साउदीमा नेपाली महिला कामदारमाथि चरम शोषण, दूतावासद्वारा मागपत्र प्रमाणीकरणमा रोक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २१, २०७६
|
|
६३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्या्क्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ।
  •  नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो।

काठमाडौं। रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपाली महिला कामदारमाथि चरम शोषण भएको पाइएपछि रियादस्थित नेपाली दूतावासले ‘सप्लाई’ र ‘कन्ट्र्या्क्टिङ’ कम्पनीसँग सम्बन्धित मागपत्र प्रमाणीकरण गर्ने काम स्थगित गरेको छ। नेपाली महिला कामदारले न्यूनतम आधारभूत सुविधासमेत नपाएको पुष्टि भएपछि दूतावासले

सोमबारदेखि ती कम्पनीमा महिला कामदार ल्याउनेसम्बन्धी मागपत्र प्रमाणीकरणमा रोक लगाएको हो। वैदेशिक रोजगारीका लागि साउदी पुगेका कैयौँ नेपाली महिलाले पारिश्रमिक नपाएको, आवास सुविधा मानवीय नभएकोलगायत गुनासो आएसँगै दूतावासले नेपाली महिला कामदारको अवस्थाका बारेमा सर्वेक्षण गरेको थियो।

सर्वेक्षणका क्रममा न्यूनतम पारिश्रमिकसमेत नदिइएको, समयमा महिलासम्बन्धी रोगको औषधोपचार नपाएको, बिमा नगरेको, विभिन्न बहानामा अन्यत्र काममा लगाउने गरेको भेटिएको थियो । मागपत्रभन्दा बाहिर गएर तीन वर्षको करार गरेको, व्यवस्थापन वा सुपरभाइजरसँग गुनासो राख्दा नसुन्ने एवं धम्क्याउने गरेको, गुनासोको निवेदन दिँदा नलिएको, पोशाक व्यवस्था नगरेको, बजार जाँदा ‘अकामा’ (साउदीको परिचयपत्र) तथा राहदानी साथमा लान आफूहरुलाई नदिएको ती महिला कामदारले बताएका थिए ।

नेपाली महिला कामदारले आवासमै रहेको पसलमा महङ्गोमा सामान खरीद गर्न बाध्य बनाएको, दुई तहभन्दा बढी कम्पनीमा आपूर्ति गर्ने गरी भर्ना गरेकोलगाययत गुनासो गरेका थिए । सर्वेक्षणका क्रममा भेटिएका प्रायः सबै महिला कामदार सप्लाई र कन्ट्राक्टिङ कम्पनीमा आएको पाइएपछि दूतावासले सो कदम चालेको हो । सर्वेक्षणपछि पनि अन्य स्थानबाट महिला कामदारले आफू शोषणमा परेको गुनासो गर्ने क्रम नरोकिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…
Will Shah Rukh Khan launch his daughter Suhana in Bollywood? We finally have an answer to that…
शेरबहादुर देउवा र प्रचण्ड के कारण नजिकिदै ?
शेरबहादुर देउवा र प्रचण्ड के कारण नजिकिदै ?
गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात
गत वर्ष ३० अर्ब रुपैयाँको सुन आयात
क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका
क्षेत्रपाटीमा समातिएको ८८ किलो सुन केरुङ नाकाबाट भित्रिएको आशंका
आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
आजदेखि जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
वाम गठबन्धनको घोषणापत्र: सामाजिक सुरक्षा भक्ता पाँच हजार पु¥याइने
वाम गठबन्धनको घोषणापत्र: सामाजिक सुरक्षा भक्ता पाँच हजार पु¥याइने
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा  पक्राउ
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा पक्राउ
युवकको मृत्युपछि १४ जना प्रहरी नियन्त्रणमा
युवकको मृत्युपछि १४ जना प्रहरी नियन्त्रणमा
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
कोरियामा रहेका नेपालीबारे सभामुख महराको चासो, कोरिया नेपालको हाइड्रोपावरमा लगानी गर्न इच्छुक
गाडीमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्ने!
गाडीमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्ने!

तपाईंले छुटाउनुभयो कि?