उपासना र कुन्दनमानको ‘भिडियोटेप’को छायांकन पुरा, यसै वर्ष प्रदर्शन हुने
सारांश
- अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको हरर जनराको चलचित्र ‘भिडियोटेप’को छायांकन ३१ दिनको लगातार प्रयासपछि शुक्रबार साँझ काठमाडौंमा औपचारिक रूपमा सम्पन्न भएको छ।
- भदौको पहिलो साता उपल्लो मुस्ताङका आकर्षक एवं दुर्गम भूगोलबाट सुरु गरिएको यो सिनेमाको निर्माण यात्रा काठमाडौंको एक क्लबमा अन्तिम दृश्य खिचेर बिट मारिएको हो।
- एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा उपासनासँगै नयाँ अनुहारका रूपमा कुन्दनमान शाक्यले मुख्य भूमिकामा अभिनय गरेका छन्।
अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको हरर जनराको चलचित्र ‘भिडियोटेप’को छायांकन ३१ दिनको लगातार प्रयासपछि शुक्रबार साँझ काठमाडौंमा औपचारिक रूपमा सम्पन्न भएको छ। भदौको पहिलो साता उपल्लो मुस्ताङका आकर्षक एवं दुर्गम भूगोलबाट सुरु गरिएको यो सिनेमाको निर्माण यात्रा काठमाडौंको एक क्लबमा अन्तिम दृश्य खिचेर बिट मारिएको हो।
एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस चलचित्रमा उपासनासँगै नयाँ अनुहारका रूपमा कुन्दनमान शाक्यले मुख्य भूमिकामा अभिनय गरेका छन्। प्रसिद्ध अभिनेता कर्मा शाक्यका भाइ कुन्दनका लागि मुख्य कलाकारका रूपमा यो नै पहिलो चलचित्र हो। यसका साथै अस्तित्व भट्टचन, कृशल श्रेष्ठ, रिसु राउत, जीवन अधिकारी, शेखर चापागाँई र सिद्धार्थ सिंहजस्ता कलाकारहरूको अभिनयले सिनेमालाई थप आकर्षक बनाएको छ।
बाइक राइडरको कथावस्तुमा आधारित यो चलचित्रको निर्देशन नवागत निर्देशक ओविद उद्दिनले गरेका हुन्। उनी नेपालको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक तथा फिल्म ‘सानो संसार’का निर्माता नकिम उद्दिनका छोरा हुन्। निर्देशक ओविदले आफ्नै पृथक् अवधारणा र वशिष्ट प्रधानको उत्कृष्ट छायांकन कौशलमार्फत सिनेमालाई हरर विधाको नयाँ र फरक स्वादमा ढाल्ने प्रयास गरेका छन्।
काठमाडौंका अन्तिम तीन दिन र मुस्ताङका चार साता लामो छायांकन तालिकालाई बिना कुनै अवरोध सफलतापूर्वक पूरा गर्दै निर्माण टोलीले आफ्नो लक्ष्य हासिल गरेको छ। मुस्ताङको चुनौतीपूर्ण वातावरणदेखि काठमाडौंको सहरी जीवनसम्मका विविध दृश्यहरूलाई समेटेर टोलीले निर्धारित समयमै प्राविधिक कार्य सम्पन्न गरेको छ।
यो चलचित्रलाई यसै वर्षभित्र देशभरका हलहरूमा प्रदर्शन गर्ने लक्ष्यका साथ अहिले तीव्र गतिमा पोस्ट-प्रोडक्सनको काम अगाडि बढाइएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया