मापसे गरेका व्यक्ति हत्कडी सहित भागेपछि…

Abhiyanpost Abhiyanpost
|
बुधबार, जेठ ९, २०७५
|
|
५३ पटक हेरिएको
Shares

सारांश

  • पोखरा ९ जेठ ।
  • सोमबार राति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियारलाई मंगलबार राति कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • मापसे गरेका व्यक्ति हत्कडी लगाईसकेपछि भागेपछि कास्की प्रहरीलाई तनाव भएको थियो ।

पोखरा ९ जेठ । सोमबार राति पोखरा ५ पस्र्याङबाट हत्कडी सहित भागेका राजकुमार परियारलाई मंगलबार राति कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

मापसे गरेका व्यक्ति हत्कडी लगाईसकेपछि भागेपछि कास्की प्रहरीलाई तनाव भएको थियो । २४ घण्टा प्रहरी उनलाई खोज्नमा व्यस्त थिए ।

सोमबार राति पस्र्याङबाट भागेका परियार माटेपानी गुम्बा साइडतर्फ गएर लुकेको र रात परेपछि मात्रै फिर्के पस्र्याङबाट बगालेटोल जाने बाटोको पुल मुनी परिचित मान्छेको सानो घरमा लुकिरहेको अवस्थामा मंगलबार राति १० बजे भेटिएको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिए ।

परिवारकै आग्रहमा नियन्त्रणमा लिन गएको बेला परियार हत्कडी सहित भागेका कारण अब उनलाई सार्वजनिक मुद्धा लगाइने तयारी गरिएको डिएसपी खत्रीले जनाए । रक्सी खाएर घरमा कलह र होहल्ला गरेका उनलाई सम्झाएर छाडिने तयारी गरेका बेला हत्कडी समेत गायब भएपछि झनै कारबाही भोग्नुपर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?