गाडीमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्ने!

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १९, २०७४
|
|
५५ पटक हेरिएको
Shares
गाडीमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्ने!

सारांश

  • काठमाडौं – भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ।
  • यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीतसंगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो।
  • रोयल्टी रकम  सवारीसाधन दर्ता तथा नवीकरण गर्दा तिनुपर्नेछ।

काठमाडौं – भाडाका गाडीले गीतसंगीत बजाएबापत स्रष्टालाई रोयल्टी तिर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेर भाडाका गाडीमा गीतसंगीत बजाएबापत रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो। रोयल्टी रकम  सवारीसाधन दर्ता तथा नवीकरण गर्दा तिनुपर्नेछ। आजको नागरिक दैनिकमा खबर छ ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले सार्वजनिक यातायातमा गीतसंगीत अत्यधिक बज्ने भएकाले स्रष्टालाई राहत प्रदान गर्न रोयल्टीको व्यवस्था गरिएको बताए। ‘लामो समयदेखि गीतसंगीतका स्रष्टाले रोयल्टी माग गर्दै आएका थिए। यसपालि कानुनी व्यवस्था गरेर कार्यान्वयनमा ल्याइएको हो,’ उनले भने, ‘यो व्यवस्था कार्यान्वयन भएसँगै स्रष्टालाई बाँच्ने आधार बन्नेछ।’ उक्त व्यवस्था आइतबारदेखि कार्यान्वयनमा आएको छ।

संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले लामो प्रयासपछि सार्वजनिक यातायातबाट रोयल्टी संकलन गर्न सम्भव भएको बताए। ‘स्रष्टाले लाखौं रुपैयाँ खर्चेर गीतसंगीत सिर्जना गरेका हुन्छन्। कतिपयले जीवन नै गीतसंगीतमा समर्पित गरेका हुन्छन्,’ उनले भने, ‘निःशुल्क रूपमा गीतसंगीत उपयोग गर्दा स्रष्टा धेरै प्रताडित भइरहेका छन्। त्यसैले सार्वजनिक सवारीसाधनबाट रोयल्टी संकलन गर्न लागेका हौं।’ उक्त व्यवस्था निजी सवारीसाधनमा भने लागू हुँदैन।

प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुलीले भाडाका गाडीको प्रकृतिअनुसार रोयल्टी रकम तोकिएकोे बताए। उनका अनुसार सार्वजनिक स्थलमा बजाइने गीतसंगीतको समेत रोयल्टी संकलन गर्न सकिने व्यवस्था छ। गीतसंगीत बजाएबापत ठूला बसले वार्षिक दुई हजार,  मिनिबसले १४ सय,  ट्रक÷ट्यांकरले १४ सय, माइक्रोबस, ट्याक्सी र जिपले एक हजार,  पिकअप भ्यानले ९ सय र टेप्पोले ८ सय रुपैयाँ रोयल्टी तिर्नुपर्नेछ।

यातायात व्यवस्था विभागका अनुसार देशभर दुई लाखभन्दा बढी भाडाका गाडी गुड्छन्।  समाजका महासचिव खड्काले सार्वजनिक सवारीसाधनमा गीतसंगीत बजाएबापत वार्षिक २० करोड रुपैयाँभन्दा धेरै संकलन हुने दाबी गरे।

‘गीतसंगीतमा जीवन समर्पित गरेका धेरै स्रष्टा छन्। स्रष्टाको आर्थिक अवस्था निकै दयनीय छ। सार्वजनिक सवारीसाधनमा बज्ने गीतसंगीतबाट रोयल्टी संकलन गर्न सकेमा स्रष्टाका लागि धेरै राहत हुनेछ,’ प्रस्तोता समाज नेपालका अध्यक्ष पराजुलीले भने, ‘भाडाका गाडीबाट रोयल्टी संकलन गर्ने व्यवस्था लागू गर्न एक दशकभन्दा धेरै समय खर्चियौं। बल्ल सफलता प्राप्त भएको छ।’

रोयल्टीबापत  संकलन हुने  रकम गीतकार, संगीतकार, गायकगायिका, लगानीकर्ता तथा उत्पादकलाई २५–२५ प्रतिशतका दरले वितरण गरिनेछ। रोयल्टी रकमबाट १५ प्रतिशत कर राजस्वमा जम्मा हुनेछ। ‘सम्बन्धित यातायात कार्यालयमा रोयल्टी संकलन गर्न छुट्टै डेस्कको व्यवस्था गरिएको हुन्छ,’ पराजुलीले भने, ‘सवारीधनीले अन्य करजस्तै गीतसंगीतको वार्षिक रोयल्टी तिरे पुग्छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
नयाँ शक्तिका रामचन्द्र झा र रामकुमार शर्मा कारबाहीमा
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
फोरमका सांसद हरिनारायण रौनियारविरुद्ध हत्याको अभियोगमा किटानी जाहेरी
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
कोरोना भाइरससँग जुध्न सार्क फेरि सक्रिय हुने, भारत-पाकिस्तान सम्बन्धमा आइसब्रेकको संकेत
एउटै जिल्लामा नेपाल विद्यार्थी संघका ३ जना अध्यक्ष, विद्यार्थी रनभुल्ल
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?
फ्लाई दुबईको जहाज किन त्रिभुवन विमानस्थलमा अवतरण गरेन?
लकडाउनको मौका छोपी कालो बजारी गर्ने तीन पसलमा छापा
लकडाउनको मौका छोपी कालो बजारी गर्ने तीन पसलमा छापा
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
म्यानचेस्टर युनाइटेड एस्टाना क्लबसँग पराजित
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)

तपाईंले छुटाउनुभयो कि?