सूर्यदेवलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर १, २०८३
|
|
२ पटक हेरिएको
Shares
सूर्यदेवलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सम्पन्न

सारांश

  • अब छठ केवल मधेस वा तराईको मात्र पर्व रहेन ।
  • यो आज काठमाडौंको साझा सांस्कृतिक धुकधुकी बनिसकेको छ ।
  • चिसो पानीमा घुँडासम्म डुबेर, नाकको टुप्पोदेखि सिउँदोसम्म पहेँलो–रातो सिन्दूर सजाई, हातमा करुवा, कलश र धूपबत्ती लिएर उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिइरहेका ब्रतालुहरूको मुहारमा देखिने शान्तिले हरेक दर्शकलाई भावविभोर बनाउँछ ।

अब छठ केवल मधेस वा तराईको मात्र पर्व रहेन । यो आज काठमाडौंको साझा सांस्कृतिक धुकधुकी बनिसकेको छ ।

चिसो पानीमा घुँडासम्म डुबेर, नाकको टुप्पोदेखि सिउँदोसम्म पहेँलो–रातो सिन्दूर सजाई, हातमा करुवा, कलश र धूपबत्ती लिएर उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिइरहेका ब्रतालुहरूको मुहारमा देखिने शान्तिले हरेक दर्शकलाई भावविभोर बनाउँछ ।

बिहानैदेखि छठ घाटको सिँढीहरू सयपत्री फूलको माला, उखुका लाँक्रा, बाँसको छिटा र माटाका दियोहरूले भरिएका छन् । एकातिर ज्याकेट, ऊनी टोपी र न्यानो दोसल्लामा सजिएका परिवारजन हुन्छन् भने अर्कोतिर चिसो पानीको कुनै परवाह नगरी घुँडासम्म जलमा उभिएका व्रतालुहरू । यही विपरीत दृश्यले काठमाडौंको छठलाई अझ विशेष र मार्मिक बनाउँछ ।

जब अघ्र्य दिने बेला आउँछ, तब सम्पूर्ण घाटमा एक किसिमको दिव्य मौनता र एकाग्रता छाउँछ । चाँदी, तामा र पीतलका करुवा अनि कलशहरू आकाशतिर उचालिन्छन् । धूपको सुगन्धित धुवाँसँगै बगेको दूध र जलको अविरल धारमा व्रतालुहरूको महिना दिनदेखिको व्रत, तपस्या र सदिच्छा मिसिएको हुन्छ ।

छठ पूजा एकल प्रयास होइन, यो सिङ्गो परिवारको साझा अनुष्ठान हो । कतै श्रीमानले श्रीमतीको हात थामेर दूधको अघ्र्य दिइरहेका छन् त कतै हजुरबुबादेखि नाति–नातिनासम्म एउटै पानीमा उभिएर सूर्यदेवलाई नमन गरिरहेका छन् । बन्द आँखा र जोडिएका हातहरूमा देखिने निश्छल भक्तिले पुस्ताबीचको आत्मीयतालाई अझ प्रगाढ बनाउँछ ।

सूर्यको किरणसँगै पानीमा झरेका दूध र जलका प्रत्येक थोपाले केवल धार्मिक अनुष्ठान मात्र पूरा गर्दैनन्, तिनले प्रकृतिप्रतिको कृतज्ञता, पारिवारिक एकता र सांस्कृतिक सद्भावको सन्देश पनि प्रवाहित गर्छन् ।

काठमाडौंका घाटहरूमा गुञ्जिने छठका लोकभाका, पातला ज्याकेट र राता साडीहरूको यो मेलले नेपाली समाजको बहुलता र आत्मीयतालाई अझ उज्यालो बनाएको छ । –न्युज एजेन्सी नेपाल

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्तरिक राजश्व शुल्क घट्यो
आन्तरिक राजश्व शुल्क घट्यो
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
सन्दीपको प्रदर्शन नेपाली क्रिकेटको विकास लागि ठूलो उर्जा– प्रचण्ड
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
सत्यश्वर महादेवको मन्दिरमा शिवपुराण महायज्ञ सञ्चालन
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
उपकुलपति डा. भण्डारीका कारण राप्ती उपक्षेत्रीय अस्पताल डामाडोल, भविष्य धरापमा
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा जितिया पर्वको शुभकामना
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा मृत्यु
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी  (नामसहित)
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी (नामसहित)
सुनको मुल्य निरन्तर घट्दै
सुनको मुल्य निरन्तर घट्दै
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस
वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस

तपाईंले छुटाउनुभयो कि?