जापानको निर्यातमा निरन्तर गिरावट

Abhiyanpost Abhiyanpost
|
मंगलबार, चैत्र ५, २०७५
|
|
५४ पटक हेरिएको
Shares
जापानको निर्यातमा निरन्तर गिरावट

सारांश

  • टोकियो, जापान, ४ चैत (रासस÷एएफपी) : जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
  • जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो ।
  • हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।

टोकियो, जापान, ४ चैत (रासस÷एएफपी) : जापानको निर्यात दरमा गत फेब्रुअरीमा पनि गिरावट देखिएको जापान सरकारले सोमबार सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । जापानको निर्यातमा गत डिसेम्बरदेखि निरन्तर तेस्रो महिनासम्म गिरावट देखिएको हो । हुनत जापानको आयात दर पनि यो समयमा घटेको देखिएको छ ।

कारोबारमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्रले सन् २०१९ का लागि निर्धारण गरेको आर्थिक वृद्धि दरको लक्ष्यमा नकारात्मक प्रभाव त छोड्ने होइन, विश्लेषकहरू झस्किएका छन् ।

गत बर्षको सोही समयमा जापानको निर्यात दर ६.७ प्रतिशत अर्थात् ६.३८ ट्रिलियन यन रहेकोमा यस बर्ष यसबाट १.२ प्रतिशतको कमी आएको हो । त्यस्तै आयातमा पनि निकै कमी आएको छ अर्थात् जापानको आयातमा पनि यस बर्ष ६.७ प्रतिशतले कमी आई ६.०५ ट्रिलियन यन कायम भएको छ ।

प्रविधि क्षेत्रको सामानको मागमा आएको ह्रास र समग्र सामानको आयात तथा निर्यातमा देखिएको गिरावटले विश्वको तेस्रो ठूलो अर्थतन्त्र जापानलाई तत्काल सोच्न बाध्य बनाएको छ, मिजुहो रिसर्च इन्स्टिच्युटका अर्थशास्त्री आसुको साकामोतोले एएफपीसँगको कुराकानीमा बताउनुभयो ।
साकामोतोले भन्नुभयो, “आयातमा देखिएको कमजोर तथ्याङ्कले जापानी बजारमा यहाँका कम्पनीद्वारा गर्दै आएको उत्पादनमा आएको गिरावटलाई प्रतिबिम्बित गरेको र यसले जापानी अर्थतन्त्रमा पार्नसक्ने प्रभावप्रति चासो बढेको छ ।”

विश्लेषकहरूले जापानी अर्थतन्त्रको समस्या आउनसक्ने आधारलाई मध्यनजर गर्दैै निर्यात तथा कर्पोरेट लगानीलाई नजिकमा रहेर नियालीरहेका छन्, उहाँले बताउनुभयो ।

यद्यपि उक्त समयमा जापानको चीन निर्यात हुने सामानमा ५.५ प्रतिशतले वृद्धि आएको । आयातमा १५.८ प्रतिशतले कमी आएको छ । यसबाट अमेरिका–चीन व्यापार विवादको लाभ चीनसँगको कारोबारका हिसाबले जापानले लिएको देखिन्छ । जापानमा यस बर्ष चीनबाट हुने कपडा, धातुजन्य उत्पादन र श्रव्यदृष्य सामग्रीको आयातमा कमी आएको देखिएको छ ।

राजनीतिकरूपमा अमेरिकासँग अत्यधिक संवेदनशील रहने जापानको अर्थबजारमा अघिल्लो बर्षको तुलनामा यो बर्ष ०.९ प्रतिशतले कमी आउँदा छ खर्ब २४ अर्ब ९० करोड जापानी यनको कारोबार भएको थियो ।

त्यस्तै यूरोपेली यूनियनसँगको कारोबारमा ५८ अर्ब २ करोड यनको लाभ भएको देखिएको छ ।
फेब्रुअरीमा जापानको जम्मा व्यापार नाफा तीन खर्ब ३९ अर्ब जापानी यन कायम हुन आएको तथ्याङ्क छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ
एनएमबी बैंकले पायो अन्तर्राष्ट्रिय अवार्ड
एनएमबी बैंकले पायो अन्तर्राष्ट्रिय अवार्ड
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
सामाजिक सञ्जालमा भाइरल बनेको राष्ट्रपति र प्रधानमन्त्रीको टीका
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड
प्रम ओली किन झोक्किएर हिडे सचिवालय बैठकबाट ?
बगरको कर तिर्दै बगरफाँटवासी,गाउँ उच्च जोखिममा
बगरको कर तिर्दै बगरफाँटवासी,गाउँ उच्च जोखिममा
सामाजिक सञ्जालको दुरुपयोग : सयौं युवायुवतीको भविष्य धरापमा
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
उपचारको नाममा शोषणः टुल्कुले धेरैलाई दासी बनाएको थिए
उपचारको नाममा शोषणः टुल्कुले धेरैलाई दासी बनाएको थिए
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

तपाईंले छुटाउनुभयो कि?