एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र १३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
एसिया कप छनाेटः तिन दावेदार नेपाल, ह‌ङ्कङ् र युएइकाे यस्ताे रह्याे पहिलाे इन्निङ

सारांश

  • काठमाडौँ, १३ भदौ ।
  • एसिया कप छनोट प्रतियोगिताको पहिलो दिनको खेलमा सबै टोलि एक आपसमा भिडिरहेका छन् ।
  • पहिलो खेलमा हङ्कङ् र आयोजक मलेसिया खेलिरहेका छन्, भने दोस्रो खेल नेपाल र ओमान बिच चलिरहेको छ ।

काठमाडौँ, १३ भदौ । एसिया कप छनोट प्रतियोगिताको पहिलो दिनको खेलमा सबै टोलि एक आपसमा भिडिरहेका छन् । पहिलो खेलमा हङ्कङ् र आयोजक मलेसिया खेलिरहेका छन्, भने दोस्रो खेल नेपाल र ओमान बिच चलिरहेको छ । त्यस्तै तेस्रो खेलमा सिंगापुर र युएइ खेलिरहेका छन् ।

प्रतियोगिताका दावेदार मानिएका नेपाल, हङ्कङ् र युएई तीनै टालिले पहिले ब्याटिङ गरेका छन् । ति मध्ये युएइको प्रदर्शन सबैभन्दा राम्रो देखिएको छ । युएईले ४९ ओभरको खेल सकिँदा आफ्नो ८ विकेट गुमाउँदै ३ सय१२ रन बनाएको छ । त्यस्तै नेपालले मध्यम स्तरको खेल खेल्दै ९ विकेट गुमाएर २ सय २१ रन बनाएको थियो । भने मलेसियाले हङ्कङ्लाई दबावमा राख्दै मात्र १६१ रनमा रोकेको थियो ।

तिनै खेलको पहिलो इन्निङ सकिँदा मलेसियाले पनि उपाधिका लागि आफ्नो दावेदारी पेश गरेको मान्न सकिन्छ । नतिजा कसको पक्षमा जान्छ त्यो भने हेर्न बाँकि नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?