सडक भत्काएर ठेकेदार फरार

Abhiyanpost Abhiyanpost
|
शनिबार, माघ २१, २०७९
|
|
४२ पटक हेरिएको
Shares
सडक भत्काएर ठेकेदार फरार

सारांश

  • डोटी ।
  • डोटीको शिखर नगरपालिका १० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ ।
  • केआई सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि एक लेयर थप गर्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम गर्न सडक डिभिजन कार्यालय कुलपाते दीपायल र आशीष कन्सट्रक्सन कम्पनी कैलालीबीच विसं २०७८ कात्तिक २६ मा ठेक्का सम्झौता भएको थियो ।

डोटी । डोटीको शिखर नगरपालिका १० बानेडुग्रीसैन क्षेत्रको सडक चौडा पार्ने ठेक्का लिएको निर्माण कम्पनी सडक भत्काएर बेपत्ता भएको छ ।

केआई सिंह राजमार्गअन्तर्गत पर्ने शिखर नगरपालिकाको बानेडुग्रीसैन क्षेत्रको सडकका खाल्डाखुल्डी भर्ने, सडकमाथि एक लेयर थप गर्ने र बजार क्षेत्रमा सडक चौडा गर्ने काम गर्न सडक डिभिजन कार्यालय कुलपाते दीपायल र आशीष कन्सट्रक्सन कम्पनी कैलालीबीच विसं २०७८ कात्तिक २६ मा ठेक्का सम्झौता भएको थियो ।

सम्झौताअनुसार बानेडुग्रीसैन बजार क्षेत्रमा सडकको दायाँ बायाँ भत्काएर डाउन गरी लामो समयदेखि निर्माण कम्पनी सम्पर्कविहीन बनेको हो । नगरपालिका–१० बानेडुग्रीसैनका स्थानीय नरेन्द्र विष्टले सडक बनाउने भन्दै भत्काएर जाँदा समस्या उत्पन्न हुने गरेको बताए । उनले भने, “सडक चौडा गर्ने नाममा भएको सडक पनि भत्काएर झन् साँघुरो बनाइएको छ, कि त यो सडक भत्काउनु नहुने थियो र भत्काइसकेपछि बनाउनुपर्ने थियो ।”

अर्का स्थानीय रमेश बलायरले पनि सडक भत्काएर दुर्घटनाको जोखिम बढाएको बताए । “यो सडक भत्काएको एक वर्ष पूरा भयो, चौडा बनाउने भनेका थिए । तर भत्काएपछि यहाँबाट गएका उनीहरु फर्केर आएनन्, सडकको दुवैतिर भएको कालोपत्रसमेत भत्काएर गहिरो बनाइएको छ”, उनले भने ।

निर्माण कम्पनीका ठेकेदार सम्पर्कमा नरहेको सडक डिभिजन कार्यालय कुलपाते दीपायलका सूचना अधिकारी इञ्जिनियर रामचन्द्र जैशीले बताए। उनी भन्छन्, “हामीले ठेकेदारलाई पटक–पटक फोन गर्दा पनि सम्पर्कमा आउँदैनन्, कहिलेकाहीँ फोन उठाइहाले पनि तुरुन्तै काम सुरु गर्छु भन्छन् तर आउँदैनन् ।”

मध्यपहाडी लोकमार्ग आवधिक मर्मत अन्तर्गत रू चार करोड ६२ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको सडकमा जम्मा २० प्रतिशतमात्रै भौतिक प्रगति भएको इञ्जिनियर जैशीले बताए । हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ ।

सडक निर्माणको जिम्मा अर्को व्यक्तिलाई दिएकाले ढिलाइ भएको निर्माण कम्पनी आशीष कन्स्ट्रक्सन प्रालिका सञ्चालक टेकबहादुर सेठीको भनाइ छ । “मैले अर्को व्यक्तिलाई जिम्मा दिएको थिएँ, उहाँको घरमा समस्या परेकाले काम हुन सकेन”, उनले भने ।

उनीले आफूले आशबहादुर गुरुङलाई सम्पूर्ण कामको जिम्मा लगाएको बताए । “कम्पनीको सम्पर्क व्यक्तिका साथै ठेक्का सम्झौतालगायतको जिम्मा उहाँकै हो”, सेठीले भने, “काम नभएको भन्ने गुनासो आएपछि मैले पनि ताकेता गरेको छु, अब एक साताभित्रै काम सुरु हुन्छ ।”

निमार्णको काम विसं २०७९ वैशाख ३० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने थियो । पहिलोपटक ठेक्का सम्झौताको म्याद सकिएको भोलिपल्ट अर्थात् २०७९ वैशाख ३१ गते निर्माण कम्पनी सडक डिभिजनमा म्याद थपका लागि अनुरोध गरेको थियो । सडक डिभिजनले २०८० जेठ मसान्तसम्मका लागि पुनः म्याद थप गरेको छ । म्याद थप भएको नौ महिना बित्दासमेत काम सुरु भएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु, सयौँ अस्पताल भर्ना
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !
मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै !
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो
सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्यो
‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’
‘अख्तियार नेतृत्वबाट संविधानलाई धोका’
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
पर्साको कांग्रेस जसपाले जारी गरेको विज्ञप्तिले गठबन्धनमा हलचल
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएका छौंः अध्यक्ष प्रचण्ड
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
सांसदको प्रश्न : पानी नखाई महानगरको यात्रा गर्नुपर्ने ?
प्रधानमन्त्रीकै जिल्लाबाट काँग्रेसका दुई सिफारिस, प्रम देउवा दुवै गुटबाट
प्रधानमन्त्रीकै जिल्लाबाट काँग्रेसका दुई सिफारिस, प्रम देउवा दुवै गुटबाट
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा
स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा