बूढानीलकण्ठको भाडाको घरमा सुन प्रशोधन, २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ

Asmita-Newsdesk Asmita-Newsdesk
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
१ पटक हेरिएको
Shares
बूढानीलकण्ठको भाडाको घरमा सुन प्रशोधन, २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ

सारांश

  • काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा सञ्चालित एक अवैध सुन प्रशोधन केन्द्रमा छापा मारी चिनियाँ गिरोहका तीन सदस्यलाई ठूलो परिमाणको सुनसहित नियन्त्रणमा लिएको छ।
  • प्रहरीले बूढानीलकण्ठस्थित भाडाको घरबाट ठोस र अर्धठोस गरी २१ किलो अवैध सुन, नगद, सुन पगाल्ने तथा प्रशोधन गर्ने अत्याधुनिक मेसिनरी उपकरण र महत्वपूर्ण कागजात बरामद गरेको छ।
  • पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा सञ्चालित एक अवैध सुन प्रशोधन केन्द्रमा छापा मारी चिनियाँ गिरोहका तीन सदस्यलाई ठूलो परिमाणको सुनसहित नियन्त्रणमा लिएको छ। प्रहरीले बूढानीलकण्ठस्थित भाडाको घरबाट ठोस र अर्धठोस गरी २१ किलो अवैध सुन, नगद, सुन पगाल्ने तथा प्रशोधन गर्ने अत्याधुनिक मेसिनरी उपकरण र महत्वपूर्ण कागजात बरामद गरेको छ।

पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, ३७ वर्षीय वाङ जियानझेन र ४७ वर्षीय झोउ लोङक्विन रहेका छन्। नेपाल प्रहरीले बिहीबार सञ्चालन गरेको विशेष अपरेशनका क्रममा उनीहरू पक्राउ परेका हुन् भने शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत प्रहरीले बरामद सामग्रीसहित आरोपीहरूलाई सार्वजनिक गरेको छ।

चीनबाट प्रवेश गरी काठमाडौँमा गैरकानुनी धन्दा सञ्चालन गर्ने नियतका साथ यो समूह संगठित भएको प्रारम्भिक छानबिनबाट खुलेको छ। पक्राउ परेकामध्ये हान फेई र झोउ लङक्विन सेप्टेम्बर २६ मा तथा सु कान अक्टोबर १ मा नेपाल प्रवेश गरेका थिए। नेपाल ओर्लिएलगत्तै हान फेईले विमानस्थलबाटै एक महिनाका लागि बीवाइडी कार भाडामा लिएर सुनको अवैध ओसारपसारमा प्रयोग गरेको पाइएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार यो अवैध कारोबारको मुख्य योजना र सञ्चालन चीनबाटै हुने गरेको थियो। चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया ले नामक व्यक्तिले वीच्याटमार्फत काठमाडौँमा रहेका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र बजारमा पुर्‍याउने प्रत्यक्ष निर्देशन दिने गरेको पुष्टि भएको छ।

प्रहरीले बूढानीलकण्ठको आवासीय घरलाई नै अत्याधुनिक प्रशोधन स्थल बनाएर सञ्चालित यो संगठित अपराधमा थप ठूलो चिनियाँ तथा स्थानीय गिरोहको संलग्नता हुन सक्ने आशङ्का गरेको छ। राजस्व चुहावट तथा गैरकानुनी व्यापार नियन्त्रण गर्ने लक्ष्यका साथ प्रहरीले यस प्रकरणको गहिरो अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?