गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी (नामसहित)

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन ६, २०७४
|
१
|
५५ पटक हेरिएको
Shares
गठबन्धनका २५ बढी नेता मन्त्रीका आकांक्षी, माओवादीबाट बढी  (नामसहित)

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • गत बिहीबार एमाले अध्यक्ष केपी ओली बामगठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त भएसँगै यतिबेला को मन्त्री बन्नेबारे चर्चा सुरु हुन थालेको छ ।
  • एमाले र नेकपा माओवादी केन्द्रमा दुई दर्जन बढी नेता मन्त्रीका आकांक्षी देखिएका छन् ।

काठमाडौं, ६ फागुन । गत बिहीबार एमाले अध्यक्ष केपी ओली बामगठबन्धनबाट प्रधानमन्त्रीमा नियुक्त भएसँगै यतिबेला को मन्त्री बन्नेबारे चर्चा सुरु हुन थालेको छ । एमाले र नेकपा माओवादी केन्द्रमा दुई दर्जन बढी नेता मन्त्रीका आकांक्षी देखिएका छन् ।

प्रधानमन्त्री ओली बढीमा १५ वटा मन्त्रालय रहने सरकार बनाउने तयारीमा छन् । दुवै पार्टीका प्रभावशाली नेतासहित दुई दर्जन बढी आकांक्षी देखिएपछि मन्त्रिपरिषद् विस्तार पेचिलो बन्ने देखिएको छ ।

यस्ता छन् एमालेबाट आकांक्षी
उपाध्यक्ष भीम रावल
महासचिव ईश्वर पोखरेल
उपमहासचिव विष्णु पौडेल
सचिव प्रदीप ज्ञवाली
सचिव गोकर्ण विष्ट
सचिव योगेश भट्टराई
नेता रवीन्द्र अधिकारी
नेता रघुवीर महासेठ

यीमध्ये पोखरेल, भट्टराईसहितका नेतालाई मन्त्री बनाउने आश्वासन निर्वाचनताका नै ओलीले आमसभामै गरिसकेका छन् । पौडेल, ज्ञवाली, विष्ट एउटै प्रदेशका भएकाले यीमध्ये एक मन्त्री हुने निश्चित छन् ।

यस्ता छन् माओवादीबाट आकांक्षी
वर्षमान पुन
गिरिराजमणि पोखरेल
जनार्दन शर्मा
कृष्णबहादुर महरा
रामबहादुर थापा
प्रभु साह
मात्रिका यादव
हितबहादुर तामाङ
अग्नि सापकोटा
देवेन्द्र पौडेल
पम्फा भुसाल
रेखा शर्मा
शशि श्रेष्ठ

यसैगरी, माओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्री पछिको मर्यादा क्रम लिएर सरकारमा सहभागी हुन खोजेका छन् ।

मन्त्रीका आकांक्षी नेताहरूले नेतृत्वसमक्ष दबाब समेत दिइरहेका छन् । केही नेताले आफूले शक्तिशाली मन्त्रालयसहित मन्त्री बन्न खोजिरहेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shamsuddin Siddique

    Yo raajnitik bewasthaa pariwartan ta neta haru ko sukha subidha tathaa mantree banna ko laage po aayeko ho jantaa ko laagi hoina ni, yo kuraa haami jantaa le bujhi dinu paryo.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?