा परेको रौतहटको निजगढस्थित लालबकैया नदीमाथिको पक्की पुल अन्ततः सञ्चालनको अन्तिम चरणमा पुगेको छ। पूर्वाधार विकास मन्त्रालयले प्राविधिक तथा वित्तीय अड्चनहरू फुकाएपछि आयोजनाले गति लिएको हो र अब चाँडै स्थानीयवासीले सुरक्षित आवागमनको सुविधा पाउने भएका छन्।
विक्रम संवत् २०७१ सालमा तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीको लापरवाहीका कारण पुलको काम लामो समय ठप्प बनेको थियो। म्याद पटक-पटक थप्दा पनि काम पूरा नभएपछि सरकारले पुरानो ठेकेदारलाई कालोसूचीमा राखी २०७९ मा पुनः नयाँ ठेक्का प्रक्रियामार्फत बाँकी निर्माण अघि बढाएको हो।
नयाँ ठेक्कापछि पनि पुराना संरचनाको दायित्व र बजेट अभावका कारण केही समय काम रोकिएकोमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको पहलमा समस्या सुल्झाइएको छ। डिभिजन कार्यालयमार्फत दायित्व स्पष्ट पार्दै आवश्यक बजेट पूर्ण रूपमा व्यवस्था गरिएपछि निर्माण कार्यले तीव्रता पाएको मन्त्रालयले जनाएको छ।
हाल सो पुलका ६ वटै स्पानका साथै सर्वसाधारणका लागि फुटपाथ, सुरक्षा रेलिङ र एक्सपान्सन जोइन्ट जोड्ने मुख्य कामहरू पूर्ण रूपमा सम्पन्न भइसकेका छन्। अब सवारीसाधन सञ्चालनका लागि आवश्यक पर्ने पहुँच सडक निर्माण र नदीको धार व्यवस्थापनसम्बन्धी अन्तिम चरणका कामहरू तीव्र गतिमा भइरहेका छन्।
 सडक र नदी नियन्त्रणको काम सम्पन्न हुनासाथ पुल सञ्चालनमा आउनेछ, जसले रौतहट तथा आसपासका बासिन्दाको दैनिक आवागमनलाई सहज बनाउनुका साथै क्षेत्रीय यातायात र व्यापारमा ठूलो सुधार ल्याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?